Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
सेती प्रादेशिक अस्पतालकाे ८४ औं बार्षिकोत्सव समारोह उद्घघाटन

सेती प्रादेशिक अस्पतालकाे ८४ औं बार्षिकोत्सव समारोह उद्घघाटन

कैलाली, स्वास्थ्य
कैलाली : सेती प्रादेशिक अस्पतालकाे ८४ औं बार्षिकोत्सव समारोह उद्घघाटन भएको छ । एक कार्यक्रमका विच सेती प्रादेशिक अस्पताल धनगढी कैलालीकाे ८४ औ वार्षिकोत्सव समारोहकाे उद्घघाटन भएको हाे । अस्पतालकाे वार्षिकोत्सव समारोहमा सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाह निर्मलकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपड साउद रहनु भएको थियाे । मन्त्री साउदले दिप प्रजलन बाल्दै ब्यानर बाचन गरेर वार्सिकउत्सवकाे उद्घघाटन गर्नुभएको हाे । सुदुरपश्चिमकाे सबैभन्दा ठुलाे प्रादेशिक अस्पताल १९९७ मा स्थापना भएको थियाे भने,२०४० मा जनरल अस्पतालमा २०६१ मा स्तोरुन्नती गरिएको थियाे । यस अस्पतालकाे २०७४ मा आएर सेती प्रादेशिक अस्पताल नामाकारण गरिएको हाे । अस्पताले अहिले २०० बेडको लक्ष्य राखेको छ । "हाम्रो सेती राम्रो सेती बनाउने सबैको साझा प्रतिब...
हावाहुरी झैँ चलिरहेको राजनैतिक प्रणाली

हावाहुरी झैँ चलिरहेको राजनैतिक प्रणाली

कैलाली, विचार, सुदूरपश्चिम
कैलाली: हेमन्त बहादुर शाह, देशको राजनिती बुझ्ने भएदेखि धेरै राजनितीक एवम् विकासका किताबहरु पढेँ र थुप्रै राजनितीक आन्दोलनहरु ,बिचार, गोष्ठी, जनप्रतिनिधी र नेताहरुका भावना, आलोचना, विकास सम्वन्धि विचारहरुका बिषयमा बुझेँ । तर राजनितिलाई यसरी बुझेँकी जब आँधी हुरी आउँछ, तब वातावरणमा रहेका स्थिर तथा अस्थिर कमजोर वस्तुहरुलाई जसरी तहस नहस पार्छ,त्यस्तै नेपालको राजनिति पनि कमजोर जनताहरुलाई लालचमा फसाएर होस्, फकाएर होस् खोक्रा आदर्श र ईतिहासका कुरा गरेर होस,समृद्धिका कुरा गर्नुको सट्टा तहसनहरु पारेर उडीरहेको महशुस ‍गरेँ । सानै देखि सामान्य परिवारमा हुर्केको हुनाले सबै कुराहरुलाई जति गहनरुपमा बुझ्दै गएँ ,त्यति कुरामा १० प्रतिशत मात्र देश र जनतामा हितकार छन् नेपालमा । जति राजनितिहरुलाई भेट्छु,त्यतिनै स्वार्थगत,पार्टिगत,खोक्रा नितिगत कुराहरु सुन्छु र बुझ्छु धेरै नेताहरुले मलाई आफ्नो पर्टिमा आकर्षि...
सुशासनका लागि प्रश्न

सुशासनका लागि प्रश्न

विचार
विश्व कुइँकेल सामान्यत: सुशासन भन्नासाथ भ्रष्टाचारमुक्त समाज भन्ने बुझिन्छ तथापि यो विधिको शासन, जवाफदेहिता, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणरुपी मुख्य पिलरहरुमा अडेको शासन प्रणाली हो । सुशासनका अन्य विशेषताहरुलाई कार्यकारण सम्वन्धमा जोड्ने हो भने प्रमुख प्रतिफलको रुपमा भ्रष्टाचार नियन्त्रण नै आउने हुँदा भ्रष्टाचारमुक्त समाजलाई यसको पर्याय मान्नु अन्यथा पनि होइन । सुशासनको विषय एक गम्भिर विषयको रुपमा हरेक मुद्दाहरुमा टास्सिएर आएको नै देखिन्छ र सबै अविकास र अवाञ्छित अवस्थाको लागि यसलाई जिम्मेवार ठानिन्छ । यसै सन्दर्भमा जब सुशासनको लागि आवाज उठाउने कुरा आउँछ, अधिकांशतः कुनै सार्वजनिक पदाधिकारीले कुनै प्रश्नको जवाफ नदिएको, सूचना लुकाएको, कानुनको अक्षरसः पालना नगरेको विषयभन्दा पनि बढी खास निर्णय लिंदा वा सार्वजनिक खरिद गर्दा घुस, रिसवत, कमिसन लिएको अनावश्यक खर्च गरेको, सार्वजनिक सम्पत्तिको...
सुदूरपश्चिम प्रदेशका सामाजिक मन्त्री साउँदद्वारा धनगढी स्थित आसरा सुधार गृह निरिक्षीण

सुदूरपश्चिम प्रदेशका सामाजिक मन्त्री साउँदद्वारा धनगढी स्थित आसरा सुधार गृह निरिक्षीण

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले धनगढी उपमहानगर पालिका वडा नं १४ फुलबारी स्थीत आसरा सुधार गृहको निरिक्षण गरेका छन् । शनिबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी भरत बोहरा र मन्त्री साउँदले सयुक्त रुपमा सुधार गृहको निरीक्षण गरेका हुन । सुधारगृह निरीक्षणको क्रममा मन्त्री झपट साउँदले प्रहरीले प्रशंसनिय कार्य गरेको बताए । उनले अहिले समाजमा लागु औषध सेवनकर्ता हरुबाट समस्या श्रृजना भएको भन्दै सुविधा सम्पन्न सुधार गृहले टेवा पुराउने बताए । साउँदले भने–यो काम राज्यको पनी हो, यसमा प्रदेश सरकारले तत्तकाल कस्तो सहयोग गर्न सक्छ, गर्छ, ।लागुपदार्थ सेवन बाट दुव्र्यसनमा फसेका व्यक्तिहरुको सुधारको लागि डिआईजी बोहराको सक्रियतामा उक्त सुधार गृहको निर्माण गरीएको हो । समाजमा लागुपदार्थ सेवन कर्ताहरुकै कारण विभिन्न अपराधिक गतिविधि हुने गरेकोले त्यसको निराकरण गर्...
बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

खेलकुद, बैतडी, सुदूरपश्चिम
हरिशचन्द्र भाटबैतडी : बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ। पुस २ गतेदेखि शुरू हुने प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रहेको डिलासैनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख महादेव भट्टले बताए । यस्तै द्वितीय पुरस्कार ३१ हजार र तृतीय हुने टोलीले १६ हजार पुरस्कार पाउने जनाइएको छ। डिलासैनी गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोशप्रकाश जोशीले जानकारी दिनुभयो। पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू हरिनगर खेलमैदानमा सञ्चालन हुने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए।प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडीहरू डिलाशैनी गाउँपालिका भित्रका स्थायी बासिन्दा मात्र हुनुपर्ने गाउपालिकाले जनाएको छ। टीम दर्ताको शुल्क ५ हजार रहेको र दर्ता समय मंसिर ३० देखि पुस १ गतेक...
भिरबाट लडेर बझाङ बुङ्गलमा एक महिलाको मृत्यु

भिरबाट लडेर बझाङ बुङ्गलमा एक महिलाको मृत्यु

बझाङ, मुख्य समाचार
बिरेन्द्र बाग बझाङ :बझाङ बुङ्गल नगरपालिका वडा न १० डौड बरम बस्ने गोरख बागकी धर्मपत्नी अन्दाजी २३ बर्षिय सीता बागको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । शनिबार बिहान करिब ९ बजे घर नजिकै बरमधार घाँस काट्ने क्रममा भिरबाट करिव २० मिटर तल खस्नु भएको थियो। उपचारका लागि धनगढी लैजादै गर्दा बझाङ र बैतडीको सिमाना नजिकै उहाँको मृत्यु भएको छ । उहाँको ३ बर्षिय ममता र ५ महिने प्रतीक्षा दुईवटा छोरी छन् । ग्रामीण भेगमा दिन प्रतिदिन भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या बड्दो रहेछ ।...
शनिबार बिहानैदेखि बन्द छ कञ्चनपुर

शनिबार बिहानैदेखि बन्द छ कञ्चनपुर

कन्चनपुर, मुख्य समाचार
बिरेन्द्र बाग महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगर बजार आज शनिबार बिहानैदेखि बन्द छ । राप्रपा कञ्चनपुरको आह्वानमा शुक्रबार दिउँसो महेन्द्रनगरमा आयोजित गणतन्त्रको विरोध सभा नाम दिइएको आन्दोलनमा सहभागी एक समूहले शहीद भीमदत्त पन्तको सालिकमा तोडफोड गरेको घटनामा संलग्न १८ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएपछि राप्रपा कञ्चनपुरले उनीहरूको निःशर्त रिहाइको माग गर्दै बजार बन्द गराएको हो । शनिबार बिहान एक समूहले बजारका सबै पसल व्यवसाय बन्द गराएको बताइएको छ । यसैबिच, कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त उद्यानमा राखिएको किसान नेता शहीद भीमदत्त पन्तको सालिकमा अराजक समूहले तोडफोड गरेको घटनाको चौतर्फी विरोध भइरहेको छ ।...
समाचार प्रभाव- डिएसपीले गरे बन्दुक पड्काउन दिने असईलाई तुरुन्तै निलम्बन

समाचार प्रभाव- डिएसपीले गरे बन्दुक पड्काउन दिने असईलाई तुरुन्तै निलम्बन

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गत कार्तिक ६ गते बझाङको छबिसपाथिभेरा वार्ड नम्बर ३ पाटागाउँमा आफ्नो बन्दुक अरुलाई पड्काउन दिने असई पुस्कल चन्द निलम्बित भएका छन् । हिजो मंसिर ७ गते कामना टेलिभिजनमा ´प्रहरी ले बन्दुक दिए, पुर्व गाउँपालिका अध्यक्ष अक्कल धामिले बन्दुक पड्काए, डिएसपी मुकदर्शक` भन्ने शीर्षकको समाचार प्रशारण भएपश्चात् सो कुरामा जिल्लाका डिएसपी भरत शाहले चासो दिइएको हो । ´मलाई पहिला यो घटना थाहा थिएन थाहा भएको भए म उतिबेला नै निलम्बित गर्थेँ । अहिले थाहा भयो र निलम्बनका लागि पत्र पठाई उहाँ निलम्बन हुनुभएको छ । ` डिएसपी शाह ले कामना टेलिभिजन संग भन्नुभयो । बन्दुक पड्काउन दिएका असई चन्द निलम्बित भएपनी बन्दुक पड्काउने पुर्व गाउँपालिका अध्यक्ष अक्कल धामिलाई भने हालसम्म कुनै कार्वाही भएको छैन । प्रदेशमा पत्र पठाएको र एसपी को कमाण्डमा अनुसन्धान सदस्य गठन भइसकेपछि उहाँलाई पनि कानुन अनुसार कार्वाही हुने कुरा ड...
बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढ्यो, धरमघर विजयपुर सडक खण्ड भने ठप्प

बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढ्यो, धरमघर विजयपुर सडक खण्ड भने ठप्प

बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
हरिशचन्द्र भाट बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढेको छ । पूर्वाधार कार्यालयबाट निर्माण हुन लागेको उक्त सडकमा प्रदेश सरकारबाट ३० लाख बजेट आएको थियो ।गाउँपालिकाको केन्द्रसम्म नै पु¥याउने उदेश्यका साथ अघि बढाइएको सडक यसअघि बिचमै रोकिएको थियो । पुनः प्रदेश सरकारले बजेट बिनियोजन गरेसँगै निर्माण कार्य अघि बढेको गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवँरले जानकारी दिए ।हिजो एक कार्यक्रमका बीच उद्घाटन पनि गरिएको थियो ।उक्त सडक निर्माण भएपछि वडा नं ५ को बोहोरीगाउँ, काक्स्याली, सिमार हुदै गाउँपालिकाको केन्द्रसम्म जोड्ने लक्ष्य राखिएको छ । हालकै बजेटले गाउँपालिकाको केन्द्रसम्म नपुगेपछि आगामी वर्षको बजेटले गाउँपालिकाको केन्द्रसम्म नै पुग्ने अध्यक्ष अम्मर बहादुर कुवँरले बताए । बभिन्न वडाबाट गाउँपालिकाको केन्द्रसम्म नै सडक निर्माण हुन लागेको छ । यस्तै...

धनगढीमा भिषण आगलागी 

समाचार
धनगढी धनगढीमा ठूलो आगलागी भएकाे छ।  शनिबार राती १ बजे धनगढी उपमहानगरपालिका १ मा  आगलागी भएकाे हाे।  धनगढी १ मा रहकाे सारथी अस्पताल नजिक दल बहादुर भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर(जुत्ताचप्पलको होलसेलको गोदाम)मा विद्युत तार सर्ट हुँदा आगलागी भएकाे जनाइएको छ।  तार सर्ट भई आगलागी हुँदा निम्न पसल तथा अस्पतालमा क्षति भएकाे छ।  १) दल ब.भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल  गोदाम)  २) टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप(बेवी सपको गोदाम) ३) बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर(ब्याग हाउस)  ४) जगत बहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम) ५) यसोदा साउदले संचालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी(कपडा,जुत्ता,व्यागको गोदाम) ६) गौरी भण्डा...
स्वर्गिय मञ्जु रावलका बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागी लम्किचुहाले गर्यो आर्थिक सहयोग

स्वर्गिय मञ्जु रावलका बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागी लम्किचुहाले गर्यो आर्थिक सहयोग

कैलाली, मुख्य समाचार, समाचार
सम्पत्तिका लागि विभत्स हत्या गरिएकी लम्कीचुहा नगरपालिका वडा नम्बर ०४ कि स्वर्गीय मन्जु रावलका बालबालिकालाई उच्च शिक्षा अध्ययन लागि लम्कीचुहा नगरपालिका की नगर प्रमुख सुशिला शाहीले आज १ लाख ५० हजारको चेक हस्तान्तरण गर्नु भएको हो। साथै उहाँले यो आर्थिक सहयाेगले बालबालिकाको शिक्षामा राहत पुर्याउने बताउनु भयो।...

कैलालीमा जीप दुर्घटना: चार जना घाइते

समाचार
धनगढी: कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ की ५० वर्षीया सरिता बुढा, बडिकेदार गाउँपालिका–३ का ३३ वर्षीय मनिस रोक्का, मोहन्याल गाउँपालिका–४ की ३३ वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन्। चालक २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।  ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज