Advertisement

Day: २०८१ माघ १०, बिहीबार २३:०९

नागढुङा  इन्चार्ज हिक्मत थापाको कमाण्डमा खैरो हेरोईनसहित ३ जना पक्राउ

नागढुङा इन्चार्ज हिक्मत थापाको कमाण्डमा खैरो हेरोईनसहित ३ जना पक्राउ

समाचार
काठमाडौँ, चन्द्रागिरी – चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकपोस्टमा प्रहरीको संयुक्त टोलीले खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरेको छ। माघ १० गते बिहान १२:२५ बजे काकडभिट्टादेखि काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस (प्र.१-०१-००६ ख ४७९६) मा चेकजाँच गर्दा १५० ग्राम खैरो हेरोईन जस्तो देखिने लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नागढुंगा प्रहरी प्रभाग र लागू औषध नियन्त्रण ब्युरोको टोलीले बसको साइड  ए  को १३ नम्बर सिटमा सवार गोबिन्द बालालाई शंकास्पद रूपमा चेकजाँच गर्दा लुकाई छिपाई ल्याइएको लागू औषध फेला परेको थियो। प्रारम्भिक सोधपुछमा उक्त लागू औषध रमन महर्जन र बिनोद तामाङले काठमाडौँ ल्याउन लगाएको गोबिन्द बालाले स्वीकार गरेका थिए। प्रहरीले थप अनुसन्धानको क्रममा लागू औषध लिन बसेका रमन महर्जन र बिनोद तामाङलाई बा ५१ प ७५५८ नम्बरको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। नागढुंगा...
चैनपुरमा औषधी पसल, क्लिनिक र अस्पतालहरूको अनुगमन, अमिसा अस्पतालमा ताला

चैनपुरमा औषधी पसल, क्लिनिक र अस्पतालहरूको अनुगमन, अमिसा अस्पतालमा ताला

समाचार
  बझाङ सदरमुकाम चैनपुरमा औषधि पसल, क्लिनिक र अस्पतालहरूको संयुक्त अनुगमन गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बझाङ, र जिल्ला स्वास्थ्य कार्यालय बझाङको टोलीले चैनपुरमा सञ्चालित विभिन्न मेडिकल, क्लिनिक र निजी अस्पतालहरूको अनुगमन गरेको हो। अनुगमनका क्रममा इजाजतबिना तथा मापदण्डविपरीत अस्पताल, क्लिनिक र फार्मेसी सञ्चालन गरिएको, जनशक्ति नभई नागरिकलाई ठगेको, फार्मेसीमा जनशक्ति बिना औषधि बिक्री गरेको, र चिकित्सकको स्थानमा अन्य व्यक्तिहरूले भिडियो एक्स-रे गर्दै नागरिकको स्वास्थ्यमा खेलबाड गरेको गुनासोका आधारमा यो कदम चालिएको हो। अनुगमन टोलीले इजाजत र दर्ता अनुमति पत्रबिना अवैध रूपमा सञ्चालन भइरहेको अमिसा अस्पताल प्रा.लि. मा ताला लगाएको छ। अस्पतालले नगरपालिकामा समेत दर्ता नगरी ३ जना स्टाफको भरमा सञ्चालन भइरहेको पाइएको थियो। यस्तै, चैन मेडिकल नामले चिनिने ...
अनेरास्ववियु (क्रान्तिकारी) को २३औं राष्ट्रिय अध्यक्षमा उपदेश यादवको उम्मेदवारी दर्ता

अनेरास्ववियु (क्रान्तिकारी) को २३औं राष्ट्रिय अध्यक्षमा उपदेश यादवको उम्मेदवारी दर्ता

समाचार
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) को २३औं राष्ट्रिय महाधिवेशनका लागि विद्यार्थी नेता उपदेश कुमार यादवले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। सरल, इमानदार र कार्यदक्ष नेताको छवि बनाएका यादवले लामो समयदेखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएका छन्। विद्यार्थीका हक, अधिकार र हितका लागि लगातार आवाज उठाउँदै आएका यादवले यस महाधिवेशनमा सबै विद्यार्थीलाई आफ्नो उम्मेदवारीका पक्षमा सहयोग गर्न अपिल गरेका छन्। उनले आफू निर्वाचित भएमा विद्यार्थीका आधारभूत अधिकारको रक्षा गर्दै निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्। यादवले संगठनलाई बलियो बनाउन र लोकतान्त्रिक पद्धतिलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताउँदै भने, “विद्यार्थी आन्दोलनबाटै देशमा आमूल परिवर्तन भएको छ। यस आन्दोलनकै कारण अहिलेको व्यवस्थाको स्थापना सम्भव भएको हो।” उनले समाजवादी शिक्षाको आवश्यकतामा जोड दिँदै प्रयोगा...
अखिल क्रान्तिकारीको केन्द्रिय उपमहासचिवमा निर्मला गौतम

अखिल क्रान्तिकारीको केन्द्रिय उपमहासचिवमा निर्मला गौतम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
अनेरास्ववियु (क्रान्तिकारी) को २३ औ रास्ट्रीय सम्मेलनमा बाट केन्द्रिय उपमहासचिव को पदमा निर्माला गौतम उम्मेदवारी दर्ता गरेकि छ्न।बिगत लामो समय देखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अगाडि बढेकि एक सशक्त विद्यार्थी नेता हुन ।उहाँले बिगत देखि विद्यार्थीका हक हित अधिकारको बारेमा आवाज उठाउदै आउनु भएको छ। विद्यार्थीमा विद्यार्थी नेता हुनु पर्छ भन्ने बिधि र नितिलाई आत्मासाथ गर्ने गौतमले २३ औ अधिबेशनमा सबै विद्यार्थी साथीहरुलाइ सहयोगको लागि पनि अपिल गर्नु भएको छ। साथै आफू जितेमा विद्यार्थीका आधारभुत अधिकारका लागि सधैब लडिरहने पनि उहाँले प्रतिबद्धता गर्नु भएको छ्।पार्टी पहिलो हो भने पार्टीलाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका विद्यार्थीको रहेको इतिहास उहाँले बताउनु भयो विद्यार्थीको आन्दोलन बाट नै देशको आमूल परिवर्तन भएको र विद्यार्थी आन्दोलनले नै गर्दा आज यो ब्यबस्था आउन महत्त्वपूर्ण भुमिका रह...
अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षमा उमेश कडेलको उम्मेदवारी

अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षमा उमेश कडेलको उम्मेदवारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
अनेरास्ववियु (क्रान्तिकारी) को २३ औ रास्ट्रीय सम्मेलनमा सुप प्रदेश बाट केन्द्रिय उपाध्यक्षको पदमा उमेश कडेलले उम्मेदवारी दर्ता गरेका छ्न। कैलालीको गौरिगङ्ग न पा ३ निवासी कडेल बिगत लामो समय देखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अगाडि बढेका एक सशक्त विद्यार्थी नेता हुन ।उहाँले बिगत देखि विद्यार्थीका हक हित अधिकारको बारेमा आवाज उठाउदै आउनु भएको छ। विद्यार्थीमा विद्यार्थी नेता हुनु पर्छ भन्ने बिधि र नितिलाई आत्मासाथ गर्ने कडेल २३ औ अधिबेशनमा सबै विद्यार्थी साथीहरुलाइ सहयोगको लागि पनि अपिल गर्नु भएको छ। साथै आफू जितेमा विद्यार्थीका आधारभुत अधिकारका लागि सधैब लडिरहने पनि उहाँले प्रतिबद्धता गर्नु भएको छ्।...
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

समाचार
 आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ । चालु आवको छ महिनामा आठ अर्ब नौ करोड रुपैयाँ बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड रुपैयाँ तथ...
‘भारतको महाराष्ट्रमा बुधवारको रेल दुर्घटनामा मारिनेमध्ये ४ जना नेपाली’

‘भारतको महाराष्ट्रमा बुधवारको रेल दुर्घटनामा मारिनेमध्ये ४ जना नेपाली’

समाचार
भारतको महाराष्ट्रमा बुधवार भएको एक दुर्घटनामा रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाएका १३ जना मध्ये चार जना नेपाली पनि रहेको अधिकारीहरूले बताएका छन्। भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरूले उक्त दुर्घटनामा भएको नेपालीहरूको मानवीय क्षतिबारे आफूहरू जानकार रहेको र भारतीय पक्षसँग सम्पर्कमा रहेको जनाएका छन्। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर सञ्जिब शर्मा दासले बीबीसीसँग भने,"अहिलेसम्म मृतकहरूको सनाखत भइसकेको छैन। सनाखत भएपछि हामी थप जानकारी गराउँछौँ।" अधिकारीहरूले उक्त दुर्घटना बुधवार स्थानीय समयानुसार दिउँसो ४ बजेर १९ मिनेटमा भएको बताएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। ती यात्रुहरू लखनउबाट मुम्बइतर्फ गइरहेको बताइएको छ। रेलवे अधिकारीहरूका अनुसार पश्चिम महाराष्ट्रमा कसैले आपत्कालीन चेन तानेपछि रे...
सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्योः प्रचण्ड

सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्योः प्रचण्ड

समाचार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको टिप्पणी गरेका छन्। विहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्। सरकारले नियमित रुपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरिएको पनि उनले बताए। उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे। तत्काल सरकार परिवर्तन गर्नेगरी माओवादी केन्द्र सक्रिय भएर नलागेको प्रचण्डको भनाइ छ।     ‘यो सरकार अप्राकृतिक रुपमा जन्मिएकोले धेरै लामो समय जाँदैन भनेर हामीले सुरुबाटै भन्दै आएका छौं, तर हामी अहिले सक्रिए भएर सरकार ढाल्न भने लागेका छैनौं,’ उनले भने, ‘हामी अहिले प्रतिपक्षी भएर ...
अखिल (क्रान्तिकारी)को चुनाव: ३३ पदाधिकारीसहित ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी

अखिल (क्रान्तिकारी)को चुनाव: ३३ पदाधिकारीसहित ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी

समाचार
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पदाधिकारी र सदस्यका लागि कुल ५०० जनाको उम्मेदवारी परेको छ। माघ १२ गते हुने चुनावका लागि सार्वजनिक गरिएको मनोनयन दर्ताको प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२  पदका लागि ५०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश सापकोटा, विश्वमणि थापा र योगेन्द्रबहादु बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। माओवादीको केन्द्रीय नेतृत्वले अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत टुंग्याउन खोजेपनि सहमति नजुटेपछ प्रतिस्पर्धाबाटै टुंगिने भएको हो। केन्द्रीय नेतृत्वले हेडक्वार्टबाट कुनैपनि नेताले कुनै उम्मेदवारको पक्ष नलिने भनेपनि अध्यक्षका सबै उम्मेदवारलाई एक न एक ...
साइबर अपराध कसुरमा रश्मिला धामी पुन:  पक्राउ

साइबर अपराध कसुरमा रश्मिला धामी पुन: पक्राउ

समाचार
काठमाडौं । साइबर अपराध कसुरमा रश्मिला धामी पुन: पक्राउ परेकी छन् । यसअघि आपराधिक लाभ (एक्सटर्सन) र विद्युतीय अपराध (साइबर क्राइम) मा पक्राउ परेर रिहा भएकी धामीलाई प्रहरीले पुन विद्युतीय अपराध कसुरमा पक्राउ गरेको जनाएको छ । काठमाडौँस्थित माइतीघर मण्डलाबाटै सिंहदरबार वृत्त अनामनगरको टोलीले धामीलाई पक्राउ गरेको सिंहदरबार वृत्तका प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलले कामना टुडे लाई जानकारी दिए । एक युवतिको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा रहेकी धामीको ४ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरेको आरोपमा धामी पक्राउ परेकी थिइन् । नेपाल प्रहरीको साइबर ब्युरोले धामीलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । त्यसअघि साइबर अप...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज