Advertisement

Author: माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।
बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु

समाचार
काठमाडौँ —अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्‍मा परी  १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएकफ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।...
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

समाचार
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४:०० बजे स्वदेश फर्कँदै छन् । महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । उनी अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा संयुक्त राष्ट्र संघका महासच...
झ्याप्लेखोला पहिरो बाट अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो ।

झ्याप्लेखोला पहिरो बाट अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो ।

समाचार
पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फ...
झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको फेला

झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको फेला

समाचार
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालकाअनुसार आइतबार बिहान थप एउटा बस पुरिएको आशंका गरिएको छ। 'बस पुरिएको जस्तो देखिएको छ। जिल्ला प्रहरी कार्यालयबाट एसपीकै नेतृत्वमा प्रहरीहरू त्यहाँ पुग्दै हुनुहुन्छ,' उनले भने। त्यहाँ अरू पनि गाडीहरू पुरिएको हुनसक्ने उनले बताए। 'गाडीहरूको लाइन हुने ठाउँ हो। पहिरो जाँदा कति गाडी थिए। थप खोजी हुँदैछ,' प्रहरी निरीक्षक सिलवालले भने। यसैबीच गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ। ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस लापुबेसीबाट काठमाडौं जानका लागि छुटेको र खानीखोलाबाट सम्पर्कविहीन भएको कम्पनीका अध्यक्ष नारन खत्रीले जानकारी दिए। ‘लापुबेसीबाट बिहान ११ बजे बिहान छुटेको थियो। बसमा दुई–तीन जना मात्रै ...
बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

समाचार
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए।...
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु

समाचार
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चपुरका डिएसपी उमेश जोशीकाअनुसार हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका - ४ डाँडा जाई बस्ने  ५० वर्षीय रामदल रानाकाे मृत्यु भएको हाे। गएराती उनकाे गाउँमा जंगली हात्ती पसेका थिए। गाउँलेले हात्ती लाई धपाउँदा भागदाैड मच्चिएको थियाे। त्यहीँ भागदाैडमा रामदल हात्तीको आक्रमणमा परेकाे प्रहरीले जनाएको छ। गएराती बेपत्ता भएका उनी बिहान मृत्यु अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जाेशीले बताए। अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ।...
दशैँ तिहार को  लागि आजदेखि सुकिला नोट वितरण हुँदै

दशैँ तिहार को लागि आजदेखि सुकिला नोट वितरण हुँदै

समाचार
काठमाडौँ —यस वर्षको दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सर्वसाधरणलाई सुकिला नोट सटही सुविधा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना यसअघि नै जारी गरिसकेको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातैवटा प्रादेशिक कार्यालय सहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिने तयारी भइरहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए । सबै दरका एक/एक थान गरी प्रतिव्यक्ति १८ हजार पााच सय रुपैयााका दरले नोट सहटी गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट...
चीन जोड्ने तातोपानी नाकासँगको सम्बन्धविच्छेद  , भोटेकोसीले बेलिब्रिज बगायो,

चीन जोड्ने तातोपानी नाकासँगको सम्बन्धविच्छेद , भोटेकोसीले बेलिब्रिज बगायो,

समाचार
काठमाडौँ —चीनसँगको तातोपानी नाका जोड्ने एक मात्र भोटेकोसीको बेलिब्रीज केहीबेर अघि बाढीले बगाएको छ । उक्त पुल बगाएपछि अब उत्तरी नाकाको आवागमन बन्द भएको छ । पुल बगाएपछि भोटेकोसी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने बस्तीहरुमा आउजाउ गर्न अब जंगलको बाटो हिँडनुपर्ने भएको छ । पुल बगाएपछि चीनसँगको व्यापारिक कन्टेनर आउजाउ पूर्ण रुपमा रोकिएको छ । अरनिको राजमार्ग निर्माणका क्रममा चीनले बनाएको लार्चास्थित पक्की पुल २०७४ साल साउनमा पहिरोले भोटेकोसीमा खसालेको थियो । पक्की पुलको अभावमा बेलिब्रिज राखेर अस्थायी रुपमा आउजाउ गरिँदै आएको थियो । चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने स्थान रहेको पक्की पुल बगाएको ८ वर्षसम्म सरकारले बेवास्ता गर्दै आएको गुनासो स्थानीयको रहेको छ । यसको असर व्यापारिक कारोबार पर्ने देखिन्छ । खासगरी दसैंका सामान सीमा नाकामा ल्याइएको अवस्थामा पुल बगाएपछि भारी बोकाएर ल्याउन ...
किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो

किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो

समाचार
काठमाडौं- ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ। स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ। लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ। प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ। २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ। उपत्यकाका नाकाहरू सडक अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ। त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ। उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको प्रहरीले जनाएको छ।...
विश्वको वामपन्थी कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट नेताहरूको हर्कत :- ई बिनय शाह

विश्वको वामपन्थी कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट नेताहरूको हर्कत :- ई बिनय शाह

समाचार
आफ्नू अनुकूलतामा क्रान्ति भनेर व्याख्या पनि गरिन्छ र त्यही प्रतिकुलताका हिंसा भनेर डाको छोडिन्छ जुन मार्क्सवादी चिन्तन विपरीत छ। विज्ञानको वर्तमान परिस्थितिलाई बुझ्न नसक्ने व्यक्ति नामले मार्क्सवादी होला तर चिन्तनले जडसुत्रवादी रहन्छ जुन नेपाली कम्युनिस्ट चरित्रमा छताछुल्ल देखिन्छ। विज्ञानको वर्तमान परिस्थितिलाई बुझ्न नसक्ने व्यक्ति नामले मार्क्सवादी होला तर चिन्तनले जडसुत्रवादी रहन्छ जुन नेपाली कम्युनिस्ट चरित्रमा छताछुल्ल देखिन्छ। कम्युनिस्ट आन्दोलनको इतिहास १९औँ शताब्दीको प्रारम्भिक चरणदेखि नै सुरु भएको हो, जसले श्रमिक वर्गको उत्थान, आर्थिक समानता, र शोषणमुक्त समाजको परिकल्पना गर्‍यो। विश्वभरका विभिन्न देशमा कम्युनिस्ट आन्दोलनहरूले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका छन्, जसले श्रमिक वर्ग र गरिबीको अन्त्यका लागि मार्ग प्रशस्त गरेका छन्। यद्यपि, नेपालको सन्दर्भमा, कम्युनिस्ट नेताहरू...
बालेनले फेसबुकबाट हटाए एमाले सांसदको फोटो सहितको स्ट्याटस

बालेनले फेसबुकबाट हटाए एमाले सांसदको फोटो सहितको स्ट्याटस

समाचार
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए। ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दि...
निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा :- कैलाली अस्पताल

निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा :- कैलाली अस्पताल

स्वास्थ्य
धनगढी । कैलालीको धनगढीमा रहेको कैलाली अस्पताल प्रालीमा निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा आएको छ । प्रत्यक महिनाको पहिलो शनिबार निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा आएको हो । कन्सल्टेन्ट यूरोलोजिस्ट डा. सुरेन्द्र बस्नेतले उपचार गर्ने कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशिले बताए । उपचार गर्दा ओपीडी निशुल्क हुने, प्रोस्टेट सम्वन्धि दुरबिन प्रबिधि द्धारा हुने सम्पुर्ण अपरेसनमा १० प्रतिशत छुट र औषधिमा ५ प्रतिशत छुट, यूरोफ्लोमेट्रीमा २० प्रतिशत छुट तथा रगत, पिसाप, ईसिजि, ईको र एक्सरेमा २० प्रतिसत छुट रेहको  अध्यक्ष जोशिले बताए । कसरी थाहा हुन्छ ? प्रोस्टेट ग्रन्थीको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ पिसाबको धारा  कमजोर हुनु, पिसाब फेर्न बल लगाउनुपर्ने पिसाब फेर्दा ढिलो पिसाब आउनु(सुरु गर्न गाह्रो हुनु, पिसाब पोल्नु, दुख्नु र पिसाबमा रगत देखिनु ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज