Advertisement

नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Advertisement

बझाङ: नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। लामो समयदेखि रोकिएको अधिवेशनले पार्टीलाई सुदृढ बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनमा दिल बहादुर भण्डारि २०८ मतका साथ अध्यक्षमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी कलक बहादुर खड्काले १५३ मत प्राप्त गरेका थिए।

निर्वाचित अध्यक्षको प्रतिवद्धता

निर्वाचित अध्यक्ष दिल बहादुर  भण्डारीले अधिवेशनपछि बोल्दै पार्टीको हितका साथै जिल्लाको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “बझाङलाई समृद्ध बनाउन एमालेको भूमिका अझ महत्वपूर्ण हुनेछ। पार्टीको नीति र विचारलाई गाउँगाउँसम्म पुर्‍याउन मेरो नेतृत्वले कुनै कसर बाँकी राख्ने छैन।”

सचिव र उपसचिवको धारणा

नवनिर्वाचित सचिव नयन बोहराले अधिवेशनले पार्टीभित्र एकता र सहकार्यलाई थप सुदृढ बनाएको बताउँदै भने, “पार्टीले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म मजबुत रूपमा उपस्थिति जनाउने वातावरण सिर्जना गर्नेछ। कार्यकर्तालाई अझ सक्रिय बनाउन मेरो भूमिका रहनेछ।”
त्यस्तै, उपसचिव पंकज भण्डारीले पार्टीको संगठनात्मक संरचनालाई बलियो बनाउन काम गर्ने बताए। उनले भने, “युवाहरूलाई पार्टीसँग जोड्न र जनताको सेवामा एमालेको प्रभावकारी उपस्थिति देखाउन म लागिपर्नेछु।”

जिल्ला कमिटीमा सर्वसम्मत चयन

अधिवेशनमा महेश जोशी सर्वसम्मत रूपमा जिल्ला कमिटी सदस्यमा चयन भएका छन्। जोशी दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का पूर्व वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता थिए। हाल उनी नेकपा एमाले दुर्गाथली गाउँपालिका इन्चार्जका रूपमा क्रियाशील छन्। उनको सर्वसम्मत चयनले पार्टीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

अन्य पदमा निर्वाचित हुनेहरू:

उपाध्यक्ष: लालबहादुर विष्ट २१७ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी प्रयागराज जोशीले १२१ मत पाए।

उपसचिव महिलातर्फ: राधा विष्ट खत्री १६६ मतका साथ विजयी भइन्। उनका प्रतिस्पर्धी पार्वती कुवर भण्डारी (१०३ मत) र जुना जाग्री (६९ मत) पराजित भए।

जिल्ला कमिटी सदस्यहरू:

जिल्ला खुला (५ जना):

ईश्वर द्वाल (२१६ मत)

ऐन दौल्याल (१६१ मत)

कलक खत्री (१४९ मत)

गोविन्द ढाँट (१३४ मत)

राकेश सिंह (१४१ मत)

खुला महिला (३ जना):

पार्वती देवी जप्रेल (१६९ मत)

भगवती बोहरा (१८४ मत)

सावित्री विष्ट (१७१ मत)

खुला युवा (१ जना):

प्रविन्द्र बहादुर धामी (१८८ मत)

दलित खुला (६ जना):

गणेशलाल विक (१७१ मत)

धन बहादुर दमाई (१३४ मत)

प्रकाश विक (१२५ मत)

प्रेम सुवर्णकार (१५७ मत)

मदन बहादुर विक (१३७ मत)

शंकर बहादुर रसाईली (१९५ मत)

दलित युवा (१ जना):

सुरेश नेपाली (११८ मत)

जनजाति (१ जना):

श्याम लामा (१६२ मत)

अधिवेशनको विशेषता

अधिवेशनमा कुल ४०२ मतदाता मध्ये ३८९ जनाले मतदान गरेका थिए। लामो समयपछि सम्पन्न यो अधिवेशनले पार्टीका सदस्यहरूमा नयाँ ऊर्जा थपेको छ। अधिवेशनको समापन समारोहमा सहभागीहरूले पार्टीको एकतामा नयाँ नेतृत्वको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरेका थिए।

भावी योजना

नयाँ नेतृत्वले बझाङ जिल्लालाई विकास र समृद्धिको नमुना बनाउने योजना अघि सारेको छ। अध्यक्ष भण्डारीले पार्टीभित्र अनुशासन, विकास, र समन्वयलाई प्राथमिकतामा राख्ने बताए। सचिव बोहराले कार्यकर्ता र जनताको समन्वयमा पार्टीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

नेकपा एमालेको यो अधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज