“मुख्यमन्त्री योगी आदित्यनाथद्वारा प्रयागराज महाकुम्भ २०२५लाई संसारकै ठूलो आध्यात्मिक र सांस्कृतिक आयोजनाको घोषणा”
लखनऊ: प्रयागराज महाकुम्भ २०२५ को तयारीमा जुटेको सरकार, ऐतिहासिक र भव्य आयोजनाको तयारी भईरहेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रयागराज महाकुम्भ २०२५ लाई ऐतिहासिक र अद्वितीय बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको घोषणा गरेका छन्। उनले महाकुम्भलाई संसारकै सबैभन्दा ठूलो आध्यात्मिक, सांस्कृतिक, र सामाजिक जमघटको रूपमा प्रस्तुत गर्ने योजना रहेको बताएका छन्।
मुख्यमन्त्री योगीले सरकारको तयारी र महाकुम्भको महत्वबारे जानकारी दिँदै भने, "यो महाकुम्भ भारतको मात्र नभई सम्पूर्ण विश्वको ध्यानाकर्षण गर्ने केन्द्रबिन्दु हुनेछ। यो धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले ऐतिहासिक आयोजनाका रूपमा स्थापित हुनेछ।"
महाकुम्भलाई व्यापक बनाउन यसपटक १०,००० एकड क्षेत्रफलमा विस्तार गरिएको छ। यो महाकुम्भमा आध्यात्मिक दर्शनसँगै भारतको भौतिक र आध्यात्मिक विकासका विषयमा व्यापक छलफल र परिचर्चा...


