नेपाल अफगानिस्तानसँग १ रनले पराजित
काठमाडौं- नेपालले ३ खेलको युथ ओडीआई सिरिज अफगानिस्तानलाई सुम्पेको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा एक रनले पराजित भएसँगै नेपालले सिरिज अफगानिस्तानलाई सुम्पेको हो । पहिलो खेलमा नेपाल १३० रनले पराजित भएको थियो ।
दोस्रो खेलमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा १६७ रनमा समेटियो । नेपाललाई जितका लागि ३ बलमा ३ रन आवश्यक थियो । एक विकेट हातमा थियो । अन्तिम बल नो-बल भए पनि दर्श सोनार रनआउट हुँदा एक रनको नमीठो हार व्यहोर्नुपर्यो । सोनार ३१ बलमा २१ रन बनाएर आउट भए ।
नेपालका लागि ओपनर साहिल पटेलले ६४, अभिषेक तिवारीले २४, निरजकुमार यादवले १५ रन र कप्तान नरेन भट्टलृ १३ रन बनाए । बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले समान २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १६८ रनमा समेटिएको थियो...












