शासक होइन, सेवक बनेर सेवा गर्न चाहन्छु- एमाले उम्मेदवार दिपक साउँद
अछाम- अछाम क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार दिपक साउँदले आफू जनताको शासक होइन, सेवक भएर काम गर्न चाहेको बताएका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचार- प्रसार अन्तर्गत सञ्चालन भइरहेको घरदैलो कार्यक्रमका क्रममा सोकटमा यस्तो धारणा व्यक्त गरेका हुन्।
चौरपाटी गाउँपालिका सोकट गगुडामा आयोजित मतदाता भेटघाट तथा कोणसभामा बोल्दै साउँदले विगतका बारम्बार चुनाव जितेर गएकाहरु सेवम नभई शासक बनेको आरोप लगाए । अब म जनताको सेवक भएर काम गर्न चाहन्छु उनले भने नेता जनसेवक हुनुपर्छ, जनशासक होइन।
उनले जनताको आवाज संसदसम्म पुर्याउने, स्थानीय समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने, तथा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता जनाए।
साउँदले अछाम जिल्लामा अझै पनि आधारभूत सेवा, सडक सञ्जाल, खानेपानी, रोजगारी र गुण...



