Advertisement

Author: माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।
हर्क साम्पाङद्वारा कार्यवाहक तोकिएका वडाध्यक्षलाई काम नगर्न उच्च अदालत विराटनगरको आदेश

हर्क साम्पाङद्वारा कार्यवाहक तोकिएका वडाध्यक्षलाई काम नगर्न उच्च अदालत विराटनगरको आदेश

समाचार
सुनसरी —धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश ध्रुवराज नन्दको इजलासले धरानका नगर प्रमुख साम्पाङले दिएको कार्यवाहक प्रमुखको जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको हो । साम्पाङले उपप्रमुख कार्यकक्षमा रहँदा रहँदै नाताले मामाससुरा पर्ने उपमहानगर–११ का वडाध्यक्ष फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाध्यक्षलाई कावा तोकेसँगै उपप्रमुख बेघा अदालत गएका थिए । आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यविभाजनसम्बन्धी व्यवस्थाअन्तर्गतको उपदफा (४) को द...
महाकाली प्रादेशिक अस्पतालको सेवा सुदूरपश्चिममै उत्कृष्ट, भयो सम्मानित

महाकाली प्रादेशिक अस्पतालको सेवा सुदूरपश्चिममै उत्कृष्ट, भयो सम्मानित

समाचार
महेन्द्रनगर । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पताल सेवा सुविधा दिनेमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पतालहरूबाट प्रदान गरिएको सेवाको सुचकहरूको मूल्यांकन गर्दा यस महाकाली प्रादेशिक अस्पतालले प्रथम स्थान हासिल गर्न सफल भएको महाकाली प्रादेसिक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णानन्द भट्ट (किरण ) ले जानकारी दिनु भयो । सुदुरपश्चिम प्रदेशका अस्पतालहरूबाट आ.व. २०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेस स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा अस्पतालले दिई रहेको सेवा उत्कृष्ट रहेको भन्दै सम्मान गरेको उहाँले बताउनु भयो । दक्ष जनशक्ति र उपकरणहरुको अभावका वावजुत पनि अस्पतालबाट प्रदान गरिने सेवाहरुले आम जनताहरुको स्वास्थ्यमा गुणस्तरिय सेवा दिन तल्लिन रहेको यो अस्पतालको उचित मुल्याङकन गरेकोमा उहााले सबै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद व्...
अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

समाचार
काठमाडौँ —गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । गृहमन्त्री लेखकले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमणको प्रयास नगर्न सचेत गराएका छन् । आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठीक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारेका छन् । आइतबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक 'भ्वाइलेन्स रेकर्ड सिस्टम'को सुरुआत गर्दै गृहमन्त्री लेखकले गल्ती गर्नेहरूलाई सम्झाइबुझाइ काम गर्न निर्देश गरेका थिए । ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्न...
पूर्व सैनिकको घरमा सकेट बम विस्फोट हुँदा एक जना घाइते

पूर्व सैनिकको घरमा सकेट बम विस्फोट हुँदा एक जना घाइते

समाचार
स्याङ्जामा पूर्व सैनिकको घरमा सकेटबम विस्फोट हुँदा एक जना घाइते भएका छन्। चापाकोट नगरपालिका वडा नम्बर ४ पुरीगाउँमा शनिबार सकेटबम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी हरिप्रसाद पौडेलले बताए। ४५ वर्षीय गोविन्द पुरी पूर्वसैनिक हुन्। उनले दुई वर्षअघि मात्रै सेनाबाट अवकाश पाएका थिए। तीन तले कच्ची घरको दोस्रो तलामा पुराना भाडा फाल्ने क्रममा सकेटबम अचानक विस्फोट भएको डिएसपी पौडेलले बताए। विस्फोटबाट घरमा सामान्य क्षति भएको र पुरीको बायाँ आँखा मुनि, खुट्टा लगायतमा चोट लागेको छ। विस्फोट भएको सूचनापछि इलाका प्रहरी कार्यालय चापाकोटबाट प्रहरी खटिएर अनुसन्धान अघि बढाएको थियो। पुरीलाई उपचारपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।   सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजलको टोली खटिएर मुचुल्का गरेको थियो। घटनास्थलबाट हाइ एक्पोसिभ पिइके ९०० ग्राम, डेटकढ...
रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

समाचार
सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले  जानकारी दिए। गत शुक्रबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो। संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएकोले कारबाही सिफारिस गरेको थियो।...
लुक्ला हिँडेका पर्यटकका लागि तोकियो खुम्बु जाने गाडी भाडा

लुक्ला हिँडेका पर्यटकका लागि तोकियो खुम्बु जाने गाडी भाडा

समाचार
सोलुखुम्बु —मौसम खराबीका कारण लुक्लामा जहाज चल्न नसकेपछि विदेशी पर्यटक वैकल्पिक स्थलमार्ग प्रयोग गरी खुम्बु जान थालेसँगै स्थानीय तहले गाडी भाडा निर्धारण गरेको छ । यातायात व्यवसायीले पर्यटकमार्फत मनोमानी भाडा उठाउन थालेको गुनासो बढेसँगै खुम्बु क्षेत्र भ्रमण गर्न आउनेका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले भाडादर तोकिदिएको हो । गाउँपालिकाले सदरमुकाम सल्लेरीबाट टाक्सिन्दु हुँदै जुभिङ तथा जुभिङबाट थामडाँडासम्मका लागि भाडादर तोकेको छ । गाउँपालिकाले पर्यटकलाई सल्लेरीदेखि जुभिङ दूधकोशीसम्मको १ हजार ३ सय रुपैयाँ र जुभिङदेखि थामडाँडासम्मका लागि १ हजार २ सय रुपैयाँ भाडादर कायम गरेको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरि शेर्पाले बताए । यससँगै सल्लेरीदेखि थामडाँडासम्मका लागि प्रतियात्रु २ हजार ५ सय भाडा कायम गरिएको छ । दूधकोशी नदीमा पक्की पुल नबनिसकेकाले पल्टी गरेर गाडी सेवा सञ्चालन ...
मलेसिया सरकारले बढायो कामदारको तलब, अब न्यूनतम तलब १७०० रिङ्गेट

मलेसिया सरकारले बढायो कामदारको तलब, अब न्यूनतम तलब १७०० रिङ्गेट

समाचार
३ कात्तिक, काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए । सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिन्छ । जनताले जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिन्छ,’ उनले भनेका छन्, ‘सरकारले न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट प्रतिमहिना बढाउने निर्णय गरेको छ, जुन १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।’ नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्य...
मन्त्रिपरिषद् बैठक : विपद् संकटग्रस्त स्थानीय तहका लागि ४३ करोड रुपैयाँ निकासा

मन्त्रिपरिषद् बैठक : विपद् संकटग्रस्त स्थानीय तहका लागि ४३ करोड रुपैयाँ निकासा

समाचार
काठमाडौँ —सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि ४३ करोड रुपैयाँ तत्काल निकासा गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विपद् संकटग्रस्त स्थानीय तहलाई तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पठाउन यतिका रकम निकासा गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार बैठकले विपद् न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को निर्णयबमोजिम गत असोज ११ र १२ गतेको भारी वर्षा, बाढीपहिरो र डुबानबाट क्षतिग्रस्त भएका मध्ये सबैभन्दा धरै प्रभावित ९ स्थानीय तहलाई १-१ करोड, बढी प्रभावित १२ स्थानीय तहलाई प्रति स्थानीय तह ७५ लाख रुपैयाँ र विपद् प्रभावित ५० स्थानीय तहलाई ५० लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । यसबारे बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपद् न्यूनीकरण तथा व्यव...
पक्राउ पुर्जी जारीपछि के भने रवि लामिछानेले?

पक्राउ पुर्जी जारीपछि के भने रवि लामिछानेले?

समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। सहकारी ठगीमा उनीविरूद्ध शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगीमा पक्राउ पुर्जी भएको हो। पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै कानुनलाई पूरा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्। यस्तो छ लामिछानेको फेसबुक स्टाटस;...
दुइटा काम गर्न प्रतिपक्षी दलहरूले बनाए कार्यदल !

दुइटा काम गर्न प्रतिपक्षी दलहरूले बनाए कार्यदल !

समाचार
नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिपक्षी दलहरूको बैठकले दुई वटा काम गर्नका लागि कार्यदल गठन गरेका छन्। ज्ञापन पत्र बुझाउन र संसदको विशेष अधिवेशन बोलाउन तयारी गर्न कार्यदल गठन गरिएको रास्वपा नेता शिशिर खनालले जानकारी दिए। बाढीपहिरो पीडितको पुनर्स्थापनामा सरकार गम्भीर रूपमा नलागेको बैठकले निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। कार्यदलमा माओवादी केन्द्रबाट उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपाबाट सांसद शिशिर खनाल, एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राप्रपाबाट एक जना रहनेछन्। कार्यदलले ज्ञापन पत्र आइतबारसम्म तयार गर्ने र कात्तिक ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी गरेको छ। साथै कार्यदलले संसदको विशेष अधिवेशन बोलाउन तयारी पनि सँगसँगै अघि बढाउने भएको छ। सरकारले साना पार्टी विभाजन गर्न अध्यादेश ल्याउन सक्ने आशंका विपक्षी...
पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई हरायो

पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई हरायो

समाचार
२ कात्तिक, काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो ।  अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् । अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन/तीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए । हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का ...
इन्सपेक्टर र असईमा आवेदन दिएकाहरुले ७ दिनभित्र कागजात अद्यावधिक गर्नुपर्ने

इन्सपेक्टर र असईमा आवेदन दिएकाहरुले ७ दिनभित्र कागजात अद्यावधिक गर्नुपर्ने

समाचार
१ कात्तिक, काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्नाका लागि आवेदन दिएकाहरुले ७ दिनभित्र कागजातहरु अद्यावधिक गर्नुपर्ने भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै आवश्यक कागजात ७ दिनभित्र अद्यावधिक गर्न भनेको छ । प्रहरीको जनपद समूहतर्फ खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने इन्सपेक्टर र असईको पदमा अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ओआरएमएस) को माध्यमबाट दरखास्त दिएकाहरु मध्ये केहीको आवश्यक कागजातहरु समेत नसमेटिएको पाइएकाले यस्तो सूचना जारी गरिएको हो । दरखास्तका लागि चाहिने आवश्यक कागजात नसमेटिएकाहरुको दरखास्तसमेत स्वीकृत हुन बाँकी रहेकाले ७ कात्तिकभित्र ओआरएमएस प्रणालीमा त्यस्ता कागजातहरु समावेश गर्न भनिएको छ । आवश्यक कागजात नपुगेका र अबको ७ दिनभित्र पनि अद्यावधिक गरी पुन आवश्यक कागजात नपठाइ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज