बेलडाँडी गाँउपालिका र सिपि अष्पताल को आयोजनामा स्वास्थ्य शिविर हुने
बेलडाँडीमा निशुल्क स्वास्थ्य शिविर हुने
धनगढी – सि.पि अस्पताल धनगढी र बेलडाँडी गाउँपालिका, कंचनपुरको संयुक्त आयोजनामा यही पौष २० गते, शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म बेलडाँडी गाउँपालिकाको कार्यालयमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगहरूको चेकजाँच, उपचार, र परामर्श सेवा प्रदान गर्नेछन्।
शिविरमा रगत जाँच, भिडिओ एक्सरेलगायतका सेवा समेत उपलब्ध हुने जनाइएको छ। गरिब तथा विपन्न परिवारका बिरामीहरूलाई लक्षित गरी आयोजना गरिएको यो शिविरले आर्थिक अभावका कारण उपचार गर्न नसक्नेहरूलाई रोग पहिचान र उपचार सेवा प्रदान गर्नेछ।
सि.पि अस्पतालका प्रशासन प्रमुख हेम जोशीका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत यो शिविर आयोजना गरिएको हो। “गरिब तथा विपन्न परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न हरेक वर्ष यस किसिमका कार्यक्रम गर्दै आइर...





