कैलाली : सेती प्रादेशिक अस्पतालकाे ८४ औं बार्षिकोत्सव समारोह उद्घघाटन भएको छ ।
एक कार्यक्रमका विच सेती प्रादेशिक अस्पताल धनगढी कैलालीकाे ८४ औ वार्षिकोत्सव समारोहकाे उद्घघाटन भएको हाे । अस्पतालकाे वार्षिकोत्सव समारोहमा सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाह निर्मलकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपड साउद रहनु भएको थियाे ।

मन्त्री साउदले दिप प्रजलन बाल्दै ब्यानर बाचन गरेर वार्सिकउत्सवकाे उद्घघाटन गर्नुभएको हाे । सुदुरपश्चिमकाे सबैभन्दा ठुलाे प्रादेशिक अस्पताल १९९७ मा स्थापना भएको थियाे भने,२०४० मा जनरल अस्पतालमा २०६१ मा स्तोरुन्नती गरिएको थियाे ।
यस अस्पतालकाे २०७४ मा आएर सेती प्रादेशिक अस्पताल नामाकारण गरिएको हाे । अस्पताले अहिले २०० बेडको लक्ष्य राखेको छ । “हाम्रो सेती राम्रो सेती बनाउने सबैको साझा प्रतिबद्धता भन्ने मुल नाराका साथ आज मन्त्री साउदले कार्यक्रमकाे उद्घघाटन गर्नु भएको थियाे ।

गुणस्तरय स्वास्थ्य सेवामा जनताको पहुँच आधारभूत आवश्यकता”र अहिले सरकारकाे स्वास्थ्यमा पहिलो प्रतिवद्दता राखेकाे सामाजिक विकास मन्त्री झपड साउदकाे भनाइ छ । बार्सिक उत्सव कार्यक्रममा बाेल्दै अध्यक्ष नरबहादुर शाह निर्मलले भने,सेतीकाे मुहार परिवर्तन भएको र स्वास्थ्य सेवा सहजै लिन सकिने ठुला ठुला अप्रेसन लगायतका केसहरु पनि सहजै निमिटेन्न पार्ने डाक्टरहरु रहेकाेले कसैले चिन्ता नलिनु पर्ने बताउनु भयाे ।
पछिल्लो समय सेती अस्पतालकाे मुहार फेरिदै गएकाे छ भने अहिलेकाे सरकारले स्वास्थ्यमा लगानी गर्दै स्वास्थ्य सुधारकाे मुल नारालाई प्राथमिकता राखेकाे छ । काम गर्नेलाई सम्मान र काम नगर्ने कर्मचारी लाई कार्वाही अगाडि बढाएको छ भने स्वास्थ्यमा ठुलाे लगानी गरेको छ।
