Advertisement
Monday, May 19

सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका देउवा , शुक्रबार विश्वासको मत लिंदै !

Advertisement

धनगढीः नेपाली काँग्रेसबाट प्रकाशबहादुर देउवा सुदूरपश्चिमको मुख्यमन्त्री हुने भएका छन्। काँग्रेसका केन्द्रीय नेताहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीमा देउवालाई पठाउने निर्णय गर्न निर्देशन दिएका हुन्।

नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय समितिको शुक्रवार बिहान बैठक बस्ने भएको छ। शुक्रवार बिहान ११ बजे दलको बैठक बोलाइएको काँग्रेसका एक प्रदेश सभा सदस्यले बताएका छन्। उनले भने, ‘केन्द्रमा एक प्रकारको सहमति भएको छ। प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने लगभग सहमति भएको हो। हामी सबै यतै छौँ। बिहान धनगढी आउछौँ। भोलि बिहान ११ बजे दलको बैठक छ। दलको बैठकले प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने निर्णय गर्छ।’

नेपाली काँग्रेसले सुदूरपश्चिममा दलको नेतासमेत फेर्ने भएको हो। पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको छ। पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका देउवालाई दलको नेता नियुक्त गर्ने र सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि पठाउने तयारीमा काँग्रेस छ। नेपाली काँग्रेसबाट विजयी एक प्रदेश सभा सदस्यका अनुसार पूर्व मुख्यमन्त्री शाहलाई दलको नेता र पूर्व भौतिक पूर्वाधार विकास मन्त्री देउवालाई मुख्यमन्त्रीमा पठाउने छलफल भएको थियो। तर, दलको नेतासमेत रहेका पूर्व मुख्यमन्त्री कमलबहादुर शाहले दलको नेता र मुख्यमन्त्री एकै व्यक्ति हुनुपर्ने अडान लिएपछि दलको नेतासमेत फेर्ने तयारी गरिएको हो।

नेपाली काँग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद काँग्रेसको भागमा परेपछि नेताहरूको दौडधुप सुरु भएको थियो। सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि काँग्रेसबाट पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहासहितका चार नेता राष्ट्रिय राजनीतिमा दखल राख्ने नेताहरूसँगको भेटघाट र छलफलमा बेस्त छन्। सुदूरपश्चिममा नेपाली काँग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन्। सुदूरपश्चिममा एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ। काँग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन्। नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरू छन्। नागरिक उन्मुक्ति पार्टी काँग्रेस–एमालेसँगै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने कुनै निर्णय भएको छैन।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आ...
सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गर...
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँ...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ ...
हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेक...
प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्...
अज यी प्रदेशमा चट्याङ सहित वर्षा

अज यी प्रदेशमा चट्याङ सहित वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको ...
स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज