Advertisement

Day: २०८२ श्रावण २५, आईतवार १४:२१

वित्थडचिर गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा कृषकमुखी विकासीय काम : सयौं कृषकलाई वर्षेनी फलफूलका बिरुवा वितरण

वित्थडचिर गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा कृषकमुखी विकासीय काम : सयौं कृषकलाई वर्षेनी फलफूलका बिरुवा वितरण

Breaking News 2, बझाङ, रोजगार, समाचार
बझाङ, — बझाङको वित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी मल्लको नेतृत्वमा वडा नम्बर ५ र ९ का कृषकहरुलाई लक्षित गर्दै ठूलो परिमाणमा वर्षेनी फलफूलका बिरुवा वितरण गरिएको छ । हिजो शनिबार सम्पन्न कार्यक्रममा तल्लाभताँडा, धामीगाउँ र वसैल टोलका कृषकहरुलाई विभिन्न जातका फलफूलका बिरुवा हस्तान्तरण गरिएको हो ।   गाउँपालिकाको कृषि विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममा उपाध्यक्ष मल्लसँगै वडा अध्यक्ष, सदस्य, कृषि शाखाका प्राविधिक र स्थानीय जनप्रतिनिधिहरु सक्रिय रूपमा सहभागी थिए । वितरण कार्यक्रममा कृषकहरुलाई अनार, अम्बा लगायतका वर्षेनी फलफूलका बिरुवा उपलब्ध गराइएको थियो । उपाध्यक्ष मल्लले कार्यक्रममा भनिन्, हाम्रो गाउँपालिकामा उत्पादनशील र दीर्घकालीन लाभ दिने योजनाहरुलाई प्राथमिकतामा राखेका छौं । वर्षेनी फलफूलका बिरुवा वितरण गर्नुको उद्देश्य कृषकहरूको आय आर्जन बढाउनु, पर्याव...
कैलाली कारागार घटना : ‘भीड व्यवस्थापन र सुधार अब अनिवार्य’ – केदारस्यूँ गाउँपालिका अध्यक्ष बोहरा

कैलाली कारागार घटना : ‘भीड व्यवस्थापन र सुधार अब अनिवार्य’ – केदारस्यूँ गाउँपालिका अध्यक्ष बोहरा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली कारागारमा शुक्रबार मध्यराति कैदीबन्दी बिच हिंसात्मक झडप भयो ।दुई पक्षबीच भएको झडपका क्रममा ढुंगामुडासंगै जिमका लागि राखिएका सामाग्री हानाहान भएको थियो । उक्त हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको ज्यान गयो, भने अन्य ४७ जना घाइते छन् । यहीँ हिंसात्मक घटना ‘अत्यन्त दुःखद’ भएको बताउँदै बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले यस्ता घटनाबाट तत्काल पाठ सिक्नुपर्नेमा जोड दिएका छन्। उनले समयमै योजनाबद्ध रूपमा कारागार व्यवस्थापन गर्न नसके, यस्ता घटना कैलाली मात्र नभई देशका अन्य धेरै कारागारमा पनि दोहोरिन सक्ने सम्भावना रहेको बताए । अध्यक्ष बोहराले अत्यधिक भीडभाड र कैदी संख्या क्षमता भन्दा बढी नाघ्नु यस घटनाको प्रमुख कारण हुनसक्ने समेत बताए। उनले यसलाई केवल एक पक्षको गल्ती नभई कारागार प्रशासन, सुरक्षाकर्मी र कैदीहरूकै कमजोरीको सं...
आज गाईजात्रा पर्व

आज गाईजात्रा पर्व

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदाय आज गाईजात्रा पर्व मनाइरहेका छन्। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने यो पर्व मृत आत्माको सम्झना, शान्ति र सामाजिक चेतना जगाउने अवसरका रूपमा मनाइन्छ। ऐतिहासिक कथनअनुसार, पुत्र वियोगमा शोकाकुल भएकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले जनतालाई एक वर्षभित्र दिवंगत भएका आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि, रानीको मन शान्त पार्न व्यङ्ग्यात्मक कार्यक्रमसमेत गर्न आदेश दिइएपछि, यो पर्व धार्मिक मात्र नभई सामाजिक व्यङ्ग्यको माध्यमका रूपमा पनि विकसित भयो। पाटनमा देखाइने सत्य युगको धान र चामलको नमूना, काठमाडौँको ठमेलमा प्रदर्शित स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक आज विशेष आकर्षणको रूपमा मानिन्छन्। भक्तपुरमा गाईजात्राका दिन परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई सोही दिन विसर्जन गर्ने प...
आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान

आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित देशका अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। आज राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज