धनगढी । धनगढीको सिपी अस्पतालले रक्तदान कार्यक्रम गर्ने भएको छ । असार २२ गते शनिवार चटकपुर स्थित अस्पताल प्रांगणमा विहान ७ः३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
पछिल्लो समय धनगढीमा रगतको अभाव देखिएकाले अस्पतालको पहलमा रक्तदान कार्यक्रम गरि केही राहत पुगोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको अस्पताल प्रशासन प्रमुख हेम जोशीले बताए ।
विभिन्न संघ सस्थाँ हरु नेपाल फर्मास्युटिकल्स एसोसियसन , NMSRA , मिडिया पार्टनर कामना टेलिभिजन को सहकार्यमा आयोजना गरिने रक्तदान कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, लगायत अन्य इच्छुक व्यक्तिहरुले रक्तदान गर्ने अपेक्षा गरिएको छ । साथै अस्पतालले उक्त कार्यक्रममा उपस्थित भई रक्तदान जस्तो पवित्र दान गर्न सम्पुर्ण मा अनुरोध गरेको छ ।
सिपी अस्पतालले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ । अस्पतालले सुदूरपश्चिम प्रदेशका विभिन्न दुर्गम ठाउँमा स्वास्थ्य शिविर,रक्तदान कार्यक्रम ,गरिब,दुखि लाई सहयोग गरि सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताइएको छ ।