Advertisement

Author: माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।
आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

समाचार
काठमाडौँ —निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको बिहीबारको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला ...
पाल्पामा गाडी दुर्घटनामा पाँच घाइते

पाल्पामा गाडी दुर्घटनामा पाँच घाइते

समाचार
पाल्पा —पाल्पाको तानसेन–रानीमहल सडक खण्डको तानसेन नगरपालिका–१, नारायणडाँडामा सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गुल्मीबाट पाल्पातर्फ आइरहेको लु १ ज ४९६८ नम्बरको इभी गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गाडीमा १३ जना सवार रहेकामध्ये बाँकी सकुशल छन् । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेको छ ।  ...
कैलालीबाट अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना , १३ जना घाइते

कैलालीबाट अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना , १३ जना घाइते

समाचार
अछाम —कैलालीबाट अछामतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका –२ तल्लो डुङगेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।  सु.प्र०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए । मंगलबार साँझ भएको दुर्घटनामा ८ जना घाईतेलाई सुर्खेत रेफर गरिएको र ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर , ५ जना मध्यम र ५ जना सामान्य रहेको भण्डारीले बताए । घाइते हुनेमा अधिकाशंको अछामका रहेका छन् । डिएसपी भण्डारीका अनुसार चालक फरार रहेका छन् । थप अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको टोली खटिएको छ ।...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

समाचार
काठमाडौँ, २१ असोज । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आइतबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीर अस्पतालमा गरिएको रक्तदान कार्यक्रममा ४२ जना स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका छन् । अघिल्लो साता काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा आएको अविरल बर्षा पछि सिर्जित्त विपत्तीले अस्पतालहरुमा रक्त अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको महासंघले जनाएको छ । महासंघका प्रचार विभाग सचिव नहर्बु फुर्वा दोर्जेका अनुसार रक्तदानका लागि काठमाडौँ उपत्यकामा रहेका महासंघ आवद्ध स्वास्थ्यकर्मीहरु खटिएका थिए । कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठ र अध्यक्ष डा. झलक शर्मा गौतमले रक्तदातालाई रक्त संकलन थैली दिएर शुभारम्भ गरेका थिए । दोर्जेले महासंघ विपद पीडितको साथमा रहेको भन्दै पछिल्लो समय बढ्दो डेंगी संक्रमणबाट जोगिन र आउँदै गरेको ...
इसराइलको जमिनमा खस्यो हिजबुल्लाहले हानेको रकेट

इसराइलको जमिनमा खस्यो हिजबुल्लाहले हानेको रकेट

समाचार
हिजबुल्लाहले हानेको रकेट इसराइली जमिनमा खसेको छ। आइतबार राति हिजबुल्लाहले उत्तरी इसराइलको हाइफा सहरमा रकेट आक्रमण गरेको र उक्त रकेट जमिनमै खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। रकेट आक्रमणमा परी कम्तिमा १० जना घाइते भएको त्यहाँका अस्पतालहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्। इसराइलको आकाश अत्यन्त सुरक्षित मानिन्छ। आकाशबाट हुने जुनसुकै हमलाहरू पनि इसराइलले आकाशमै निस्तेज पार्ने क्षमता राख्छ। यद्यपि आइतबार भने हिजबुल्लाहले गरेको रकेट आक्रमण इसराइली जमिनमा खसेको हो। यसले त्यहाँको डिफेन्स सिस्टममाथि पनि प्रश्न उठाएको छ।   हिजबुल्लाहले कार्मेल सैनिक सिविरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। उसले कम्तिमा १०० वटा रकेट ती क्षेत्रहरूलाई लक्षित गरी प्रक्षेपण गरेको बताएको छ। इसराइलले पनि बेरूतमा निरन्तर आक्रमण गरिरहेको छ।  बेरूतसहितका लेबननी ...
दशैंको पाँचौ दिन स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि

दशैंको पाँचौ दिन स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि

समाचार
२१ असोज, काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहने वर्णन छ । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ । दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो...
सडक सञ्जालमा जोडिंदै मुस्ताङ र डोल्पा

सडक सञ्जालमा जोडिंदै मुस्ताङ र डोल्पा

समाचार
२१ असोज, म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ-मुस्ताङ-डोल्पा-जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए । ‘जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ’, उनले भने, ‘गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ...
एनपीएल अक्सन : लुम्बिनीको सबैभन्दा बढी खर्च, कुन खेलाडी कुन टीममा परे? (सूचीसहित)

एनपीएल अक्सन : लुम्बिनीको सबैभन्दा बढी खर्च, कुन खेलाडी कुन टीममा परे? (सूचीसहित)

खेलकुद
आगामी मंसिरमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार अक्सनमार्फत विभिन्न ८ टोलीले खेलाडी खरिद गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौँमा भएको अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा खेलाडी विभाजन गरिएको थियो। यसअघि नै घोषणा गरिएका मार्की खेलाडी बाहेकलाई प्रत्येक टिमले समान १०÷१० खेलाडी अक्सनमार्फत छानिएको हो। सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी ८ वटा टिमले शनिबार ५ देखि १५ लाखसम्ममा विभिन्न खेलाडी खरिद गरेका हुन्। ग्रेड ‘ए’ र ‘सी’ का समान ३ र ग्रेड ‘बी’ का ४ खेलाडी खरिद गरेका हुन्। आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने यस लिगका लागि खेलाडी खरिदमा सबैभन्दा धेरै लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ हजार खर्च गरेका छन्।     सु...
उद्धार कोषमा कांग्रेस र एमालेले दिए पचास–पचास लाख

उद्धार कोषमा कांग्रेस र एमालेले दिए पचास–पचास लाख

मुख्य समाचार, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामबारे आइतबार सुझाव दिएको छ। सत्ता साझेदार दलसमेत रहेको कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि  ५० लाख (पार्टीका सांसदहरूको आधा महिनाको पारिश्रमिक) समेत हस्तान्तरण गरेको छ। पार्टी सभापति देउवाले ३४ बुँदे सुझाव पत्रसहित चेक हस्तान्तरण गरहेका हुन्। प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताएका थिए। प्रधानमन्त्री ओलीले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाए। नेपा...
कञ्चनपुरमा तीन मोटरसाइकलसहित पाँच लाख बढीको अवैध सामान बरामद

कञ्चनपुरमा तीन मोटरसाइकलसहित पाँच लाख बढीको अवैध सामान बरामद

समाचार
कञ्चनपुरः कञ्चनपुरबाट पाँच लाख बढीको अवैध सामान बरामद गरिएको छ। असोज १८ र १९ गते कञ्चनपुरका विभिन्न ठाउँबाट प्रहरीले पाँच लाख बढीको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले ९२ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ३ लाख २५ हजार, इलाका प्रहरी कार्यालय गड्डचौकीले अन्दाजी ५९ हजार १८० मुल्यको सामान बरामद गरेको छ। विज्ञापन यस्तै इलाका प्रहरी कार्यालय ब्रहमदेवले ९ हजार र प्रहरीचौकी परासनल ३२ हजार २ सय गरेर अन्दाजी ५ लाख १७ हजार १८० मुल्य बराबरको सामान बरामद गरेको छ। बरामद गरेको सुट,साडी,घासको बिउ,प्याजको बिउ,प्लाष्टिक, पटाका, चिनी,कुरकुरे,बिडी र तीन थान मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी कारवाहीको लागि भन्सार कार्यालय पठाएको छ।...
अनियन्त्रित माइक्रो छिर्‍यो घरभित्र

अनियन्त्रित माइक्रो छिर्‍यो घरभित्र

समाचार
दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको  बा.प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय  खिमबहादुर मल्लको घरमा छिरेको थियो। गाडी केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए। दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन्। प्रहरी निरीक्षक थापाका अनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका – ४ का २५ वर्षीय कुमार सन्यासी , यात्रुहरु सल्यानको शारदा नगरपालिका –  ७ की  २४ वर्षीया कल्पना चलाउने, उनकी  ८ वर्षीया छोरी  निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्...
एआईसम्बन्धी नीतिको ‘खाका कोर्दै’ सरकार, नेपालका लागि अवसर र चुनौती के हुन्?

एआईसम्बन्धी नीतिको ‘खाका कोर्दै’ सरकार, नेपालका लागि अवसर र चुनौती के हुन्?

समाचार
आर्टिफिशल इन्टेलिजन्स अर्थात् एआई नियमनबारे हालसम्म कुनै पनि प्रकारका कानुन नबनाएको नेपालले एउटा नीतिको खाका कोरिरहेको सरकारी अधिकारीहरूले बताएका छन्। त्यसले "अन्तिम रूप पाउन बाँकी रहेको" र "सरोकारवालाहरूसँग छलफल जारी रहेको" उनीहरूको भनाइ छ। सरकारले गत असारमा नेपालमा एआईको प्रयोग तथा अभ्याससम्बन्धी एउटा अवधारणापत्र सार्वजनिक गरेको थियो। सोही अवधारणापत्रलाई आधार मान्दै "एआईसम्बन्धी नीति"को मस्यौदा तयार पारिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूले बताएका छन्। "नयाँ प्रविधि भएकाले" आफूहरू एआईका सम्बन्धमा नीतिगत तथा कानुनी आधार तयार पार्ने क्रममा रहेको उनीहरू बताउँछन्। कतिपय विज्ञ र एआईसम्बन्धी जानकारहरू नेपालमा उक्त प्रविधिलाई नियमन गर्ने नीति तथा कानुनहरू बनाउन "धेरै ढिलो भइसकेको" भन्दै सरकारको आलोचना गर्छन्। नीति कुन चरणमा छ? सञ्चार ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज