Advertisement

Day: २०८१ चैत्र ४, सोमबार २३:१३

संघर्षको सार्थकता

संघर्षको सार्थकता

ताजा अपडेट, विचार
दिपेन्द्र धामी- बझाङ । जिवनकाे दौरानमा लामो सास तान्छु, जीवनको युद्ध लड्ने सपना देखेर संघर्षरत संघर्षको मैदानमा उत्रिन्छु, सानो दुर्गम पहाडी गाउँमा जन्मिएकाले हाेला । बाल्यकाल साधारण तर सपनाहरू असाधारण थिए। मेरो परिवारले सधैं मेहनतको मूल्य बुझायो। बुवा-आमाको सपना थियो— राम्राे जागिरे भएको देख्ने यही प्रेरणाले मलाई अघि बढ्न सिकायो। विद्यालय जाँदा बिहानै खेतबारीका काम सक्थें, किताबको भारी बोकेर उकाली-ओराली पार गर्थें। पढाइमा रुचि थियो, तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले कहिलेकाहीं पढाइलाई दोस्रो स्थानमा राख्नुपर्थ्याे। तर जीवन सधैं सोचे जस्तै कहाँ हुन्छ र? म आफ्नो लक्ष्य पूरा गर्ने यात्रामा थिएँ। दिनरात पढ्थें, मेहनत गर्थें। लोकसेवाको तयारीमा थिएँ। तर एकदिन, एउटा अप्रत्याशित घटनाले मेरो जीवनलाई अन्धकारतर्फ धकेलिदियो। सोही दिन सामान्यजस्तै लागेको थियो। साथीहरूसँग काम विशेषले गाउँ...
बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ घर भएका एकजना महेन्द्रनगरबाट बेपत्ता भएका छन् । भारतबाट घर फर्किएका बुङ्गल नगरपालिकाका अन्दाजी ४२/४३ वर्षीय बीर बहादुर बोहरा महेन्द्रनगर बजारबाट वेपत्ता भएका हुन् । बोहरा फागुन २९ गते साँझ ७ बजेको समयमा महेन्द्रनगरको चमनचोकबाट बेपत्ता भएका उनका काका हरिलाल बोहराले कामना टुडेलाई जानकारी दिए । उनलेे भने मैले पनि चैत ३ गते मात्रै बेपत्ता भएको खबर पाएको हुँ , खोजी कार्य गर्दा अहिलेसम्म भेटिएको छैन । उनीसँगै साथमा भएकाहरू भने घर पुगिसकेका छन् , तर बोहरा अहिलेसम्म सम्पर्कमा नआउँदा परिवार चिन्तामा परेको छ । बोहराको घर परिवारले खोजी कार्य गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय निवेदन दिनुका साथै सबैलाई आग्रह समेत गरेको छ । बोहलाई भेटाएमा नजिक प्रहरीलाई जानकारी गर्न तथा ९८०९४७५७८० मा सम्पर्क गरीदिन अनुरोध गरिएको छ ।...
मुख्यमन्त्री शाहको प्रेस सल्लाहकारमा बम

मुख्यमन्त्री शाहको प्रेस सल्लाहकारमा बम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन्। मुख्यमन्त्री शाहले सोमबार उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। प्रेस युनियनको नेतासमेत रहेका बमले राजनीति र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गर्नुभएको छ। उनीँ २०६२ सालदेखि पत्रकारितामा आबद्ध छन्। विगतमा धनगढी पोस्ट, अनुमोदन दैनिक लगायतका सञ्चार माध्यममा काम गरेका बम पछिल्लो समय न्युज दैनिकमा कार्यरत छन् ।...
नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता र बुच मंगलबार पृथ्वीमा फर्कँदै

नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता र बुच मंगलबार पृथ्वीमा फर्कँदै

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा नौ महिनादेखि रहेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विलमोर बुच मंगलबार पृथ्वीमा फर्किंदै छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार उनीहरू स्पेसएक्स यानमार्फत अमेरिकी समयअनुसार साँझ ५:५७ बजे फ्लोरिडा तटमा अवतरण गर्नेछन्। शुरुआतमा आठ दिनका लागि मात्र अन्तरिक्ष मिसनमा गएका उनीहरू प्राविधिक समस्याका कारण झन्डै एक वर्ष आईएसएसमै बस्न बाध्य भएका थिए। उनीहरूले त्यहाँ रहँदा विभिन्न वैज्ञानिक अनुसन्धान तथा ‘स्पेस वाक’(अन्तरिक्षमा बाहिर निस्केर गरिने काम) समेत गरेका छन्।...
जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण

जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको सदरमुकाम चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ । संस्थाले सोमबार एक कार्यक्रम बिच थलारा गाउँपालिका–९ की मृतक संथाकी सदस्य पञ्चमला देवी जोशीको छोरा भागिरथ जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको ६ लाख २५ हजार रकम हस्तान्तरण गरेको हो । समाजमा लघुवित्त संस्थाका विषयमा गलत प्रचार भईरहेपनि वास्तवमा यस्ता संस्थाहरुले समुदाय स्तरमा धेरै सहुलियत पुर्याउँदै आएको संस्थाका शाखा प्रबन्धक सुमन रानाले बताए उक्त रकम हस्तान्तरण कार्यक्रममा वित्तीय क्षेत्रको सुधार ,वित्तीय अनुशासन , कर्जा सदुपयोग ,बचत को महत्त्व तथा आवश्यकता, प्रबिधी मैत्री पारदर्शी कारोबार ,कर्जा बिमाको महत्त्व र बैंकिङ प्रणाली जस्ता विभिन्न वित्तीय ज्ञानहरुको बारेमा जानकारी गराईएको थि...
सुदुरपश्चिमका झण्डै ५९ हजार विद्याथी (एसइई) मा सहभागी हुने

सुदुरपश्चिमका झण्डै ५९ हजार विद्याथी (एसइई) मा सहभागी हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- सुदुरपश्चिमका झण्डै ५९ हजार विद्याथी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनेभएका छन् । यहीँ चैत ७ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) मा प्रदेशभरका ५८ हजार ९ सय ४३ जना विद्यार्थी सहभागी हुनेभएका हुन् । शिक्षा विकास निर्देशनालयका अनुसार गत वर्ष ५५ हजार १० जनाले परीक्षा दिएका थिए भने यस वर्ष ५८ हजार ९ सय ४३ जना सहभागी हुने भएका छन्। प्रदेशभर परीक्षार्थीको सङ्ख्या वृद्धि भए पनि कैलालीमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । गत वर्ष १८ हजार ७ सय २० विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने यो वर्ष १९ हजार ८ सय ४८ जना विद्यार्थी परीक्षा दिने भएका छन् । त्यसै गरी, कञ्चनपुरमा पनि सोही अनुरूप वृद्धि भएको छ । अघिल्लो वर्ष १० हजार ३३५ जनाले परीक्षा दिएका थिए भने यो वर्ष परीक्षार्थीको सङ्ख्या ११ हजार ३०१ पुगेको छ। यसै गरी, बैतडी, अछाम, बझाङ, डोटी, दार्चुला, बा...
बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना गरेको लगायतका आरोप

बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना गरेको लगायतका आरोप

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको भोलि स्ववियु निर्वाचन हुने एक क्याम्पसमा तालाबन्दी गरिएको छ । जिल्लाको डिलासैनी गाउँपालिका- ६ गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको हो । क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ । फागुन १५ गते सम्म मात्रै विद्यार्थी भर्ना म्याद रहेको भए पनि क्याम्पसमा फागुन २५ गते सम्म विद्यार्थी भर्ना गरेको देखिएको स्ववियु अध्यक्षका उम्मेदवार रमेश मालले बताए । साथै क्याम्पस प्रशासनले वितरण गर्नुपर्ने परिचय पत्र पनि विद्यार्थी संगठनहरुले वितरण उनको भनाइ छ । अनेरास्ववियुले फागुन १५ गते पछि भर्ना गरिएका फर्जि विद्यार्थीको भर्ना रद्द गर्नुपर्ने र विद्यार्थी संगठन संग रहेका परिचय पत्र फिर्ता मागी क्याम्पस प्रशासनले नै विद्यार्थी दिनुभपर्ने माग गरेको छ। फर्ज...
नेपाल प्रहरीको ३१ औं आईजीपीमा थापा नियुक्त

नेपाल प्रहरीको ३१ औं आईजीपीमा थापा नियुक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपीमा नियुक्त भएका हुन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गरिएको जनाइएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै  आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका थिए । ...
युवा विहीन गाउँबस्ती

युवा विहीन गाउँबस्ती

ताजा अपडेट, विचार
सुशील ओखेडा- भारत। आज हाम्रा गाउँबस्ती युवाविहीन भएका छन् । त्यहाँ देखिएका दृश्यले नेपालको भविष्य कता जाँदै छ भन्ने दिशा निर्देश गर्दछ । युवालाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसरहरू, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता एवं अन्य विषयको खाँचो पर्छ। आवश्यकताका क्षेत्रमा युवालाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ। न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकालाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ। राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवालाई राज्यको मूलप्रवाहमा ल्याउने, समग्र क्षेत्रका नीतिहरूलाई युवामैत्री बनाइनु पर्छ । ...
राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न

राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, समाचार
धनगढी- राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला कार्यक्रममा सम्पन्न भएको छ । आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला कार्यक्रममा सम्पन्न भएको हो । दलित एकताका लागि गोलमेच सम्मेलन आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्मा प्रमुख अतिथि रहनुभएको थियोे । त्यस्तै विशिष्ट अतिथिमा गोलमेच सम्मेलनका प्रवक्ता अग्निसिखा,सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनार रहनुभएको थियोे । यस्तै कार्यक्रममा नेता, प्रतिनिधिहरू कर्मचारी, बुद्धिजीवी पत्रकारको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रमबाट कर्णाली प्रदेश स्तरीय समन्वय समिति गठन गरिएको छ । डम्बर नेपालीको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।...
गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटा बिमानस्थलबाट काठमाडौं जाँदै गरेका एकजना चरेशसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जान लागेका कञ्चनपुरको वेदकोट नगरपालिका-८ बस्ने २१ वर्षीय भुवन नाथ विमानस्थलमै पक्राउ परेका हुन् । नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
गेटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार एकजना घाइते

गेटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार एकजना घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ । अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडी आईतवार राती मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका-४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो । सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका-४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज