बझाङका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम
सत्यराज सिंह- बझाङ ।
बझाङको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम दिइने भएको छ । जिल्लामा सञ्चालित प्रगतिशिल युवा समाज, वल्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा र पालिकाको समन्वयमा १८ बर्ष मुनी तथा १२ बर्ष माथिका बालबालिकालाई आधारभुत आत्मरक्षा सिप तथा आधारभुत प्रशिक्षण तालिम दिइने भएको हो । प्रगतिशिल युवा समाज र वल्र्ड भिजनको साँझेदारीमा संचालित बाल संरक्षण परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।
सोमबार जयपृथ्वी नगरपालिका–६ मा रहेको भवानी माध्यामिक विद्यालय नौरामा कार्यक्रमको सुरुवात गर्दै संस्थाले बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनामा कमी आउन नसकेकाले त्यसमा कमि ल्याउन आधारभुत तालिमको आयोजना गरिएको बाल संरक्षण परियोजनाका अधिकृत विनोद थापाले बताए । उनले भने, ‘दिनदिनै जसो यस्ता घटना भइरहेको पाइन्छ ।
बलात्कार,...








