धनगढी- कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा हालै भएको आगलागी पीडितलाई १ लाख ५१ हजार रुपैयाँ राहतस्वरूप सहयोग गरेको छ। उक्त रकम अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
आगलागीका कारण पीडित परिवारले भोग्नुपरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साउँदले पुनःस्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, “मेरो पनि घर अछाममै हो, आफ्नो गृहजिल्लामा यस्तो विपत्ति आइपर्दा चुप लाग्न सकिँदैन। अहिलेको लागि अस्पतालको तर्फबाट राहत रकम प्रदान गरेका छौं, र आगामी दिनमा पीडितको स्वास्थ्य उपचार लगायतका विषयमा पनि सक्दो सहयोग गर्नेछौं।”

