Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
देशभर मनसुन सक्रिय, दिउँसो केही स्थानमा ठूलो वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, दिउँसो केही स्थानमा ठूलो वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ — देशका धेरै ठाउँमा रातभर पानी परे पनि अहिले वर्षाको क्रम केही घटेको छ। विशेषगरी मकवानपुरमा राति तीव्र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हालको अवस्थामा देशभर अत्यधिक वर्षा नभए पनि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको झरीका कारण नदी, खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान सम्भावित स्थानहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गएको जेठ १५ गते कोशी प्रदेश हुँदै भित्रिएको मनसुन हिजोदेखि देशभर फैलिएको पुष्टि भएको छ। महाशाखाका अनुसार मनसुन अझै केही दिन सक्रिय रहनेछ।...
त्रिदेशीय टी–२० शृङ्खला: नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो, शीर्ष स्थानमा उक्लियो

त्रिदेशीय टी–२० शृङ्खला: नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो, शीर्ष स्थानमा उक्लियो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका कुशल भुर्तेलले ६५ रन बनाएर कीर्तिमानी ११औं अर्धशतक पूरा गरे। आरिफ शेखले ३९ र भीम सार्कीले २७ रन बनाए। यसअघि नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७४ रन बनाएको थियो। माइकल लेभिटले ८६ रन बनाए। नेपालका करण केसीले दुई विकेट लिए भने अन्य चार बलरले समान एक/एक विकेट लिए। शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। नेपालले अबसम्म तीन खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।...
सुदूरपश्चिमदेखि गण्डकीसम्म भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमदेखि गण्डकीसम्म भारी वर्षा, सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
देशको पश्चिमी क्षेत्रमा अहिले व्यापक वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै जिल्लामा पानी परिरहेको छ भने पूर्वी नेपालमा वर्षा घटेको छ। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार पश्चिममा वर्षा गराउने प्रणाली आगामी ४–५ दिनसम्म सक्रिय रहनेछ। हाल कोशी, मधेस, बागमती, गण्डकीका केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। पश्चिममा पश्चिमी वायु र स्थानीय वायु सक्रिय छन्। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको असरले देशभर बादल लागेको छ। आज कोशी, बागमती र गण्डकीका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ भने कोशी र मधेसमा हावाहुरीसहित चट्याङसमेत हुन सक्ने पूर्वानुमान छ। रातिको समयमै कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही भागमा ठूलो पानी पर्ने सम्भावना पनि महाशाखाले जनाएको छ।...
समान व्यवहार परियोजनाले फेरिदियो गीताको जिन्दगी

समान व्यवहार परियोजनाले फेरिदियो गीताको जिन्दगी

ताजा अपडेट, ब्यापार, रोजगार, समाचार, सुदूरपश्चिम
धुर्ब बिष्ट बझाङ- कुनै समय आफ्नै जीवनलाई अन्त्य गर्ने निर्णयमा पुगिसकेकी बझाङको बुङ्गल नगरपालिका–११, धारघरकी गीता देवी बोहरा आज हाँस्न जान्छिन्, अरूलाई पनि आत्मनिर्भर बन्ने बाटो देखाइरहेकी छन्। एक नारीको साहस, पीडा, र पुनर्जन्मको कथा अहिले गाउँघरमा प्रेरणाको स्रोत बनेको छ। गिता देवीको जीवनले सामान्य विवाहको कथा बोकेको थियो। आजभन्दा १२ वर्षअघि, बित्थडचिर गाउँपालिकाकी उनी रामबहादुर बोहरासँग विवाह बन्धनमा बाँधिएकी थिइन्। सुरुका दिन राम्रैसँग गुज्रियो। तर बिस्तारै राम बहादुर रक्सीको कुलतमा फसे। जति समय बित्दै गयो, उति उनी घरबार र जिम्मेवारीबाट टाढिँदै गए। आर्थिक संकट, झगडा, र श्रीमतीमाथिको शारीरिक तथा मानसिक यातनाले गीता देवीको जीवन अन्धकारमा धकेलिँदै गयो। उनी आफैँलाई निरर्थक महसुस गर्न थालिन्। आत्महत्या गर्न बारम्बार कोशिस गरिन्। तर नियतिले उनलाई नयाँ बाटो देखायो। समान व्यवहार परियोजनाको...
डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा — डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्युपछि डडेल्धुराको स्याउले बजारमा चक्का जाम गरिएको छ। सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने मुख्य सडक अवरुद्ध हुँदा यातायात, स्वास्थ्य सेवा र जनजीवन प्रभावित भएको छ। पालीलाई बैंकिङ कसुरमा पक्राउ गरी कैलाली कारागारमा राखिएको थियो। पक्राउ परेको दुई दिनमै असार २ गते सेती अस्पतालमा उनको मृत्यु भएको थियो। परिवारले हिरासतमा कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन्। प्रहरीले स्वास्थ्य कारणले मृत्यु भएको बताएको छ, तर शरीरमा चोटपटक र सिसिटिभी अभावले शंका थपिएको छ। आफन्तले दोषीमाथि कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्। तनाव कम गर्न प्रशासनको प्रयास जारी छ।...
देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल देशका अधिकांश भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुन सक्छ। मौसमको यस प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह  खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा लेख्दै अहिलेको परिस्थितिमा खोमिनीले आत्मसमर्पण गर्नु सबैभन्दा उपयुक्त विकल्प हुने बताएका हुन्। उनका अनुसार अमेरिका इरानको अवस्थाबारे पूर्ण रूपमा जानकार छ र हाललाई खोमिनीको ज्यान सुरक्षित रहेको स्पष्ट पारेका छन्। उनले खोमेनीलाई लक्षित गर्नु सजिलो भए पनि हाल अमेरिकाले त्यसो नगर्ने दाबीसमेत गरेका छन्। इरानले इजरायलको तेल अभिभ र हाइफाजस्ता प्रमुख सहर खाली गर्न चेतावनी दिएपछि तेहरानमा ठूलो संख्यामा विस्फोट भएका छन्। राजधानी छाड्न खोज्ने इरानीको संख्या बढ्दै गएको छ, तर धेरै नागरिक अन्यत्र सुरक्षित विकल्प नभएको बताउँदै छन्। पछिल्लो सैन्य तनाव शुक्रबारदेखि सुरु भएको हो, जब इजरायलले इरानमाथि आक्रमण सुरु गर्‍यो। इजरायल...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्‍यो। ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। कुशल भुर्तेलले ३०, दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए। स्कटल्याण्डका सफयान शरीफ र माइकल लिस्कले २/२ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्ड १९.३ ओभरमा ९७ रनमै समेटियो। माइकल लिस्कले सर्वाधिक ४६ रन बनाए। नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ११ रन दिँदै ४ विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २/२ तथा ललित राजवंशीले १ विकेट लिए। यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालले अब बिहीबार नेदरल्याण्ड्ससँग खेल्नेछ।...
विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

समाचार
बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रशासन कार्यालय बझाङले २०८२ साल जेष्ठ २९ गते सुनाएको फैसलामा पाँच जनालाई जनही तीन–तीन महिना कैद र जरिवानाको सजाय सुनाइएको हो। पहिलो मुद्दा नं. १८१ मा जाहेरीवाला दत्तराम अवस्थीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी देवदत्त अवस्थी, विष्णुप्रकाश उपाध्याय र कमल थापामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८(२) अनुसार जनही ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। त्यसैगरी, अभद्र व्यवहारसम्बन्धी दोस्रो मुद्दा नं. १८२ मा जाहेरीवाला जयबहादुर मल्ल लगायतको जाहेरीमा प्रतिवादी कमल थापा, तिलक कुँवर, अशोक धामी र जानकी खड्कालाई पनि सोही मितिमा जनही ३ महिना कैद र २ हजार रुपैयाँ जरिवाना हुने फैसला गरिएको छ। जिल्ला प्रमुख अधिकारी...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷८२ मा श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा ३०,००,०००(तिस लाख ) विनियोजन गरिएको थियो । वास्तविक नाममा भन्दा फरक नाम राखेर प्रदेशको बजेट आएकोले समुदायमा विवाद सिर्जना भएको हो । उच्च अदालत दिपायलको मुद्घा नम्बर ण्डज्ञ–ध्इ–ण्ण्द्धट जयपृथ्वी नगरपालिकालाई विपक्षी बनाई कारण देखाउ आदेश जारि र छलफलमा झिकाउने आदेश दिएको छ । जयपृथ्वी नगरपलिका ७ नम्बर का स्थानिय रमेश महरले अदालतमा रिट निवेदन दर्ता गराएका थिए ७ नम्बर वडामा गैह्राकोट मष्टा मन्दिर र रिङनीमाणु मष्टा मन्दिर अवस्थीत छन् । तर प्रदेश सरकारकले श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा रकम हालेपछि समुदायमा विवाद सिर्जना भएको थियो । दुई वटै मन्दिर पक्षका भक्तजनहरुले आ–आफ्नो मन्दिरमा...

अनेरास्ववियुको २४औं महाधिवेशन: बाजुराबाट केन्द्रिय सदस्यमा पारस रावलको दमदार उपस्थिती

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
  २४औं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले देशभर विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र बहसको माहोल सिर्जना गरिरहेको छ । यही महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट बाजुराका होनहार युवा नेता पारस रावल केन्द्रिय सदस्य पदका लागि बलियो दावेदारका रूपमा अगाडि आएका छन् । सानै उमेरदेखि समाजसेवा र विद्यार्थी हकहितमा समर्पित रावलले शिक्षाको गुणस्तर सुधार, विद्यार्थी अधिकारको रक्षा, संगठन सुदृढीकरण र समावेशी नेतृत्व निर्माण जस्ता विषयमा स्पष्ट दृष्टिकोणसहित उम्मेदवारी दिएका छन् । निरन्तरको सक्रियता र जनसम्पर्कमा आधारित अभियानमार्फत उनले देशभरका प्रतिनिधिहरूमध्ये व्यापक समर्थन बटुल्न सफल भएका छन् । २८ गते हुने मतदानको मिति नजिकिँदै जाँदा महाधिवेशनको माहोल तातिंदो छ। उम्मेदवारहरू आ–आफ्ना एजेन्डा प्रस्तुत गर्न व्यस्त छन् भने प्रतिनिधिहरूले न...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ‘कुशल फार्मेसी अभ्यास’ कार्यशाला सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ‘कुशल फार्मेसी अभ्यास’ कार्यशाला सम्पन्न

समाचार
कर्णाली, जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत फार्मेसी महाविद्यालयको आयोजनामा पहिलोपटक ‘कुशल फार्मेसी अभ्यास’ सम्बन्धी एकदिने कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। फार्मेसी शिक्षा र अभ्यासको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यशालामा विभिन्न शैक्षिक तहका विद्यार्थी, प्राध्यापक तथा क्षेत्रीय सरोकारवालाहरू गरी ७५ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यशालामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत तेस्रो, चौथो र पाँचौं सेमेस्टरका विद्यार्थीहरूका साथै कर्णाली प्राविधिक शिक्षालयका दोस्रो र तेस्रो वर्षका १० जना विद्यार्थी तथा ६ जना प्राध्यापकहरूको सहभागिता थियो। कार्यक्रमका प्रमुख वक्ता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फार्मेसी विभाग प्रमुख डा. राजकुमार थापा हुनुहुन्थ्यो। आफ्नो चार दशकभन्दा लामो व्यावसायिक यात्राको अनुभव सुनाउँदै डा. थापाले नेपालमा फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज