Advertisement

वित्थडचिर गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा कृषकमुखी विकासीय काम : सयौं कृषकलाई वर्षेनी फलफूलका बिरुवा वितरण

Advertisement

बझाङ, — बझाङको वित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी मल्लको नेतृत्वमा वडा नम्बर ५ र ९ का कृषकहरुलाई लक्षित गर्दै ठूलो परिमाणमा वर्षेनी फलफूलका बिरुवा वितरण गरिएको छ । हिजो शनिबार सम्पन्न कार्यक्रममा तल्लाभताँडा, धामीगाउँ र वसैल टोलका कृषकहरुलाई विभिन्न जातका फलफूलका बिरुवा हस्तान्तरण गरिएको हो ।

 

गाउँपालिकाको कृषि विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममा उपाध्यक्ष मल्लसँगै वडा अध्यक्ष, सदस्य, कृषि शाखाका प्राविधिक र स्थानीय जनप्रतिनिधिहरु सक्रिय रूपमा सहभागी थिए । वितरण कार्यक्रममा कृषकहरुलाई अनार, अम्बा लगायतका वर्षेनी फलफूलका बिरुवा उपलब्ध गराइएको थियो । उपाध्यक्ष मल्लले कार्यक्रममा भनिन्, हाम्रो गाउँपालिकामा उत्पादनशील र दीर्घकालीन लाभ दिने योजनाहरुलाई प्राथमिकतामा राखेका छौं । वर्षेनी फलफूलका बिरुवा वितरण गर्नुको उद्देश्य कृषकहरूको आय आर्जन बढाउनु, पर्यावरण संरक्षण गर्नु र बजारमा स्थानीय उत्पादनको आपूर्ति वृद्धि गर्नु हो । हामी कृषकहरूलाई आवश्यक प्राविधिक तालिम, मल–बिउको व्यवस्था तथा रोग–कीरा नियन्त्रणका उपायहरू पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्छौं ।

 

वडा नं. ५ र ९ का कृषकहरूले यो पहललाई उत्साहका साथ स्वागत गरेका छन् । स्थानीयवासीहरूले जनप्रतिनिधिहरूको सक्रियता र समर्पणको प्रशंसा गर्दै जनताका आवाज र आवश्यकता अनुसार काम भइराखेकोमा खुशी व्यक्त गरेका छन् । गाउँपालिकाकी उपाध्यक्ष मल्लले आगामी दिनमा पनि यस्तै विकासीय कार्यक्रमहरू सञ्चालन गरिने र कृषकहरूको समृद्धिका लागि निरन्तर पहल गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज