
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार टीका र खादा लगाएर स्वागत गरे ।
रानाले बुधबार पार्टीको सम्पूर्ण जिम्मेवारीबाट औपचारिक रूपमा राजीनामा दिएको घोषणा गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टिले आफुलाई राजनीतिक सोच, समावेशी जनअधिकार र परिवर्तनको यात्रामा धोका दिएको रानाको भनाई छ ।
राना २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा निर्वाचित भएका थिए ।
रानाले २०७९ को संघीय निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

