
धनगढी धनगढीमा ठूलो आगलागी भएकाे छ।
शनिबार राती १ बजे धनगढी उपमहानगरपालिका १ मा आगलागी भएकाे हाे।
धनगढी १ मा रहकाे सारथी अस्पताल नजिक दल बहादुर भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर(जुत्ताचप्पलको होलसेलको गोदाम)मा विद्युत तार सर्ट हुँदा आगलागी भएकाे जनाइएको छ।
तार सर्ट भई आगलागी हुँदा निम्न पसल तथा अस्पतालमा क्षति भएकाे छ।
१) दल ब.भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम)
२) टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप(बेवी सपको गोदाम)
३) बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर(ब्याग हाउस)
४) जगत बहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम)
५) यसोदा साउदले संचालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी(कपडा,जुत्ता,व्यागको गोदाम)
६) गौरी भण्डारीले संचालन गरेको भण्डारी सु –सेन्टर(जुत्ता चप्पलको गोदाम)
७) सारथी अस्पताल कैलाली
८) जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस)
आगलागी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयबाट ४० जनाकाे टाेली , तेघरी व्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमाण्डमा २६ जना, शसस्त्र प्रहरी वल ३४ नम्बर गण हेडक्वाटर कैलाली नैनादेवीबाट खेमराज ठकुल्लाको कमाण्डमा ३० जनाको टोली परिचालन गरिएको थियाे।
नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाका २ वटा, गोदावरीकाे १, पुनर्वासकाे १ गरी ४ वटा दमकलले आगाे निभाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
आगलागीबाट भएकाे क्षतिकाे विवरण आउँन बाँकी रहेकाे र मानविय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ।