नर्सिङ संघ निर्वाचन : प्राध्यापक चन्द्रकला शर्मा समूहले सार्वजनिक गर्यो २८ बुँदे प्रतिवद्धता
काठमाडौँ, १९ मंसिर । आगामी २८ मंसिरमा हुने नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि उम्मेद्धारी दिएको प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहले २८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी सो समूहले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।
सो समूहले निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोके बमोजिमको तलव सुविधाका लागि पैरवी गर्ने, रात्रीकालिन सेवामा खटिने नर्सलाई एक दिनको तलव बराबर र सार्वजकि विदा तथा चाड पर्व विदामा काम गर्नेलाई यथोचित भत्ताका लागि पहल गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।
यस्तै जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितता, नर्सिङ क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसार फ्याकल्टीको व्यवस्था, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सम्पूर्ण विद्यालयहरुमा दरबन्दी विस्तार, ५० भन्दा बढी कामदार रहेको उद्य...


