Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनमा नेतृत्त्व चयनमा असहमति, प्रस्तावित नामावली हलले अस्वीकृत

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनमा नेतृत्त्व चयनमा असहमति, प्रस्तावित नामावली हलले अस्वीकृत

समाचार
काठमाडौं, १९ जेठ — नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको छाता संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं महाधिवेशन नेतृत्त्व चयनको विषयमा सहमति नजुटेपछि अन्योलपूर्ण अवस्थामा प्रवेश गरेको छ। पार्टी नेतृत्वबाट सर्वसम्मतिका लागि प्रस्ताव गरिएको अध्यक्षसहित पदाधिकारीको नामावली महाधिवेशनको हलले अस्वीकृत गरेपछि स्थिति थप जटिल बनेको हो। पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख एवं पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल तथा एमाले स्वास्थ्य विभागका इन्चार्ज कृष्ण गोपाल श्रेष्ठले अध्यक्षमा डा. सन्तोष पौडेल नेतृत्वको ९ सदस्यीय पदाधिकारी टिमको नामावली प्रस्तुत गरेका थिए। उनीहरूले महासंघको आगामी कार्यकालका लागि सहमतिका आधारमा नेतृत्व चयन गर्न खोजेका थिए। अस्वीकृत प्रस्तावित पदाधिकारी टिम यस्तो थियो: अध्यक्ष: डा. सन्तोष पौडेल उपाध्यक्षहरू: रामहरि ढकाल, अमृता बराल महासचिव: भीमराज सिंह उप...
साईपालमा रुखबाट खसेर घाइते भएका व्यक्ति हेलिकप्टरमार्फत उद्धार, अर्की दीर्घरोगी महिलाको पनि उद्दार

साईपालमा रुखबाट खसेर घाइते भएका व्यक्ति हेलिकप्टरमार्फत उद्धार, अर्की दीर्घरोगी महिलाको पनि उद्दार

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : साईपाल गाउँपालिका–४ का एक व्यक्ति रुखबाट खसेर गम्भीर घाइते भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज दिउँसो करिब १२:३० बजेतिर रुखबाट खसेर घाइते भएका स्थानीय सुनबहादुर रोकायाको अवस्था गम्भीर देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई सुर्खेत लगिएको हो । घाइतेको छिटो उपचार आवश्यक देखिएपछि साईपाल गाउँपालिकाले तत्काल नेपाली सेनालाई उद्धारको लागि अनुरोध गरेको थियो । साईपाल गाउँपालिकाका अध्यक्ष मानबीर बोहराका अनुसार सूचना पाएको केही समयमै हेलिकप्टर आएर रोकायालाई सुर्खेतस्थित अस्पताल पुर्‍याइएको हो । उक्त हेलिकप्टरमा साईपाल–५ बलौडीकी दीर्घरोगी महिला चैती बोहराको समेत उद्धार गरिएको छ । महिनौँदेखि अस्वस्थ अवस्थामा रहेको उनका लागि समेत गाउँपालिकाले हेलिकप्टरमार्फत उपचारको व्यवस्था मिलाएको हो।  ...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं अधिवेशन : अध्यक्ष पदका लागि चारजनाको दाबी

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं अधिवेशन : अध्यक्ष पदका लागि चारजनाको दाबी

समाचार
  काठमाडौं, — नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं राष्ट्रिय अधिवेशन आगामी शनिबारबाट काठमाडौंमा सुरु हुँदैछ। अधिवेशन सुरु हुनुअघि नै संगठनको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा चर्किएको छ। अध्यक्ष पदमा हालका अध्यक्षसहित चार जना वरिष्ठ स्वास्थ्यकर्मीहरूले औपचारिक रूपमा दाबी प्रस्तुत गरेका छन्। अध्यक्ष पदका आकांक्षीहरूमा वर्तमान अध्यक्ष डा. झलक शर्मा, उपाध्यक्ष जगत नेपाली, भिमराज सिंह र रामहरि ढकाल रहेका छन्। चारैजनाले अधिवेशनका प्रतिनिधिहरूको समर्थन जुटाउन तीव्र रूपमा लबिइङ सुरु गरिसकेका छन्। उनीहरू पार्टीका नेताहरूसँग भेटघाट गर्दै आफ्ना पक्षमा माहोल बनाउने प्रयासमा जुटिरहेका छन्। वर्तमान अध्यक्ष डा. शर्माले संगठनलाई अझ मजबुत बनाउने उद्देश्यले फेरि नेतृत्वमा आउन चाहेको बताए। “संगठन ठूलो बनिसकेको छ, मसँग समय र योजना दुवै छन्,” उनले भने। उपाध्यक्ष समेत रहेका अर...
नागरिक उन्मुक्तिका जिल्ला अध्यक्ष माओवादी प्रवेश, प्रचण्डले लगाए टिका

नागरिक उन्मुक्तिका जिल्ला अध्यक्ष माओवादी प्रवेश, प्रचण्डले लगाए टिका

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार टीका र खादा लगाएर स्वागत गरे । रानाले बुधबार पार्टीको सम्पूर्ण जिम्मेवारीबाट औपचारिक रूपमा राजीनामा दिएको घोषणा गरेका थिए । नागरिक उन्मुक्ति पार्टिले आफुलाई राजनीतिक सोच, समावेशी जनअधिकार र परिवर्तनको यात्रामा धोका दिएको रानाको भनाई छ । राना २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा निर्वाचित भएका थिए । रानाले २०७९ को संघीय निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।...
गणतन्त्र दिवसमा बझाङ ट्राफिक प्रहरीद्वारा सामूहिक रक्तदान

गणतन्त्र दिवसमा बझाङ ट्राफिक प्रहरीद्वारा सामूहिक रक्तदान

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: गणतन्त्र दिवस २०८२ को अवसरमा बझाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरूले "रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ जिल्ला अस्पताल बझाङमा सामूहिक रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । मानवताको सेवा र दुर्घटनाका बेला रगतको अभावले कसैको ज्यान जान नपरोस् भन्ने उद्देश्यले गरिएको यस रक्तदान कार्यक्रम समाजप्रतिको उत्तरदायित्वप्रति प्रहरीको संवेदनशीलता र सक्रियताको प्रतीकका रूपमा हेरिएको छ । कार्यक्रममा सहभागी ट्राफिक प्रहरी प्रमुख विनोद विष्टले भन्नुभयो, "हाम्रो जीवनले अर्थपूर्ण बनोस् भने हामी अरुको सेवामा तत्पर हुनुपर्छ। सेवा गर्न सक्नु नै साँचो सुख र सन्तोषको आधार हो।" उहाँले थप भन्नुभयो, "मानवमा जन्मसिद्ध विवेक र भावना हुन्छ । त्यसैले समाजप्रतिको उत्तरदायित्व, सहयोग र समर्पण स्वाभाविक रूपमा विकास हुनुपर्ने हो । सामूहिक रक्तदान यही मानवीय भावना र कर्तव्यबोधको अभिव्यक...
सरकारले खोस्यो एकैपटक तीन जना सांसदहरूको पिएसओ

सरकारले खोस्यो एकैपटक तीन जना सांसदहरूको पिएसओ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडाैं। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते बिहीबार आफूहरुले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन्। उनले संविधानको उलंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाए। शान्तिबाटीकामा आफूहरुको कार्यक्रम शान्तिपूर्ण हुने उनले बताए। शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत जनाए। उनले आफूहरुको पीएसओ हटाएको बिषयमा सरकारसंग सोध्न सञ्चारकर्मीलाई सुझाव दिए।  साथै सरकारले आफ्ना  तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता बोलाएको बताए  । उनले भने, ‘सरकारले पीएसओ खोसे...
गणतन्त्र : मुकुटको होइन, मुलुकको हितले स्थान पाएको दिन– प्रधानमन्त्री ओली

गणतन्त्र : मुकुटको होइन, मुलुकको हितले स्थान पाएको दिन– प्रधानमन्त्री ओली

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । “शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल १” आज १८ औँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।...
भिजिट भिसाको सेटिङ मिलाउन अध्यागमन कर्मचारीसँग विदेशी सिमकार्ड

भिजिट भिसाको सेटिङ मिलाउन अध्यागमन कर्मचारीसँग विदेशी सिमकार्ड

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीले विदेशी सिमकार्ड प्रयोग गरी संवाद गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले देखाएको छ । छानबिनबाट जोगिन, निगरानीबाट उम्किन र प्रमाण लुकाउन उनीहरूले एजेन्टहरूले मिलाइदिएको विदेशी सिममार्फत विच्याट र स्न्यापच्याटजस्ता एप प्रयोग गरेर संवाद गर्दै आएको पाइएको छ । आयोगले सहसचिव तीर्थराज भट्टराई र केही एजेन्टमाथि गरेको छानबिनमा युएईलगायत देशका सिमकार्ड प्रयोग गरेको प्रमाण फेला परेको छ । सहसचिव भट्टराई, ट्राभल व्यवसायी बालकृष्ण खड्का र भट्टराईको आर्थिक व्यवस्थापनमा संलग्न कविता पौडेल तथा खगेन्द्र सुवेदीको मोबाइल जफत गरी परीक्षण भइरहेको छ । परीक्षणबाट सेटिङसम्बन्धी थप प्रमाण आउने आयोगका अधिकारीको विश्वास छ । आयोग स्रोतका अनुसार कोर समूहका व्यक्तिहरूले विदेशी सिमकार्ड प्रयोग गर्दै आएका थिए । ‘विगतमा अध्यागमन कर्मचारीले नेपाल...
उत्तेजक अभिव्यक्ति नदिनु भनेपछि प्रधानमन्त्रीले गरे कार्यक्रम बहिष्कार

उत्तेजक अभिव्यक्ति नदिनु भनेपछि प्रधानमन्त्रीले गरे कार्यक्रम बहिष्कार

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो २५ औँ वार्षिकोत्सव कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा १५ दिनअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाएको थियो । प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि दिइएको निम्तो प्रधानमन्त्री ओलीले मंगलबार अन्तिम समयमा अस्वीकार गरेका छन् । आयोगले १५ दिनअघि निम्तो पठाएर मंगलबार बिहान साढे ११ बजे पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरिसकेको अवस्थामा ओलीले उक्त कार्यक्रम नै बहिष्कार गरिदिए । कार्यक्रम सुरू हुनुअघि आयोगका पदाधिकारी र कर्मचारीहरू ओलीको स्वागतका लागि फूलमाला लिएर तम्मतयार भएको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले बालुवाटारबाट आउन नसक्ने जानकारी पठाइदियो । आयोगका सह-प्रवक्ता एवम् उपसचिव श्यामबाबु काफ्लेका अनुसार १५ दिनअघि निम्तो पठाएर प्रधानमन्त्रीको स्वागत र सुरक्षाका लागि त्यहीअनुसार व्यवस्थापन पनि गरिएको थिय...
पुर्व श्रीमानले गरे श्रीमती सहित दुई सन्तानको हत्या

पुर्व श्रीमानले गरे श्रीमती सहित दुई सन्तानको हत्या

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, घटना, ट्रेन्डिङ, मुख्य समाचार, रुकुम पश्चिम, समाचार
रुकुम पश्चिम: एउटै घरका तीन जनाको हत्या भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका होराइजन चोकमा रहेको मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की ले तीन जनाको हत्या भएको  जानकारी दिए।  आमा ३३ वर्षकी दीपा बस्याल सहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए। हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन्। प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन्।...
नेकपा (एकीकृत समाजवादी) बझाङको ९औं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन !

नेकपा (एकीकृत समाजवादी) बझाङको ९औं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन !

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी बझाङको ९औं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कमिटी चयन गरेको छ। ६५ सदस्यीय जिल्ला कमिटीमा अक्कल धामी अध्यक्ष चयन भएका छन्। उपाध्यक्षमा गणेश बोहरा र भक्त भण्डारी चयन भएका छन् भने सचिवको जिम्मेवारी लक्ष्मी प्रसाद जोशीले पाएका छन्। त्यसैगरी उपसचिवमा जोग कठायत, हरिश खड्का र राधिका चित्रकार चयन भएका छन्। नयाँ नेतृत्वलाई पार्टीका विभिन्न तहबाट बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ।...
कर्णालीमा १३२ केभीए विद्युत प्रसारणलाइन पुर्‍याउने अभियानको ९० प्रतिशत काम पूरा

कर्णालीमा १३२ केभीए विद्युत प्रसारणलाइन पुर्‍याउने अभियानको ९० प्रतिशत काम पूरा

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, कालिकोट, जाजरकोट, जुम्ला, ट्रेन्डिङ, डोल्पा, ताजा अपडेट, दैलेख, मुख्य समाचार, मुगु, रुकुम पश्चिम, सल्यान, सुर्खेत, हुम्ला
सुर्खेत । पछिल्लो ५ वर्षदेखि कर्णालीमा १३२ केभिए विद्युत प्रसारणलाई लाइन पुर्‍याउने अभियान जारी छ । सामान्य हावाहुरीमै झ्याप्पझ्याप्प बिजुली गइरहरने समस्याबाट कर्णालीवासीलाई मुक्त पार्न र गाउँ-गाउँमा विद्युत सेवा विस्तार गर्न कोहलपुर-सुर्खेत १३२ केभीए विद्युतलाइन तान्ने काम चलिरहको छ । ९० प्रतिशत काम सकिइसकेको आयोजना बाँकेको बानियाभार र सुर्खेतको सुब्बाकुनामा भइरहेको स्थानीयको अवरोधका कारण निर्धारित मितिमा पूर्ण हुन नसक्ने देखिएको छ । बहुप्रतिक्षित कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण आयोजनाको काम ९० प्रतिशत सकिएको छ । १ सय ६५ मध्ये १ सय ५५ वटा टावरको निर्माण सकिएको छ भने कुल ५२ किलोमिटरमध्ये ३५ किलोमिटरमा प्रसारणलाइन पनि तानिसकिएको छ । बाँके र बर्दिया निकुञ्जमा काट्नुपर्ने १३ हजार ५६ वटा रूखमध्ये १२ हजार रुख काटिसकिएका छन । तर आयोजनाको काम अन्तिम चरणमा पुग्नैलाग्दा पनि बाँके...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज