एनपिए बाग्मती प्रदेशद्धारा चितवनमा फार्मासिस्ट हरुका लागि एक दिने कार्यशाला हुदैँ
भरतपुर । नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) बाग्मती प्रदेशले फार्मासिस्टहरुका लागी चितवनमा एक दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । एसोसिएसनले आगामी जेठ १९ गते शनिबार सामुदायिक र अस्पतालहरुमा गुणस्तरीय औषधि सुनिश्चिता र व्यवस्थापनका लागि ‘ईन्स्योरिङ मेडिसिन्स इन कम्युनिटि एण्ड हस्पीटल फार्मेसीस एण्ड जिपीपी, जिएसडिपी विथ एक्सपाईरी म्यानेजमेन्ट’ विषयक कार्यशाला संचालन गर्न लागेको हो ।
कार्यशालामा औषधी गुणस्तर, जिपीपी (सामान्यीकृत पस्ट्युलर सोरायसिस), जिएसडिपी ( राम्रो भण्डारण र वितरण अभ्यासहरू), म्याद नाघेका औषधी व्यवस्थापन र लागूऔषध व्यवस्थापन विषयमा छलफल गरिने छ । हलिडे पार्टी प्यालेस भरतपुर ७ मा विहान ११ बजे देखी संचालन हुने कार्यशालामा अस्पताल तथा सामुदायिक फार्मेसीमा कार्यरत र उल्लेखित मेडिकल सिप प्राप्त गर्न ईच्छुक फार्मासिस्टहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
...












