शनिबार तमैल बजारमा अनुगमन, ७ हजार ५ सय रुपैयाँ बराबरका म्याद नाघेका सामान नष्ट
बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले शनिबार जयपृथ्वी नगरपालिका अन्तर्गतको तमैल बजारमा बजार अनुगमन गरेको छ । कार्यालय प्रमुख मान बहादुर धामीको नेतृत्वमा सम्पन्न अनुगमनका क्रममा बजार क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न पसल तथा व्यवसायहरूको अवस्था निरीक्षण गरिएको हो ।
अनुगमनका क्रममा पेय पदार्थ, भुजाका प्याकेट, मसला, नमकिन, टाउकोमा लगाउने तेल, पाउडर लगायतका सामग्रीहरू म्याद नाघेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । म्याद नाघेका ती सामग्रीहरूको बजार मूल्य करिब ७ हजार ५ सय रुपैयाँ बराबर रहेको र अनुगमन टोली घरेलु कार्यालयका कर्मचारी, जिल्ला प्रशासनका प्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारको रोहबरमा ती सबै सामग्री जलाई नष्ट गरिएको छ ।
यसका साथै व्यवसाय दर्ता, नवीकरण, मूल्यसूची राखिएको अवस्था तथा उपभोक्ता हितसँग सम्बन्धित कानुनी मापदण्डको पालना भए–नभएको विषयमा पनि जाँच गरिएको थियो । केही...





