साइपालमा टेलिकम सेवा चार दिनदेखि ठप्प, स्थानीयको केन्द्रीय कार्यालयलाई गुनासो
बझाङ- बझाङको विकट साइपाल गाउँपालिकामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल सेवा पूर्ण रूपमा बन्द हुँदा जनजीवन प्रभावित भएको छ। चट्याङ, हावाहुरी र असिना पानीका कारण टावर बिग्रिएपछि सञ्चार अवरुद्ध भएको हो।
स्थानीयहरूले सेवा विस्तार र सुधारको माग गर्दै टेलिकमको केन्द्रीय कार्यालय, काठमाडौंमा हस्ताक्षरसहितको पत्र पठाएका छन्। उनीहरूले २ जी मात्र उपलब्ध हुँदा इन्टरनेट कमजोर भएको, कतिपय ठाउँमा सेवा नै नपुग्ने गुनासो गरेका छन्।
४ जी नेटवर्क विस्तार, सेवा गुणस्तर सुधार र नेटवर्क क्षमता वृद्धि गरिनुपर्ने माग गरिएको छ। गाउँपालिका अध्यक्ष मानवीर बोहराले मष्टाको रिलुमा रहेको टावर बिग्रिएको र छिटो मर्मत गर्न टेलिकमलाई आग्रह गरिएको जानकारी दिए।...







