Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
अछाममा शिक्षकले प्रश्नपत्र नदिँदा परीक्षा रद्द

अछाममा शिक्षकले प्रश्नपत्र नदिँदा परीक्षा रद्द

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयमा विज्ञान विषयको परीक्षा शिक्षकले प्रश्नपत्र नदिएपछि रद्द गरिएको छ। विद्यालयका विज्ञान शिक्षक दमन बुढाले पाँच महिनादेखि तलब नपाएको भन्दै बिहीबार कक्षा ६ देखि १० सम्म सञ्चालन हुने विज्ञान विषयको त्रैमासिक परीक्षाको प्रश्नपत्र विद्यालयमा बुझाउन अस्वीकार गरेपछि परीक्षा स्थगित भएको हो। विद्यालयका प्रधानाध्यापक श्यामबहादुर धामीका अनुसार बिहान ११ बजेदेखि सञ्चालन हुने भनिएको परीक्षा शिक्षकले प्रश्नपत्र नदिएपछि एक घण्टा ढिलो गरी सामाजिक विषयको परीक्षा सञ्चालन गरिएको थियो। विज्ञान विषयको परीक्षा कहिले हुने भन्ने टुंगो लागेको छैन। विज्ञान विषयको तयारी गरेर विद्यालय पुगेका विद्यार्थीहरू सामाजिक विषयको परीक्षा दिनुपर्दा अन्योलमा परेका थिए।...
बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना: चार जना घाइते, डडेल्धुरामा उपचार

बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना: चार जना घाइते, डडेल्धुरामा उपचार

Breaking News 1, ताजा अपडेट, बझाङ, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। से १ ज १००५ नम्बरको बेलोरो जीप पाटन नगरपालिका–८ अनारखोलीमा बिहीबार अपराह्न ४ बजे सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइते हुनेमा बझाङको दुर्गाथली गाउँपालिका–६ का ३३ वर्षीय लोकेन्द्र महत, १३ वर्षीय औजित महत, ३० वर्षीया सरस्वती धामी र ४५ वर्षीय ओमजंग कडायत रहेका छन्। उनीहरूको उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको छ। प्रहरीका अनुसार जीपमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा परेको जीप आफैं अनियन्त्रित भएर सडकबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि चालक बझाङको दुर्गाथली–४ का रमेश जाग्रीलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
असार महिनामै ३० प्रतिशत बढी खर्च, सुदूरपश्चिमको वार्षिक खर्च ७० प्रतिशत

असार महिनामै ३० प्रतिशत बढी खर्च, सुदूरपश्चिमको वार्षिक खर्च ७० प्रतिशत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी-  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यतिर तीव्र खर्च बढाउँदै असार महिनामात्रै ३० प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ। योजना कार्यान्वयनको अन्तिम चरणमा मात्रै तीव्र गतिमा खर्च गरेको सरकारले असार महिनाभरमा नौ अर्ब १० करोड रुपैयाँ खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आव २०८१/०८२ मा कुल ३१ अर्ब ५३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सोमध्ये असार २५ गतेसम्ममा २२ अर्ब २८ करोड रुपैयाँ (७० दशमलव ५० प्रतिशत) खर्च भइसकेको छ। प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार, कुल खर्चमध्ये पुँजीगततर्फ १२ अर्ब ४७ करोड रुपैयाँ (६६ दशमलब ५० प्रतिशत) र चालु तर्फ नौ अर्ब ८० करोड रुपैयाँ (७६.८१ प्रतिशत) खर्च गरिएको छ। गत जेठ मसान्तसम्म प्रदेशको खर्च १३ अर्ब १८ करोड रुपैयाँ मात्रै रहेको थियो। जोशीका अनुसार, असार २५ गतेमात्रै दुई अर्ब रुपैयाँभन्दा बढी...
संविधान र संघीय कानुनमाथि प्रहार गर्दै सुदूरपश्चिमको ‘स्थानीय सेवा ऐन’ :  हान को चेतावनी

संविधान र संघीय कानुनमाथि प्रहार गर्दै सुदूरपश्चिमको ‘स्थानीय सेवा ऐन’ : हान को चेतावनी

समाचार
धनगढी,  असार सुदूरपश्चिम प्रदेश सभाले हालै पारित गरेको ‘सुदूरपश्चिम स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ प्रति तीव्र असन्तुष्टि जनाउँदै हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल  (हान) सुदूरपश्चिम प्रदेशले आन्दोलनको चेतावनी दिएको छ। संघको आरोपमा उक्त ऐनले नेपालको संविधान, संघीय कानुन र लोक सेवा प्रक्रियाको धज्जी उडाउँदै केही निश्चित कर्मचारी समूहको स्वार्थपूर्ति गर्ने गरी ल्याइएको छ। हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (HAAN), सुदूरपश्चिम प्रदेश का अनुसार नेपालको संविधानको धारा ५७(६) मा प्रदेश, गाउँसभा वा नगरसभाले बनाउने कानुन संघीय कानुनसँग नबाझिनुपर्ने प्रष्ट व्यवस्था भए पनि उक्त ऐनले यसलाई उल्लंघन गरेको छ। ऐनको दफा ९(४) मा “संघीय स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो, पाँचौं र छैटौं तहका कर्मचारीमध्ये ५ वर्ष सेवा पुरा गरेकालाई एकपटकका लागि एक तह वृद्धि गर्ने” व्यवस्था गरिएको छ। अहेवल...
गुरु पूर्णिमा आज: वेदव्यासको सम्मानमा देशभर श्रद्धाभावका कार्यक्रम

गुरु पूर्णिमा आज: वेदव्यासको सम्मानमा देशभर श्रद्धाभावका कार्यक्रम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा। यो दिन शिक्षादाता गुरुजनप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दै देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा मनाइने व्यास जयन्तीलाई नै गुरु पूर्णिमा मानिन्छ। वेदव्यासले वेद, उपनिषद्, अठार पुराणलगायत धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिमा महान योगदान दिएका विश्वास गरिन्छ। यस अवसरमा शिष्यहरूले गुरुलाई श्रद्धापूर्वक सम्मानसहित मिष्ठान्न भोजन अर्पण गर्ने परम्परा रहिआएको छ। विद्यालय, धार्मिक संस्था तथा संघसंस्थामा शिक्षा र दीक्षा दिने गुरुप्रति आदर प्रकट गर्दै विविध कार्यक्रम आयोजना गरिँदैछ। संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने गरिन्छ। तन्त्र र धर्मशास्त्रका अनुसार, अज्ञानरूपी अन्धकारलाई हटाई ज्ञानरूपी प्रकाश फैलाउने व्यक्तिलाई नै गुरु भनिन्छ...
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सामान्यतया उत्तरतिर अवस्थित छ। यसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यीमध्ये एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ। राति: ...
बझाङको बित्थडचिर गाउँपालिकाको बित्तीय प्रगति ८२ दशमलब ८४ प्रतिशत

बझाङको बित्थडचिर गाउँपालिकाको बित्तीय प्रगति ८२ दशमलब ८४ प्रतिशत

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाले आर्थिक वर्ष २०८१ । ०८२ को बजेट कार्यान्वयनको वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक प्रशासन शाखा मार्फत बुधबार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले चालु तथा पुँजिगत शिर्षकमा गरिएको खर्च आम्दानी र कार्यान्वयनको प्रतिशतसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो । पालिकाले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८१ । ०८२ मा जम्मा ४४ करोड ८४ लाख ८७ हजार ४ सय २६ रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । जसमा कुल बजेटको ८२ दशमलब ८४ प्रतिशत खर्च गरिएको छ । चालु तर्फ ३४ करोड ६३ लाख ७० शजार ४ सय २६ रुपैयाँ बजेट बिनियोजन गरिएकोमा ८३ दशमलब ४३ प्रतिशत बजेट खर्च भएको छ । त्यसैगरि पूँजिगत तर्फ बिनियोजित १० करोड २१ लख १७ हजार रुपैयाँमा ८० दशमलब ८२ प्रतिशत बजेट खर्च भएको पालिकाले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।...
छबिसपाथिभेरा गाउँपालिकाको भुक्तानी कार्य सम्पन्न, आर्थिक वर्ष २०८१ / ०८२ को बजेट खर्च प्रगति सार्वजनिक

छबिसपाथिभेरा गाउँपालिकाको भुक्तानी कार्य सम्पन्न, आर्थिक वर्ष २०८१ / ०८२ को बजेट खर्च प्रगति सार्वजनिक

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
लक्ष्मीराज जोशी, बझाङ - बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत योजनाहरू तथा कार्यक्रमहरूको कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको छ । गाउँपालिकाले तोकिएको समयसीमाभित्र भुक्तानी कार्य सफलतापूर्वक सम्पन्न गरेको एक सूचना मार्फत जानकारी दिएको छ । गाउँपालिकाले आर्थिक पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आर्थिक वर्ष २०८१/०८२ को कुल बजेटमा ९० दशमलव ८० प्रतिशत खर्च गरेको छ । गाउँपालिका कार्यालयद्वारा जारी सूचनामा नीति, योजना तथा बजेट निर्माण र कार्यान्वयनमा अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, कार्यालय टिम लगायत सबै पक्षको सक्रिय भूमिका रहेको उल्लेख गरिएको छ । कार्यक्रमको सफल कार्यान्वयनका लागि शाखा प्रमुख तथा सम्पूर्ण कर्मचारी र सरोकारवालाहरूको योगदानप्रति गाउँपालिकाले धन्यवाद प्रकट गरेको छ । पालिकाले जारी विवरण अनुसार, आर्थिक वर्ष २०८१/ ०८२ को समग्र खर्च प्रगति यसप्...
गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार, उद्दार गरिएकामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, ३५ वर्षीय विकट सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय बिर सार्की तथा वेदकोट नगरपालिका–७ का २८ वर्षीय अब्दुल सार्की रहेका छन्। उनीहरू श्राद्ध गर्न गोदावरी नदीमा गएका बेला एक्कासी आएको बाढीका कारण टापुमा फसेका थिए। बाढीको जानकारी प्राप्त भएलगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी इञ्जिनियर गोगन बहादुर हमाल उद्दार टोलीसहित घटनास्थल पुगेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उद्दार कार्य सम्पन्न गरेको थियो। गोदावरी नगरपालिकाका मेयर विरेन्द्...
दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलेको छ। नगरपालिकाको कृषि शाखा प्रमुख दिपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनसिंह धामी (नगर प्रमुख विजयसिंह धामीका छोरा) को मिलोमतोमा वडा नं. ६ का मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाइएको हो। कृषि शाखा प्रमुखले ग्लोबल आईएमई बैंक गोकुलेश्वर शाखामा पत्र पठाउँदै जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराका हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए। पीडित जानकी र मञ्जुले आफूहरूलाई मरेको भनी झूटा कागज बनाएर खाताबाट रकम निकाल्ने प्रयास भएको जनाए। उनीहरूका अनुसार समूह लामो समयदेखि निष्क्रिय थियो, तर अध्यक्षले कार्यक्रमको रकम हत्याउन फर्जी कागज बनाए। कृषि शाखा प्रमुख विष्टले समू...
रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने १९ जना अझै बेपत्ता छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बेपत्तामध्ये नौ जनाको शव फेला परिसकेको छ। फेला परेकामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलो भन्ने स्थानको त्रिशूली नदी किनारमा भेटिएको हो। घटनाबारे जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक तथा प्रहरी प्रवक्ता विनोद घिमिरेले भने, “कुल २० जना बेपत्ता मध्ये एक जनाको शव फेला परेसँगै अब १९ जना बेपत्ता रहेका छन्।” बेपत्ताहरूमा २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन्। बाढीबाट अहिलेसम्म ५७ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा ३८३ जना प्रहरी खटिइ उद्धार तथा खोजी कार्यमा जुटेका छन्। बाढीका कारण नेपाल–चीन सीमास्थित मितेरी पुल बगेको छ भने २४ वटा क...
मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। दिउँसोको अवस्था : बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशसहित अन्य पहाडी भू–भागका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। साथै, देशको उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। रातिको अवस्था : राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा र अन्य क्षेत्रक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज