Advertisement

जन्मदिनको अवसरमा प्रिन्सिपल खत्रीद्वारा अनाथ बालबालिकालाई न्यानो कपडा तथा खाद्यान्न वितरण

Advertisement

बझाङ । आफ्नो जन्मदिनलाई समाजसेवामार्फत अर्थपूर्ण बनाउन सुदूरपश्चिमाञ्चल विद्या सदन, चैनपुर बझाङकी प्रिन्सिपल सरस्वती खत्रीले सत्यवादी माध्यमिक विद्यालय, भोपुरस्थित अनाथ बालबालिका आवासगृह पुगेकी छन् । जन्मोत्सवको अवसर पार्दै उहाँले आवासगृहमा बसोबास गर्दै आएका २० जना बालकहरूलाई न्यानो कपडा, खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक सामग्रीहरू वितरण गर्नुभएको हो ।

प्रिन्सिपल खत्रीले सामग्री वितरणपछि बालबालिकासँग समय बिताउँदै उनीहरूको शैक्षिक अवस्था, दैनिकी र आवश्यकताबारे पनि जानकारी लिइन् । बालबालिकासँग प्रत्यक्ष भेटघाट र संवादले उनीहरूमा उत्साह र आत्मविश्वास बढेको आवासगृहका प्रतिनिधिहरूले बताएका छन् ।

स्थानीय अभिभावक, विद्यालयका शिक्षक तथा सरोकारवालाहरूले प्रिन्सिपल खत्रीको मानवीय कदमको प्रशंसा गर्दै जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई समाज उपयोगी कार्यमा रुपान्तरण गर्नु प्रेरणादायी रहेको टिप्पणी गरेका छन् ।

सोही क्रममा प्रिन्सिपल सरस्वती खत्रीले भनिन् जन्मदिन केवल व्यक्तिगत खुसीको दिन मात्र होइन समाजका लागि केही गर्ने अवसर पनि हो । अनाथ बालबालिकासँग समय बिताएर खुसी बाँड्न पाउँदा आफू अत्यन्त खुशी भएकी छु । भविष्यमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उहाँको समाजसेवी भावनाले बालबालिकाको दैनिकीमा सकारात्मक ऊर्जा थपेको बताउँदै आवासगृहका सञ्चालकहरूले पनि धन्यवाद व्यक्त गरेका छन् ।

सम्पूर्ण अनाथ बालबालिकाको तर्फबाट प्रिन्सिपल खत्रीलाई जन्मदिनको हार्दिक शुभकामना दिँदै सुस्वास्थ्य, दीर्घायु र आगामी दिनमा अझ उचाइ हासिल गर्न शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज