बझाङदीप क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच गठबन्धन, सभापतिमा भण्डारीको उम्मेदवारी
बझाङ- बझाङको झोतामा रहेको बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। । भण्डारीले आफ्नो उम्मेदवारीसँगै शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको हकहित संरक्षण, भौतिक पूर्वाधार विकास र रोजगारमूलक कार्यक्रमलाई आफ्नो प्रमुख एजेन्डा बनाएका हुन् ।
उनले क्याम्पसमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न योग्य प्राध्यापकको व्यवस्था, पुस्तकालय तथा प्रयोगशालाको विस्तार र डिजिटल शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, विद्यार्थीको हकहित संरक्षण गर्दै छात्रवृत्ति वितरणलाई पारदर्शी ब...











