बझाङदीप क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियू र अखिल क्रान्तिकारीका साझा उम्मेदवार जैसी निर्वाचित
धनगढी- बझाङको केदारस्यूँ गाउँपालिका-९ झोतामा रहेको बझाङदीप क्याम्पसको स्ववियु सभापतिमा सुरेश राज जैसी निर्वाचित भएका छन् ।
आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचन मा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका साझा उम्मेदवार अनेरास्ववियूका जैसी सभापति पदमा १ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुका साझा उम्मेदवार नेविसंघका रोशन भण्डारीले १ सय ९ मत र विप्लव निकट अखिल समाजवादीका अक्कल धामीले ६३ मत प्राप्त गरे ।
त्यस्तै सचिवमा अनेरास्ववियूका विपिन रोकाया निर्वाचित भएका छन् । रोकाया नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार धनबहादुर धामी र अखिल समाजवादीका नवीन जेठारालाई पराजित गर्दै स्ववियु सचिवमा निर्वाचित भएका हुन् । निर...












