Advertisement

‘भारतको महाराष्ट्रमा बुधवारको रेल दुर्घटनामा मारिनेमध्ये ४ जना नेपाली’

Advertisement

भारतको महाराष्ट्रमा बुधवार भएको एक दुर्घटनामा रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाएका १३ जना मध्ये चार जना नेपाली पनि रहेको अधिकारीहरूले बताएका छन्।

भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरूले उक्त दुर्घटनामा भएको नेपालीहरूको मानवीय क्षतिबारे आफूहरू जानकार रहेको र भारतीय पक्षसँग सम्पर्कमा रहेको जनाएका छन्।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर सञ्जिब शर्मा दासले बीबीसीसँग भने,”अहिलेसम्म मृतकहरूको सनाखत भइसकेको छैन। सनाखत भएपछि हामी थप जानकारी गराउँछौँ।”

अधिकारीहरूले उक्त दुर्घटना बुधवार स्थानीय समयानुसार दिउँसो ४ बजेर १९ मिनेटमा भएको बताएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

ती यात्रुहरू लखनउबाट मुम्बइतर्फ गइरहेको बताइएको छ। रेलवे अधिकारीहरूका अनुसार पश्चिम महाराष्ट्रमा कसैले आपत्कालीन चेन तानेपछि रेल रोकिएको र उक्त दुर्घटना भएको बताइएको छ।

अहिलेसम्म हामीलाई के थाहा छ?

पुष्पक एक्सप्रेस रेलमा सवार यात्रुहरू आगोबाट जोगिन त्यसबाट ओर्लिँदा नजिकैको ट्र्याकमा विपरित दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेस रेलमा ठोक्किएका विवरण आएका छन्। अहिलेसम्म उक्त पुष्पक रेलमा वास्तविक रुपमा नै आगो लागेको थियो या थिएन भन्ने प्रस्ट भइसकेको छैन।

उक्त दुर्घटनामा पाँच जना घाइते भएका पनि विवरण आएका छन्। तर दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले दुर्घटनामा थप नेपालीहरू परेको कुनै जानकारी प्राप्त नभएको उल्लेख गरेका छन्।

हालैका वर्षहरूमा भारतले आफ्नो रेल सेवालाई अत्याधुनिक बनाउन ३० अर्ब डलरका कार्यक्रमहरू घोषणा गरेको छ। तर शृङ्खलाबद्ध दुर्घटनाहरूले त्यसलाई छायामा पारिदिएको छ। सन् २०२३ मा ओडिशा राज्यमा तीनवटा रेल ठोक्किने गरी भएको एउटा दुर्घटनामा झन्डै ३०० जनाको ज्यान गएको थियो।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नविसले सामाजिक सञ्जाल एक्समा राखेका सन्देशमा मुम्बईबाट ४०० किलोमिटर पर जलगाउँ जिल्लामा अवस्थित पचोरा नजिकै भएको उक्त दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले ८ वटा एम्बुलेन्स खटाइएको र अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको उल्लेख गरेका छन्।

हाल स्विटजरल्यान्डको डाभोसमा रहेका महाराष्ट्रका मुख्यमन्त्रीले मृतकका परिवारलाई ५ लाख रुपियाँ राहत दिने वाचा गरेका छन्। उनले घाइतेको उपचारका लागि सरकारले खर्च बेहोर्ने उल्लेख गरेका छन्।

नेपाली मृतकका हकमा राज्यले दिनसक्ने सहयोगबारे अधिकारीहरूले केही भनिसकेका छैनन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकहरूप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेलाई पर्याप्त स्वास्थ्य उपचार उपलब्ध गराउन आदेश दिएका छन्।

यो दुर्घटनाले रेलवेलाई आधुनिकीकरण गरेर अर्थतन्त्र र सम्पर्क सञ्जाललाई विस्तार गर्ने वाचा गरेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि धक्का पुर्‍याउनसक्ने ठानिएको छ।

रोएटर्स समाचार संस्थाले आगामी महिनाको बजेटमा रेलवेको कार्यक्रममा खर्चहरू वृद्धि गर्न सकिने उल्लेख गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज