जन्मदिनको अवसरमा प्रिन्सिपल खत्रीद्वारा अनाथ बालबालिकालाई न्यानो कपडा तथा खाद्यान्न वितरण
बझाङ । आफ्नो जन्मदिनलाई समाजसेवामार्फत अर्थपूर्ण बनाउन सुदूरपश्चिमाञ्चल विद्या सदन, चैनपुर बझाङकी प्रिन्सिपल सरस्वती खत्रीले सत्यवादी माध्यमिक विद्यालय, भोपुरस्थित अनाथ बालबालिका आवासगृह पुगेकी छन् । जन्मोत्सवको अवसर पार्दै उहाँले आवासगृहमा बसोबास गर्दै आएका २० जना बालकहरूलाई न्यानो कपडा, खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक सामग्रीहरू वितरण गर्नुभएको हो ।
प्रिन्सिपल खत्रीले सामग्री वितरणपछि बालबालिकासँग समय बिताउँदै उनीहरूको शैक्षिक अवस्था, दैनिकी र आवश्यकताबारे पनि जानकारी लिइन् । बालबालिकासँग प्रत्यक्ष भेटघाट र संवादले उनीहरूमा उत्साह र आत्मविश्वास बढेको आवासगृहका प्रतिनिधिहरूले बताएका छन् ।
स्थानीय अभिभावक, विद्यालयका शिक्षक तथा सरोकारवालाहरूले प्रिन्सिपल खत्रीको मानवीय कदमको प्रशंसा गर्दै जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई समाज उपयोगी कार्यमा रुपान्तरण गर्नु प्रेरणादायी रहेको टिप्...



