Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तयारी सुदृढ गर्ने उद्देश्यले खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो। थलारा गाउँपालिकाको आयोजना र प्रतिबद्ध परियोजनाको सहजीकरणमा मंगलबार भएको उक्त कार्यक्रममा खोज तथा पहिचान विधिको परिभाषा, भत्किएका संरचनामा उद्धार टोलीको संरचना र आवश्यक उपकरणहरूको प्रयोगबारे विस्तृत अभिमुखिकरण दिइएको थियोे । कार्यक्रमका बारेमा जानकारी दिँदै प्रतिबद्ध परियोजनाका कार्यक्रम अधिकृत तेज बोहराले गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण र द्रुत उद्धार क्षमताको अभिवृद्धि मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार, सहभागीहरूलाई उद्धार सामग्रीको प्रयोग, द्रुत प्रतिक्रिया प्रक्रिया, तथा आपतकालीन अवस्थामा आवश्यक समन्वय प्रणालीबारे व्यावहारिक प्रशिक्षण समेत प्र...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ गइरहेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर निवासी ५५ वर्षीय शंकर डगौरा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याइएको थियो तर चिकित्सकले मृत घोषित गरेका छन्। ठक्करबाट घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ का ५४ वर्षीय हर्क बहादुर डगौरा र त्यसै स्थानका २५ वर्षीय कृष्ण डगौरा घाइते भएका छन्। घाइतेहरूको घोडाघोडी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न जिप र चालक रोल्पा, त्रिवेणी गाउँपालिका–४ निवासी २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि पूर्ण बदलीको अवस्था देखिएको महाशाखाले जानकारी दिएको हो। महाशाखाका अनुसार दिउँसोपछि कोशी र गण्डकी प्रदेशका उच्च भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। देशका अन्य धेरै स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले व्यापक वर्षा हुने अवस्था नभएको स्पष्ट पारेको छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा देशका बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ।...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो। नवगठित समितिमा उपाध्यक्षमा दसिराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सह–सचिवमा ज्योति बोहरा, तथा कोषाध्यक्षमा कालुराम चौधरी रहेका छन्। त्यस्तै सदस्यमा स्वरूप चौधरी र रोशन रसाइली रहेका छन्। भेलामा सहभागी सञ्चारकर्मीहरूले समूहले स्थानीय तहमा सञ्चारकर्मीबीच आपसी सहकार्य, पेशागत अधिकार संरक्षण र सूचना प्रवाहको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। भेलामा घोडाघोडी क्षेत्रमा क्रियाशील विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।...
काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– नेपाली काँग्रेस रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। उनको पचारका क्रममा गएराति २:५८ बजे काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। मुटु सम्बन्धी समस्या भएपछि केही समयअघि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। शव अन्तिम संस्कारका लागि रौतहटको राजपुरतर्फ लगिएको सुरक्षा स्रोतले जनाएको छ। गत जेठमा नक्खु कारागारबाट रिहा भएका आलमलाई त्यसपछि ब्रेन स्ट्रोक भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। २०६४ सालको संविधानसभा निर्वाचनतर्फको तयारीका क्रममा बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इट्टाभट्टामा जिउँदै जलाएको आरोपमा आलमविरुद्ध मुद्दा चलेको थियो। जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालतले प्रमाण अभाव देखाउँदै आलमसहि...
बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङमा ५४२ नयाँ मतदाता थप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ -आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानअन्तर्गत बझाङमा ५ सय ४२ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार नयाँ दर्तामध्ये ३ सय ६३ पुरुष र १ सय ७९ महिला रहेका छन्। असोज १० देखि कात्तिक १७ गतेसम्म चलेको दर्ता तथा अद्यावधिक अभियानमा सुदूरपश्चिमका अन्य जिल्लामा जस्तै बझाङमा पनि मतदाता दर्ताका लागि उत्साहजनक सहभागिता देखिएको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालय बझाङका निमित्त प्रमुख श्याम खड्काका अनुसार मतदाता नामावली अद्यावधिकका लागि कार्यालयहरू बेलुका ६ बजेसम्म खुला राखिएको छ। कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य निरन्तर जारी रहनेछ।...
देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य अधिकांश भूभागमा मौसम मुख्यतया सफा छ। शनिबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकीका हिमाली भागका केही ठाउँमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम सफा नै रहने महाशाखाले उल्लेख गरेको छ।...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो नगरपालिका वा गाउँपालिकामै गएर प्यान लिन सक्नेछन्। तर, पालिकाले सेवा सञ्चालन नगरेको अवस्थामा भने जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्यान प्राप्त गर्न सकिनेछ। आन्तरिक राजस्व विभागका अनुसार करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरिए पनि वैकल्पिक व्यवस्था नहुँदासम्म ती कार्यालयमार्फतै सेवा निरन्तर रहनेछ। विभागले कर सेवा प्रवाहलाई जनस्तरसम्म नजिक पुर्‍याउन र प्रविधिमैत्री बनाउन सेवाको विकेन्द्रीकरण गरिएको जनाएको छ। अब स्थायी लेखा नम्बर प्रमाणपत्रसमेत सम्बन्धित पालिकाबाट नै उपलब्ध हुनेछ भने कर भुक्तानी तथा करचुक्ता प्रमाणपत्रजस्ता सेवा अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने विभागले स्पष्ट पारेको छ।...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार (कात्तिक २०) राति १० बजेर ४० मिनेट जाँदा दार्चुलाको तावाघाट क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प आएको हो। भूकम्पको धक्का स्थानीयवासीले स्पष्ट रूपमा महसुस गरेका थिए। हालसम्म क्षति सम्बन्धी विवरण भने प्राप्त भएको छैन।...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायु कमजोर अवस्थामा रहेका कारण ठूलो मौसमी प्रभाव नदेखिएको विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा उच्च हिमाली भू–भागमा भने आंशिक बदली रहने र स्थानीय वायुको प्रभावका कारण केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मौसम सफा रहने विभागले बताएको छ। विहान र बेलुकी केही स्थानहरूमा हल्का कुहिरो देखिए पनि दिउँसो मौसम खुलेर जाने अनुमान गरिएको छ। तापक्रम सामान्य दायरामै रहने भए पनि पश्चिमी तथा मध्य तराईमा बिहान चिसो महशुस हुने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार आगामी केही दिनसम्म देशभर मौसम स्थिर रहने र ह...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले संघीय सरकारले गरेको खर्च कटौतीका निर्देशनप्रति असन्तुष्टि जनाउँदै यस्तो समझदारी गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार, “मन्त्री र सांसदले पाउँदै आएको स्वकीय सचिवको सुविधा यथावत् राख्ने सहमति भएको छ।” संघीय सरकारले हालै खर्च कटौतीका सन्दर्भमा प्रदेश सांसद र मन्त्रीका सचिवालय खारेज गर्न निर्देशन दिएको थियो। तर मंगलबार अर्थ मन्त्रालयले “प्रदेशका काम प्रदेश र संघीय कानुनबमोजिम हुने” भन्ने पत्र पठाएपछि सुदूरपश्चिम सरकारले आफ्नै कानुनअनुसार निर्णय गर्ने निचोडमा पुगेको हो। सभामुख भीमबहादुर भण्डारीले भने, “प्रदेशका कामहरू प्रदेश कानुनअनुसार अघि बढ्छन्।” बैठकमा मुख्यमन्त्री शाह, सभामुख भण्डारी, एमालेका नेता राजेन्द्रसिंह राव...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज