धनगढी : धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो ।
मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ भने अस्पताल तोडफोड समेत गरेका छन । बेलौरीका नसिभ साउन ७ गते स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गर्न सुझाब दिईएको थियो तर उक्त पहिलो दिन अस्पताल भर्ना नभएको र अर्को दिन फेरि गाह्रो भए पछि मात्र भर्ना भएको अस्पताल स्रोत ले जनाएको छ ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको गलत आरोप लगाए का छन र अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् ।
उता अस्पताल प्रशासनले र बिरामि लाई हेर्न डाक्टर बरिष्ठ फिजिसियन रामचन्द्र पौडेल ले भने लापरबाही नरहेको जनाएको छ । कामना टेलिभिजन ले घटना बारे बास्तबिकता बुझ्दा डाक्टर पौडेल का अनुसार उक्त बिरामि को मुख्य गरेर जण्डिस को समस्या ले कलेजो खराब भएको तथा किड्नि र मुटु मा समेत समस्या देखाई सकेको थियो , हामि सबै स्वास्थकर्मि को टिम ले धेरै नै प्रयास गरेको र आफन्त लाई नि बिरामि को स्वास्थ अवस्था बारे सबै कुरा बताएको बताउनु भयो । वहां ले आफु ले चेकजाँच गरेको बिरामि निको भएर जाँदा खुसि मिल्ने हुदाँ आफु ले धेरै प्रयास गरेको हुदाँ हुदै पनि अन्तिम मा आफन्त ले गलत आरोप लगाएको घटना प्रति दुख ब्यक्त गर्नु भयो ।

घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना गरेकोमा प्रहरी खटिएको छ । आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् । पछिल्लो समय अस्पताल कुनै बिरामि को मिर्त्यु भयो भने शब नबुझ्ने , तोडफोड गर्ने र क्षतिपूर्ति माग गर्ने परिपाटि बसेको छ


