Advertisement

धनगढीको मा लागुऔषधसहित एक पक्राउ, प्रहरी निरीक्षक योगेश खत्रीको टोलीको सक्रियता

Advertisement

धनगढी, कैलाली — धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एकजनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका–२ का ४० वर्षीय मिन बहादुर बमलाई नियन्त्रणमा लिएको हो। शंका लागि चेकजाँच गर्दा बमको डेराबाट ८ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ फेला पारिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यमा गरिएको उक्त अपरेसन सफल भएको बताउँदै प्रहरी निरीक्षक खत्रीले भने, “हामी निरन्तर निगरानीमा छौं। स्थानीय समुदायको सहयोगले यस्ता घटनामा संलग्न व्यक्तिहरू पक्राउ गर्न सहज भएको छ।”

उनले थपे, “लागुऔषध अलिकति मात्र समातिएको भन्दै जनमानसमा भएको गलत बुझाइ हटाउन जरुरी छ। यदि थोरै मात्राले पनि ५० देखि १०० जनासम्मको सेवन रोक्न सकिन्छ भने, त्यो समाजमा हुने ठूला घटनाहरू घटाउने उपाय हो।”

स्थानीयवासीहरूका अनुसार, निरीक्षक खत्रीले वडा इञ्चार्जको जिम्मेवारी सम्हालेयता यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई बारम्बार पक्राउ गरिएकाले पछिल्लो समय लागुऔषधसम्बन्धी घटनाहरूमा गिरावट आएको छ।

प्रहरी स्रोतका अनुसार, सुदूरपश्चिम प्रदेशमा लागुऔषध कारोबार नियन्त्रण गर्न लागुऔषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालयबीच समन्वय गर्दै कडा निगरानी र कारबाही अभियान तीव्र बनाइएको छ।

हाल पक्राउ परेका मिन बहादुर बममाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज