Advertisement
Thursday, May 22

एनपीएल अक्सन : लुम्बिनीको सबैभन्दा बढी खर्च, कुन खेलाडी कुन टीममा परे? (सूचीसहित)

Advertisement

आगामी मंसिरमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार अक्सनमार्फत विभिन्न ८ टोलीले खेलाडी खरिद गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौँमा भएको अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा खेलाडी विभाजन गरिएको थियो।

यसअघि नै घोषणा गरिएका मार्की खेलाडी बाहेकलाई प्रत्येक टिमले समान १०÷१० खेलाडी अक्सनमार्फत छानिएको हो।

सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी ८ वटा टिमले शनिबार ५ देखि १५ लाखसम्ममा विभिन्न खेलाडी खरिद गरेका हुन्।

ग्रेड ‘ए’ र ‘सी’ का समान ३ र ग्रेड ‘बी’ का ४ खेलाडी खरिद गरेका हुन्।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने यस लिगका लागि खेलाडी खरिदमा सबैभन्दा धेरै लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ हजार खर्च गरेका छन्।

 

 

सुदूरपश्चिमले ७४ लाख, काठमाडौँ गुर्खाजले ७० लाख, चितवन राइनोजले ६३ लाख, विराटनगर किंग्सले साढे ६६ लाख, जनकपुर बोल्टस्ले ६९ लाख २५ हजार, लुम्बिनी लायन्सले साडे ८४ लाख ७५ हजार, पोखरा एभेन्जर्सले साढे ८० लाख र कर्णाली याक्सले ७४ लाख खर्च गरेका छन्।

काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्।

जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।

मार्की खेलाडीमा कुशल भुर्तेल (पोखरा एभेन्जर्स), करण केसी (काठमाडौँ गुर्खाज), कुशल मल्ल (चितवन राइनोज), रोहित पौडेल (लुम्बिनी लायन्स), सन्दीप लामिछाने (विराटनगर किंग्स), आसिफ सेख (जनकपुर रोयल्स), सोमपाल कामी (कर्णाली याक्स) र दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) रहेका छन्।

यस्तो बन्यो एनपीएल खेल्ने टीमः 

काठमाडौँ गुर्खाज
करण केसी (मार्की खेलाडी)
दिपेश प्रसाद कँडेल बी
सुमित महर्जन बी
साहब आलम ए
शंकर राना बी
भीम सार्की ए
विवेक केसी सी
प्रतिक श्रेष्ठ सी
रिजु रिजाल सी
प्रसिद खान ए
कृष्ण कार्की बी

चितवन राइनोज
कुशल मल्ल (मार्की खेलाडी)
रिजन ढकाल ए
विपिन रावल बी
रन्जित कुमार सी
सन्तोष कार्की सी
गौतम केसी सी
अमर सिंह राउटेला बी
दीपक बोहोरा बी
कमल सिंह ऐरी ए
शरद भेषवाकर ए

लुम्बिनी राइनोज 
रोहित कुमार पौडेल (मार्की खेलाडी)
आशुतोष गृरैया बी
सूर्य तामाङ ए
दिनेश अधिकारी सी
विवेक यादव ए
दुर्गेश गुप्ता बी
दिलक राज भण्डारी बी
अविशेक गौतम सी
सन्दीप जोरा ए
अर्जुन साउद ए
विकास अग्रि बी

कर्णाली याक्स
सोमपाल कामी (मार्की खेलाडी)
दीपेन्द्र रावत सी
रित गौतम बी
दीपक डुम्रे सी
मौसम ढकाल बी
नन्दन यादव ए
भुवन कार्की बी
युनिश विक्रम सिंह ठकुरी बी
देव खनाल ए
गुल्सन कुमार झा ए

जनकपुर बोल्ट्स
आसिफ सेख (मार्की खेलाडी) 
अनिल कुमार शाह ए
ललित राजवंशी ए
अरनिको प्रसाद यादव सी
रुपेश कुमार सिंह बी
शुभ कंशाकार सी
तुल बहादुर थापा मगर सी
किशोर महतो ए
शेर मल्ल बी
हेमन्त धामी ए
आकाश त्रिपाठी बी

पोखरा एभेन्जर्स
कुशल भुर्तेल (मार्की खेलाडी
दिनेश खरेल सी
किरन कुमार ठगुन्ना बी
सागर ढकाल ए
नारायण जोशी बी
आकाश भन्द ए
अमृत गुरुङ सी
विपिन खत्री बी
त्रित राज दास सी
दिलिप नाथ ए
सुनम गौतम ए

विराटनगर किंग्स
सन्दीप लामिछाने (मार्कि खेलाडी)
सुवास भण्डारी सी
लोकेश बम ए
नरेन भट्ट सी
प्रतिश जिसि ए
राजेश पुलामी मगर बी
जितेन्द्र कुमार मुखिया बी
अनिल खरेल बी
दीपक बोहोरा बी
भासिर अहमाद ए
मृनल गुरुङ सी

सुदूरपश्चिम रोयल्स
दीपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
भोजराज भट्ट सी
अमित श्रेष्ठ सी
एमडी आरिफ सेख ए
अविनाश बोहोरा ए
खडक बहादुर बोहोरा बी
नरेन साउद सी
अर्जुन कुमाल बी
इशान पाण्डे बी
विनोद भण्डारी ए
नरेश बुढायर बी

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज