Advertisement

कर्णालीमा १३२ केभीए विद्युत प्रसारणलाइन पुर्‍याउने अभियानको ९० प्रतिशत काम पूरा

Advertisement

सुर्खेत । पछिल्लो ५ वर्षदेखि कर्णालीमा १३२ केभिए विद्युत प्रसारणलाई लाइन पुर्‍याउने अभियान जारी छ । सामान्य हावाहुरीमै झ्याप्पझ्याप्प बिजुली गइरहरने समस्याबाट कर्णालीवासीलाई मुक्त पार्न र गाउँ-गाउँमा विद्युत सेवा विस्तार गर्न कोहलपुर-सुर्खेत १३२ केभीए विद्युतलाइन तान्ने काम चलिरहको छ ।

९० प्रतिशत काम सकिइसकेको आयोजना बाँकेको बानियाभार र सुर्खेतको सुब्बाकुनामा भइरहेको स्थानीयको अवरोधका कारण निर्धारित मितिमा पूर्ण हुन नसक्ने देखिएको छ ।

बहुप्रतिक्षित कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण आयोजनाको काम ९० प्रतिशत सकिएको छ । १ सय ६५ मध्ये १ सय ५५ वटा टावरको निर्माण सकिएको छ भने कुल ५२ किलोमिटरमध्ये ३५ किलोमिटरमा प्रसारणलाइन पनि तानिसकिएको छ ।

बाँके र बर्दिया निकुञ्जमा काट्नुपर्ने १३ हजार ५६ वटा रूखमध्ये १२ हजार रुख काटिसकिएका छन । तर आयोजनाको काम अन्तिम चरणमा पुग्नैलाग्दा पनि बाँकेको बानियाभार र सुर्खेतको सुब्बाकुनामा स्थानीयको अवरोध हट्न सकेको छैन । यी अवरोध हटेकोमा ६ महिनाभित्रै कर्णालीमा १३२ केभीए विद्युत पुग्ने आयोजनाले जनाएको छ ।

अवरोधका कारण बाँकेमा ३ र सुर्खेतमा एउटा टावर राख्न सकिएको छैन । अवरोध जारी राखेका बानियाभारका स्थानीय चलनचल्तीको दरअनुसार क्षतिपूर्ति मागगर्दै अदालत पुगेकोमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले रिट खारेज गरिसकेको छ । तर पनि बानियाभारको अवरोध हटेको छैन ।

सुर्खेतको सुब्बाकुनाका स्थानीयले पनि चलनचल्तीकै दरअनुसार क्षतिपूर्ति पाउनुपर्ने भन्दै अवरोध गरिहेका छन । आफूहरू विकास विरोधी नभएको दाबी गर्ने स्थानीयले आयोजनाले निर्धारण गरेको क्षतिपूर्तिमा चित्त नबुझाएर गृह मन्त्रालयमा निवेदन दिएका छन ।

२०८२ असारभित्र कर्णालीमा १३२ केभीए विद्युत पुर्‍याउने लक्ष्य राखिएको आयोजना यिनै अवरोधका कारण पछाडि धकेलिने सम्भावना छ । पहिलो चरणमा कोहलपुरदेखि सुर्खेत, दोस्रो चरणमा सुर्खेतदेखि दैलेख र तेस्रो चरणमा दैलेखदेखि जुम्लासम्म १३२ केभीए विद्यतु पुर्‍याउने लक्ष्य छ । आयोजना सम्पन्न भएमा कर्णालीवासीले झ्याप्पझ्याप्प बत्ती जाने र कम भोल्टेज आउने समस्याबाट मुक्ति पाउने अपेक्षा छ ।

२०७७ असारमा ७० करोडमा भारतीय आरएस इन्फाप्रोजेक्ट प्रालिले आयोजना निर्माणको ठेक्का लिई काम गरिहेको छ । बानियाभार र सुब्बाकुनाको अवरोध हटाउन सरोकारवालाबीच समन्वय आवश्यक देखिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज