निड्स नेपालद्वारा दुर्गाथली गाउँपालिकामा बालबालिकालाई आर्थिक सहयोग
बझाङ । बझाङको दुर्गाथली गाउँपालिकाका सीमान्तकृत बालबालिकाहरुलाई निड्स नेपालद्वारा आर्थिक सहयोग गरिएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।
दुर्गाथली गाउँपालिकाको टिमले पालिकाका सबै वडाबाट छनौट गरेर १५ जना विपन्न तथा असहाय बालबालिकाहरुलाई नगद प्रदान गरिएको बताइएको छ ।
त्यस्तै, निड्स नेपालका लक्ष्मण चलाउनेले आमाबुबा गुमाएका , अपाङ्गता भएका बालबालिका ,जोखिममा परेका बालबालिका लाई प्रत्येक वडा बाट दुइ वा तिन जनाका दरले नगद दिएको जानकारी दिए । उनले बाल सञ्जालका बालबालिकालाई बालबालिकाका हक र अधिकार समन्धी जानकारी साथै समुदाय क्षेत्रमा हुने छुवाछुत भेदभाव तथा कुप्रथालाई यो बाल क्लबले शसक्त रुपमा समुदायमा परिचालन हुने बताए ।
साथै बाल सञ्जालको कोर टिमलाई २०८२ को व...




