Advertisement

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

Advertisement

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको झल्को, आफ्ना बालबच्चा, श्रीमान् र न्यानो छानाको आशा बोकेर उनी फर्किएकी थिइन्। तर त्यो न्यानो छानामुनि उनलाई ठाउँ थिएन — महिनावारी भएको भन्दै उनलाई धपाइयो, घरको छेउमै बनाइएको छाउगोठमा।

शनिबार राति कृष्णपुर नगरपालिका–१, निगाली। उस्तै अँध्यारो रात थियो, जस्तै अँध्यारो समाजको सोच। कमला छाउगोठमा सुतिरहेकी थिइन्। अचानक केही चिसो महसुस भयो – त्यो चिसोपन एउटा विषालु सर्पको दंश थियो। गालामा टोकेर गयो। कराउँदै कमलालाई अस्पताल पुर्‍याइयो, सेती प्रादेशिक अस्पताल। तर समयले साथ दिएन। उपचारकै क्रममा उनले प्राण छाडिन्।

श्रीमान् पुरन दमाई भन्छन्, “हाम्रो घर पक्की हो। बस्न ठाउँ पनि थियो। तर समाजको डरले उसलाई गोठमै राख्नुपर्‍यो।”
कमलाले बस्नुपरेको त्यो गोठ छिमेकीको घरछेउमा अलिकति टिन, केही बाँस र धेरै लाजको भरमा बनेको थियो।

कमला मात्र होइनन्, अझै पनि देशभरका सयौँ, हजारौँ महिलाहरूले महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य जीवन बिताइरहेका छन्। कहिले आगोले, कहिले चिसोले, कहिले जनावरले, र आज — फेरि एक पटक, सर्पले एउटा जीवन लिएको छ।

कमलाको मृत्युले फेरि एउटा चोटिलो प्रश्न उठाएको छ — “महिनावारी भनेको लाज हो कि जीवनको प्रकृति ?”
रुढीवादी सोचकै कारण एक सक्षम, जीवित, संघर्षशील महिलाले ज्यान गुमाउनु परेको यो घटनाले हाम्रो सभ्यताको आडमा लुकेको असभ्यता उजागर गरिदिएको छ।

अब पनि मौन बस्ने ?

सरकारले छाउपडी प्रथा अन्त्यको घोषणा गरेको वर्षौं भइसक्यो। कानुन बने, सजायको चेतावनी दिइयो। तर व्यवहार कहाँ बदलिएको छ ?
कमलाको मृत्युले अब हामी सबैलाई आ–आफ्नो जिम्मेवारी लिने बेला आएको सन्देश दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज