Advertisement

नर्सिङ संघ निर्वाचन : प्राध्यापक चन्द्रकला शर्मा समूहले सार्वजनिक गर्‍यो २८ बुँदे प्रतिवद्धता

Advertisement

काठमाडौँ, १९ मंसिर ।  आगामी २८ मंसिरमा हुने नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि उम्मेद्धारी दिएको प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहले २८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी सो समूहले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।

सो समूहले निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोके बमोजिमको तलव सुविधाका लागि पैरवी गर्ने, रात्रीकालिन सेवामा खटिने नर्सलाई एक दिनको तलव बराबर र सार्वजकि विदा तथा चाड पर्व विदामा काम गर्नेलाई यथोचित भत्ताका लागि पहल गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

यस्तै जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितता, नर्सिङ क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसार फ्याकल्टीको व्यवस्था, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सम्पूर्ण विद्यालयहरुमा दरबन्दी विस्तार, ५० भन्दा बढी कामदार रहेको उद्योगमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने पनि उल्लेख छ ।

यसैगरी अनमीहरुलाई विशेष कार्यक्रम मार्फत स्टाफ नर्स तथा मिडवाइफ अध्ययन गराउन छात्रबृत्तिका लागि पहल गर्ने, नर्सिङ संघलाई सात प्रदेश, ७७ जिल्ला र स्थानीय निकायमा विस्तार गर्ने, चिकित्सा शिक्षा आयोगमा एक महाशाखामा नर्सिङ निर्देशकको नेतृत्वमा हुनुपर्ने लगायतका माग अघि सारेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेद्धारा प्राध्यापक शर्माले नर्सहरुको पेशागत हकहित, अधिकार, बृत्तिविकास, स्वच्छ शैक्षिक बातावरण निर्माण, कार्यस्थल सुरक्षा सुनिश्चितताको लागि थप जिम्मेवार ढंगले काम गर्न आफ्नो समूहको उम्मेद्धारी रहेको बताईन् । उनले संघलाई गतिशिल, प्रभावकारी र सुसंगठित बनाई पेशागत मर्यादालाई जिवन्त तुल्याउन आफ्नो समूहको उम्मेद्धारी आएको बताईन् ।

‘हाम्रो समूहमा युवा देखि पौढ उमेरका उम्मेद्धार हुनुहुन्छ । युवा जोश र प्रौढको अनुभवलाई मिलाएर हामीले नर्सिङ संघलाई थप उचाईमा पुरयाउने छौँ,’ पत्रकार सम्मेलनमा उनले भनिन् ।

को को छन् उम्मेद्धार ?

प्राध्यापक चन्द्रकला शर्मा अध्यक्ष रहेको यो समूहमा बरिष्ठ उपाध्यक्षमा प्राध्यापक रमेश सुब्बा रहेका छन् । यस्तै उपाध्यक्षमा बबिता घिमिरे, महासचिव डा देवकाकुमारी आचार्य, सचिव बेली पौडेल र कोषाध्यक्षमा तुलसा देवी अधिकारी रहेका छन् ।

सदस्यहरुमा खुल्ला तर्फ मेनुका पोखरेल, जनजाती तर्फ हरिप्रसाद कोजु, आदिवासीबाट कला बस्याल गुरुङ र दलित तर्फ कोपिला विश्वकर्माले उम्मेद्धारी दिएका छन् ।

यस्तै पासपति जैयसवाल मधेशी, सवेनाज बेगम मुस्लिम, जानुका मोक्तान अनमी, शान्ति कुमारी विश्वकर्मा अनमी तर्फबाट सदस्यमा उम्मेद्धारी दिएका छन् । यस्तै नर्सिङ परिषद सदस्य तर्फ राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीको उम्मेद्धारी परेको छ ।

कुल १५ हजार ५४९ मतदाता रहेको संघको निर्वाचनका लागि २० वटा मतदान केन्द्र तय गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज