Advertisement

Author: माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।
दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

समाचार
२० असोज, काठमाडौं  । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौंथो देवी कु...
स्पेनी ला-लिगामा रियल म्याड्रिडको अपराजित यात्रा कायमै

स्पेनी ला-लिगामा रियल म्याड्रिडको अपराजित यात्रा कायमै

समाचार
काठमाडौँ —स्पेनी ला लिगामा रियल म्याड्रिडले अपराजित यात्रा शनिबार राति पनि कायम राखेको छ । उसले सान्टियागो बर्नाबाउमा भएको खेलमा भिल्लारियललाई २–० ले हरायो । खेलको दुवै हाफमा एक/एक गोल भए । रियलले १४औं मिनेटमा फेडरिको भाल्भारेडको गोलले अग्रता लिएयता ७३ औं मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल थपे । यो जितपछि रियलको नौ खेलबाट २१ अंक भएको छ । शीर्षमा बार्सिलोनाको पनि २१ अंक छ, तर उसले एक खेल कम खेलेको छ अन्य खेलमा रायो भालेकानोले रियल भालाडोलिडलाई २–१, सेल्टा भिगोले लास पाल्मासलाई १–० र इस्पनयोलले मार्लोकालाई २–१ ले हरायो । गेटाफे र ओसासुनाले १–१ को बराबरी खेले ।...
दुई महिनामा दुई अर्बको गलैंचा निर्यात

दुई महिनामा दुई अर्बको गलैंचा निर्यात

समाचार
काठमाडौँ —चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै करिब २ अर्ब रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । दुई महिनामा १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँको ७० हजार ९६४ स्क्वायर मिटर गलैंचा निर्यात भएको भन्सार विभागको तथ्यांक छ । रकमका आधारमा यो गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ५.४ प्रतिशतले बढी रहेको विभागको तथ्यांक छ । तर परिमाणका आधारमा भने गलैंचा निर्यात २.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँको ७३ हजार ९७ मिटर गलैंचा निर्यात भएको विभागको तथ्यांक छ । सरकारको नीतिका कारण गलैंचा निर्यात घटेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले जनाएको छ ।सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटबाट गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि यही व्यवस्थालाई...
नेपाल औषधि व्यवसायी सङ्घ धनगढी र  कैलाली अस्पतालको संयुक्त आयोजना निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

नेपाल औषधि व्यवसायी सङ्घ धनगढी र कैलाली अस्पतालको संयुक्त आयोजना निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

समाचार
कैलाली । नेपाल औषधि व्यवसायी सङ्घ र धनगढी स्थित कैलाली अस्पतालले संयुक्त रुपमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौँ सेवाग्राहीले सेवा लिएका छन् । भजनी नगरपालिका ५ कुटि स्थित कर्मेश्वर मावि प्राङ्गणमा शनिबार भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा सहितका डाक्टरहरूले बिरामीको चेकजाँच र औषधि निःशुल्क रुपमा बितरण गरिएको स्वास्थ्य शिविरका संयोजन एवम् औषधि व्यवसायी सङ्घ कैलालीका उपाध्यक्ष डम्बर ऐरीले बताए । उनले शिविरमा ३ सय ५० भन्दा बढीले सेवा लिएको बताए । कैलाली अस्पतालमा कार्यरत डाक्टरहरूले बिरामी चेकजाँच गरेको बताउँदै अस्पतालका अध्यक्ष एवम् सुदूरपश्चिम औषधि व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले बिरामीलाई घरदैलोमै उपचार सेवा दिन पाएकोमा खुसी लागेको बताए । पैसाको अभावमा सामान्य देखि जटिल खालका बिरामी शरीर मै बोकेर बस्ने बिरामीका लागि निःशुल्क रुपमा चेकजाँच औषधि घर दैलोमै...
नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाचार
असोज १९ धनगढि , आज  नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइको आयोजनामा देव तालिम केन्द्र धनगढीको सभा हलमा एक कार्यक्रमका बीच नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सभ्य भव्य रुपमा सम्पन्न भयो। नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका पूर्व अध्यक्ष तथा NMSRA नेपालका केन्द्रीय उपाध्यक्ष श्री मिन शाह ज्यू रहनुभएको थियो भने विशिष्ट अतिथि हरूमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढीका संस्थापक अध्यक्ष सँगै PEAN धनगढीका अध्यक्ष सन्तोष वर्णवाल ज्यू र नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका निवर्तमान अध्यक्ष दिनेशराज भट्ट ज्यू रहनुभएको थियो भने अतिथि हरूमा PEAN नेपालगञ्ज...
चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

अछाम
अछामः आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे। मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए। ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए। विज्ञापन सरिताका पति अपांग छन्। त्यसैकारण, नवजात शिशु र अरू तीन छोराछोरीको स्याहारसुसार र भविष्यलाई लिएर मलामीहरू पनि चिन्तित बने। टुहुरा दाजुभाइलाई सान्त्वना त दिए। तर, टुहुरा बालबालिकाको भविष्य भने अनिश्चित नै छ। बिहीबार सुत्केरी व्यथा लागेपछि सरितालाई स्ट्रेचरमा बोकेर ढु...
कञ्चनपुरको शुक्लाफाँटामा गर्भवती हात्ती मृत फेला

कञ्चनपुरको शुक्लाफाँटामा गर्भवती हात्ती मृत फेला

समाचार
  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक गर्भवती हात्ती हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवती हात्ती मृत फेला परेको हो । शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए । ‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’ गत १२ असोजमा उक्त हात्ती मृत फेला परेको स्थानदेखि झण्डै ४/५किलोमिटर पुर्व हात्तीको बथानले लालझाडी गाँउपालिका ४ डागाँ जाईका ५० वर्षीया रामदत्त रानाको मृत्यु भएको थियो ।...
सहकारीपीडितले गरे मुग्लिनमा लामिछानेविरुद्ध प्रदर्शन

सहकारीपीडितले गरे मुग्लिनमा लामिछानेविरुद्ध प्रदर्शन

समाचार
चितवन —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीपीडितले शुक्रबार दिउँसो उनकै निर्वाचन क्षेत्र मुग्लिन बजारमा प्रदर्शन गरेका छन् । उनको निर्वाचन क्षेत्रअन्तर्गतको इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा ‘सहकारीपीडितलाई न्याय दे’ लगायतका नाराबाजी गर्दै लामिछानेविरुद्ध प्रदर्शन भएको हो । लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न गएका बेला ब्यानरसहित प्रदर्शन गरिएको हो । मुग्लिन बजारमा उनले तेस्रो सार्वजनिक सुनुवाइ गरेका हुन् । कार्यक्रम सकेर फर्कने क्रममा लामिछानेविरुद्ध प्रदर्शन भएको प्रत्यक्षदर्शी स्थानीय सुशान्त केसीले बताए । उनका अनुसार रवि लक्षित प्रदर्शन भएपछि उनी अर्कै बाटोबाट चितवन फर्किएका थिए । रास्वापा समर्थक तथा प्रदर्शनकारीबीच केही विवाद र धकेलाधकेलसमेत भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनक...
११ सडकका ३० खण्ड अझै अवरुद्ध

११ सडकका ३० खण्ड अझै अवरुद्ध

समाचार
काठमाडौँ —बाढीपहिरोले एक साताअघि क्षति पुर्‍याएका सडकमध्ये ११ वटाका ३० खण्डमा अझै यातायात सेवा अवरुद्ध छ । ४ सय २० स्थानमा एकतर्फी सवारीसाधन चलिरहेका छन् । सरकारले अवरुद्ध सडक खुलाउन प्रयास गरिरहे पनि अधिकांश खण्ड दसैंअघि नै सञ्चालनमा आउने सम्भावना देखिएको छैन । बाढीपहिरोका कारण चल्तीका सडक अवरुद्ध भएपछि आसपासका सडकमा सवारी चाप बढेको छ । बीपी राजमार्गको धुलिखेल–नेपालथोक खण्ड बाढीले बगाएपछि चन्द्रागिरि–चित्लाङ–कुन्छाल–हेटौंडा, नौबिसे–पालुङ–हेटौंडा र नागढुंगा–मुग्लिन सडकमा सवारी चाप अत्यधिक बढेको छ । संघीय राजधानी ओहोरदोहोर गर्नेहरूले विकल्पका रूपमा यिनै सडक प्रयोग गरिरहेका छन् । दसैं सुरु भएसँगै उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्या बढिरहेको छ । बीपी राजमार्ग तत्काल खुल्न नसक्ने भएकाले दसैंमा समेत यात्रुले सास्ती बेहोर्नुपर्ने देखिएको छ । गत साताको बाढीले बीपी राजमार्गको करिब १२ किलो...
पुष्पलाल मार्ग अन्तर्गत ज्यामिरेमा सडक भासियो

पुष्पलाल मार्ग अन्तर्गत ज्यामिरेमा सडक भासियो

समाचार
दोलखा —पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका- ७ सितली नजिकै ज्यामिरेमा सडक भासिएको छ । सडक भासिएपछि राजमार्ग अवरुद्ध भएकोछ । सडक अवरूद्व भएपछि रामेछाप,ओखलढुंगा, सिन्धुलीलगायतबाट वैकल्पिक राजमार्ग प्रयोग गरेर आएका सवारीसाधन रोकिएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ । रोकिएका सवारीसाधनलाई तामाकोसी गाउँपालिकाको जफे हुँदै किर्नेटार जोडिने सडक प्रयोग गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय चरिकोटले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।...
बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

समाचार
सिन्धुली —बीपी राजमार्गको सिन्धुलीमाडी–बर्दिबास खण्डअन्तर्गत कमलामाई नगरपालिका–८, सिस्नेरीमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रोबस शुक्रबार दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार बा ५ ख ६६१८ नम्बरको माइक्रोबस दुर्घटनामा परी घाइते भएकामध्ये ६ जनालाई थप उपचारकालागि धरान पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।...
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

मुख्य समाचार
१८ असोज, काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ । यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ । यातायातका साधन सहज ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज