Advertisement

वडा अध्यक्ष सिंहद्वारा राष्ट्रपति रनिङ्गशिल्ड विजेता विद्यालयलाई नगद पुरस्कार

Advertisement

बझाङको छविसपाथिभेरा गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि जनप्रिय नमुना माध्यमिक विद्यालय, बगडगाउँले जितेको छ। प्रतियोगिता मंसिर १२ गतेदेखि १७ गतेसम्म जनप्रिय नमुना माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न भएको थियो।

प्रतियोगितामा आठ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। जनप्रिय विद्यालयले १२ स्वर्ण, ५ रजत, र २ कांस्य पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो। दोस्रो स्थानमा बान्निचौर माध्यमिक विद्यालयले ९ स्वर्ण, ४ रजत, र ३ कांस्य पदक हात पार्‍यो। सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिकाले २ स्वर्ण, ७ रजत, र ६ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो।

प्रथम स्थान हासिल गर्ने विद्यालयलाई छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष करणजंग बहादुर सिंहले नगद २२ हजार पुरस्कार प्रदान गरेका छन्। अध्यक्ष सिंहले यो सहयोग आफ्नो व्यक्तिगत तलबबाट गरेका हुन्। साथै, उनले विद्यार्थीहरूको खेल सामग्री, पोशाक, र अन्य आवश्यक सहयोगसमेत उपलब्ध गराएका छन्।

समाजसेवीका रूपमा परिचित अध्यक्ष सिंहले खेलकुदको विकास र विद्यार्थीहरूको उत्साहवर्धनका लागि निरन्तर सहयोग गर्दै आइरहेका छन्। प्रतियोगिताको सफल आयोजनामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आयोजक समितिले सिंहको योगदानको प्रशंसा गरेको छ।

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको सफलतापूर्वक समापनसँगै जनप्रिय नमुना माध्यमिक विद्यालयले गौरवमय उपाधि हात पारेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज