Advertisement

Day: २०८१ चैत्र २९, शुक्रबार ०८:०३

बझाङको छडिभेल झरना आन्तरिक पर्यटकको आकर्षणमा

बझाङको छडिभेल झरना आन्तरिक पर्यटकको आकर्षणमा

Breaking News 2, ताजा अपडेट, पर्यटन, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिका–८ बिस्खेतस्थित छडिभेल झरना पछिल्लो समय आन्तरिक पर्यटकको लोकप्रिय गन्तव्य बन्दै गएको छ। छडिभवानी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको यो झरना क्षेत्रमा बझाङका विभिन्न स्थानबाट मानिसहरू आउने गरेका छन्। पर्यटकहरू झरनामा नुहाउने, फोटो र भिडियो खिच्ने, वनभोज गर्ने लगायतका गतिविधिमा रमाउने गरेका छन्। गर्मीयाममा थलारा, केदारस्यु, दुर्गाथली लगायतका पालिकाबाट दैनिक १०–२० जना पर्यटक पुग्ने गरेको स्थानीय यज्ञराज जोशीले बताए। थलारा–८ घट्टेखेत निवासी लक्ष्मीराज जोशीका अनुसार पछिल्लो समय टाढाटाढाबाट पनि जिप र मोटरसाइकल चढेर पर्यटक आउने गरेका छन्। गाउँपालिकाको सक्रियतामा पानीको धारा, मन्दिर, प्रतिक्षालय, भिउ टावर, वनभोजका संरचना निर्माण भएपछि पर्यटकको आकर्षण बढेको हो। वडा अध्यक्ष टिकाराज जोशीले छडिभेल झरना उत्कृष्ट गन्तव्य बन्दै गएको बताउँदै शनिबार...
आईपीएलमा दिल्ली क्यापिटल्सको शानदार जीत, बेङ्गलुरु ६ विकेटले पराजित

आईपीएलमा दिल्ली क्यापिटल्सको शानदार जीत, बेङ्गलुरु ६ विकेटले पराजित

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले घरेलु टोली रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई ६ विकेटले पराजित गरेको छ। बेङ्गलुरुले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा चार विकेट गुमाउँदै १६९ रन बनाएर पूरा गर्‍यो। दिल्लीका केएल राहुलले अविजित ९३ रनको शानदार पारी खेले भने ट्रिस्टन स्टब्सले अविजित ३८ रनको योगदान दिए। बेङ्गलुरुका भुवनेश्वर कुमारले दुई विकेट लिए। त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलुरुले ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए। दिल्लीका विपराज निगम र कुलदीप यादवले समान २–२ विकेट लिए। यो जितसँगै दिल्ली लगातार चार खेल जित्दै ८ अंकका साथ दोस्रो स्थानमा पुगेको छ। समान ८ अंकसहित रनरेटको आधारमा गुजरात टाइटन्स शीर्ष स्थानमा छ। पाँच खेल खेलेको बेङ्गलुरु...
अछामको आगलागी प्रभावित क्षेत्रको मन्त्री खड्काद्वारा स्थलगत निरीक्षण

अछामको आगलागी प्रभावित क्षेत्रको मन्त्री खड्काद्वारा स्थलगत निरीक्षण

Breaking News 2, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको बान्नीगढी जयगढमा आगलागीबाट नष्ट भएको क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्थलगत निरीक्षण गरेका छन्। धनगढीबाट गएको टोलीमा आन्तरिक मामिला मन्त्री हिरा सार्कीसमेत सहभागी थिए। मन्त्री खड्काले जलेका घर र पसलहरूको विवरण संकलन गर्नुका साथै पीडितहरूसँग भेटघाट गरेका थिए। बुधबार बिहान मन्त्रिपरिषद् बैठक सकेर उनी अछाम आएका हुन्। गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद र प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले क्षतिको जानकारी दिएका थिए। मङ्गलबार साँझ भएको आगलागीबाट २३ घरभित्र रहेका ३५ पसल जलेर नष्ट हुँदा आठ करोडभन्दा बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ। तत्काल राहत व्यवस्थापन गरिए पनि दीर्घकालीन पुनःस्थापनाका लागि समन्वय भइरहेको छ। अध्यक्ष साउँदले आगो नियन्त्रणमा सघाउने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, मङ्गलसेन नगरपालिकाको दमकल र स्थानीयवासीलाई धन्य...
माया मेट्रो अस्पतालद्वारा अछामको आगलागी पीडितलाई १ लाख ५१ हजार रुपैयाँ राहत सहयोग

माया मेट्रो अस्पतालद्वारा अछामको आगलागी पीडितलाई १ लाख ५१ हजार रुपैयाँ राहत सहयोग

Breaking News 1, अछाम, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा हालै भएको आगलागी पीडितलाई १ लाख ५१ हजार रुपैयाँ राहतस्वरूप सहयोग गरेको छ। उक्त रकम अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। आगलागीका कारण पीडित परिवारले भोग्नुपरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साउँदले पुनःस्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, "मेरो पनि घर अछाममै हो, आफ्नो गृहजिल्लामा यस्तो विपत्ति आइपर्दा चुप लाग्न सकिँदैन। अहिलेको लागि अस्पतालको तर्फबाट राहत रकम प्रदान गरेका छौं, र आगामी दिनमा पीडितको स्वास्थ्य उपचार लगायतका विषयमा पनि सक्दो सहयोग गर्नेछौं।"...
आज देशका विभिन्न स्थानमा हल्का वर्षा, भोलि पनि पानी पर्ने सम्भावना

आज देशका विभिन्न स्थानमा हल्का वर्षा, भोलि पनि पानी पर्ने सम्भावना

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– देशका केही स्थानहरूमा अहिले पनि हल्का वर्षा भइरहेको छ। उदयपुर, गुल्मी, जुम्ला, कैलाली, बाँके लगायतका जिल्लाहरूमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका अन्य भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा ठूलो वर्षा हुनसक्ने पनि महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना पनि रहेको छ। हिजोदेखि देशका धेरै स्थानहरूमा वर्षा भएकोले तुवाँलो हटेको छ र वायु प्रदूषणमा सुधार आएको छ। यसका साथै, वन डढेलोमा लागेको आगो निभाइएको छ र किसानहरूलाई खेतबारी भिज्ने गरी पानी परेपछि खुशी भएका छन्। महाशाखाले भोलि पनि पानी पर्ने सम्भावना व्यक्त गरेको छ।...
कैलालीको टीकापुरमा ७ वर्षीया बालिकामाथि विद्यालयमै करणी

कैलालीको टीकापुरमा ७ वर्षीया बालिकामाथि विद्यालयमै करणी

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा ७ वर्षीया बालिकामाथि विद्यालयमै जबरजस्तीकरणी भएको छ । टीकापुर नगरपालिका–४ मा रहेको राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा ७ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको हो । बलिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराजा बुढाथोकीले बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोरलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीका आधारमा किशोरलाई ११ चैतमा पक्राउ गरिएको हो । घटना भने ६ चैतको भएको प्रहरीले जनाएको छ । बालिकाको यौनीबाट रगत बग्न थालेपछि उनीमाथि जबरजस्तीकरणी भएको खुलेको थियो । पीडित बालिकाका अभिभावकका अनुसार यौनीबाट रगत बगेपछि उपचारका लागि अस्पताल लगिएको थियो । चिकित्सकले चेकजाँचका क्रममा उनीमाथि बलात्कार ...
कैलालीको गेटा अस्पतालमा मुटु रोगको सेवा सुरु, विशेषज्ञ डा. अजय भट्टको नेतृत्वमा उपचार

कैलालीको गेटा अस्पतालमा मुटु रोगको सेवा सुरु, विशेषज्ञ डा. अजय भट्टको नेतृत्वमा उपचार

Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको गेटा अस्पतालमा अबदेखि मुटु रोगको उपचार सेवा पनि सुरु गरिएको छ। सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत रहेका मुटु रोग विशेषज्ञ डा. अजय भट्ट सरुवा भई गेटा अस्पताल आएपछि यो सेवा सुरु भएको हो। अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार, डा. भट्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पताल पठाएको हो। मंगलबारदेखि डा. भट्टले ओपिडी सेवा सुरु गरेका छन्। हाल अस्पतालमा दैनिकजसो १० जना जति मुटु सम्बन्धी बिरामी आउने गरेका छन्। डा. भट्टका अनुसार, अस्पतालमा अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियोग्राम (इको) मेसिन उपलब्ध छ, जसले परीक्षणलाई सहज बनाएको छ। “गंगालालमा प्रयोग हुने तहकै इको मेसिन यहाँ उपलब्ध छ,” डा. भट्टले बताए, “छिट्टै हल्टर र टिमिएटी परीक्षण सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।” त्यस्तै, निकट भविष्यमै क्याथ ल्याब सेवा सुर...
कैलालीमा बजेट अभावमा १५ शय्याको अस्पताल सञ्चालनमा समस्या

कैलालीमा बजेट अभावमा १५ शय्याको अस्पताल सञ्चालनमा समस्या

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरमा निर्माण भएको १५ शय्याको अस्पताल बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन। संघीय सरकारको नीति अनुसार भव्य भवन तयार भए पनि जनशक्ति, उपकरण र व्यवस्थापनका लागि आवश्यक बजेट नहुँदा अस्पताल सञ्चालनमा समस्या भएको हो। गाउँपालिकाका सूचना अधिकारी यगम कलेलका अनुसार, अस्पतालको संरचना निर्माण सम्पन्न भए पनि सञ्चालनका लागि बजेट नहुँदा चुनौती बढेको छ। नेपाल सरकारको नीति अनुसार सबै पालिकामा १५ शय्याको अस्पताल बनाउने योजनाअन्तर्गत २०७० असार २९ गते सम्झौता गरी निर्माण सुरु गरिएको थियो। १८ करोड ५२ लाख रुपैयाँ लागतमा रोयल कन्स्ट्रक्सन जेभीले अस्पताल भवन निर्माण गरेको हो। तर गाउँपालिकाले अझै तीन करोड चार लाख रुपैयाँ भुक्तानी गर्न नसकेको हुँदा निर्माण कम्पनीले अस्पताल हस्तान्तरण गरेको छैन। स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीका अनुसार, भवन तयार भइसक्दा पनि बजेटक...
चिसापानी–कुइने सडक निर्माणको मागमा युवकको पुलमाथि अनशन

चिसापानी–कुइने सडक निर्माणको मागमा युवकको पुलमाथि अनशन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीका एक युवकले चिसापानी–कुइने सडक निर्माणमा भइरहेको ढिलाइको विरोधमा चिसापानी पुलमै अनशन सुरु गरेका छन्। स्थानीय नेत्र भण्डारीले पुलमाथि सुतेर शान्तिपूर्ण अनशन थालेका हुन्। सडक निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भए पनि अझैसम्म काम सुरु हुन सकेको छैन। मन्त्रिपरिषद्ले रुख कटानका लागि आवश्यक निर्णय गरिसके पनि वन विभागले आदेश नदिँदा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो। २०७९ साउन ३ गते सम्झौता भएको यो ७.२ किलोमिटर लामो सडक कालोपत्रे गर्ने काम दिव्यज्योती–शाही जेभीले १२ करोड ८० लाख रुपैयाँमा पाएको थियो। तर, सडक खण्डमा रहेका ४७२ वटा रुख हटाउने अनुमति नआउँदा निर्माण थालिएको छैन। साइट इन्जिनियर चित्र चौलागाईका अनुसार, वन विभागको अनुमति पाएलगत्तै काम सुरु गर्न सकिनेछ। अनशनकारी भण्डारीले भने, “सरकारको विकास निर्माणमा सघाउने उद्देश्यले अनशन थालेको हुँ। रुख कटानको आदेश आयो भन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज