Advertisement

Day: २०८१ कार्तिक २३, शुक्रबार २०:०२

जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा

जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा

Breaking News 1, अछाम
मङ्गलसेन नगरपालिका वडानम्वर १ का जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा छन । वडा अध्यक्ष लाेकराज नाथ र वडा सचिव शिद्दराज ढुंगाना सहित जनप्रतिनिधि र कर्मचारीहरुकाे टाेली रारा सहित कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा रमाउन गएकाे हाे । तिहार बिदापछी कार्यालय खुलेको दिन कार्तिक २० गतेदेखि वडाका जिम्मेवार व्यक्ति कार्यालयमा नहुदा सेवाग्राहीलाई सास्ती भएको छ । बिदामा घर आएकाहरु नागरिकता सिफारिस र जन्मदर्ता लगायतका सेवा लिन वडा कार्यालमा जाँदा सेवा नपाएर फर्किने गरेका छन । वडा कार्यालय नै खाली हुने गरि वडाका कर्मचारी र जनप्रतिनिधि घुम्न जाँदा यता वडाका जनताले भने दु:ख पाएका छन । वडा सचिव र वडा अध्यक्षले आफ्नो अनुपस्थितिमा अन्य व्यक्तिलाई जिम्मेवारी दिएर सेवा प्रभावित नहुने गरि जानुपर्नेमा त्यस्तो समेत गरेकाे पाईएन । कार्तिक २०, २१ र २३ गते अफिस खुल्ने दिन हाे, यी...
रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने ट्रम्पको संकेत

रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने ट्रम्पको संकेत

Breaking News 1, अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् । तर ट्रम्पले कुराकानीबारे विस्तृत भने केही नभनेको एनबीसीले जनाएको छ । पुटिनसँग अहिले संवाद नभएको उल्लेख गर्दै उनले भनेका छन्, 'मलाई लाग्छ, हामी कुराकानी गर्नेछौँ ।' यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई द...

रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने ट्रम्पको संकेत

Breaking News 1, अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् । तर ट्रम्पले कुराकानीबारे विस्तृत भने केही नभनेको एनबीसीले जनाएको छ । पुटिनसँग अहिले संवाद नभएको उल्लेख गर्दै उनले भनेका छन्, 'मलाई लाग्छ, हामी कुराकानी गर्नेछौँ ।' यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई द...
सुनको भाउ एकैदिनमा दुई हजार रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिनमा दुई हजार रुपैयाँले बढ्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – हिजो एकैदिन चार हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।...
सत्र किलोमा भएको दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, ५ जनाको अवस्था गम्भीर

सत्र किलोमा भएको दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, ५ जनाको अवस्था गम्भीर

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
रूपन्देहीमा सशस्त्र प्रहरी र राजस्व टोलीमाथि आक्रमण

रूपन्देहीमा सशस्त्र प्रहरी र राजस्व टोलीमाथि आक्रमण

समाचार
रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले अवरोध पुर्याएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको थियो । प्रहरीले भने तस्करहरुको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको दाबी गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो । अवैध चिनी बरामद गरेर फर्किने क्रममा ...
हवाई भाडाले आकाश छोयो, मर्कामा विदेश जाने श्रमिक

हवाई भाडाले आकाश छोयो, मर्कामा विदेश जाने श्रमिक

समाचार
काठमाडौँ —हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् । त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौं उडानमा कटौती गरेका छन् । यसको प्रत्यक्ष असर हवाई भाडामा परेको हो । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि त्रिभुवन विमानस्थल शुक्रबार (कात्तिक २३) देखि चैत १८ सम्म राति १० पछि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द रहने जनाएको छ । यसले अन्तर्राष्ट्रिय उडानमा व्यापक कटौती भएको हो । दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिक परेका हुन् । सरकारले लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ को नीत...

अखिल भारत नेपाली एकता समाज ले स्थापना दिवस मनायो

समाचार
हिजो नोभेम्बर सात तारीकका दिन अखिल भारत नेपाली एकता समाज ले भारत भरि बिभिन्न ठाउमा ४६ औ स्थापना दिवस भब्य रुप ले मनायको छ। बेंगलोर को पुर्ब नगर समिति ले पनि स्थापना दिवस मा बिभिन्न कार्यक्रम गरेर मनायको छ। उक्त कार्यक्रम मा महिला बिभाग प्रमुख ममता बुढाको अध्यक्षता र केन्द्रीय समिति सदस्य राजेस बिष्ट प्रमुख अथिति रहनु भयको थियो।...
नारायणगढ मुग्लिन सडकको सत्र किलोमा माइक्रोबस र बस ठोक्किए : ४ जनाको मृत्यु

नारायणगढ मुग्लिन सडकको सत्र किलोमा माइक्रोबस र बस ठोक्किए : ४ जनाको मृत्यु

समाचार
चितवन —नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा रहेका चार जना सामान्य घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । घाइतेमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु भएको डीएसपी रिजालले बताए । त्यसैगरी चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भी...
काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

समाचार
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो । विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ । गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला वर्षा पनि हुने भएकाले अहिले कात्तिक महिनादेखि नै विमानस्थल स्तरोन्नतीको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । इन्जिनियर अधिकारीका अनुसार रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको हो । प्राधिकरणका अनुसार तीन निर...
अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्स को हुन् ?

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्स को हुन् ?

समाचार
दोस्रोपटक अमेरिकाको राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको विश्वभर जति चर्चा भइरहेको छ, त्यस्तै चर्चा उपराष्ट्रपति जे.डी. भान्सको पनि भइरहेको छ । किनभने उनी अमेरिकाको इतिहासमै तेस्रो सबैभन्दा युवा उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका ४० वर्षीय भान्स ओहियोका सिनेटर हुन् । उनले ६० वर्षीय डेमोक्रेटिक उम्मेदवार टिम वाल्ट्जलाई हराए । सांसद बनेको दुई वर्षमै ट्रम्पको विश्वास पात्रको रुपमा भान्स उपराष्ट्रपति चुनिएका छन् । अमेरिकामा सबैभन्दा कम उमेरको उपराष्ट्रपतिको रुपमा पहिलो नम्बरमा जोन सी ब्रेकिनरिजको नाम आउँछ । उनी ३६ वर्षको उमेरमै उपराष्ट्रपति बनेका थिए । उनको कार्यकाल १८५७ देखि १८६१ सम्म थियो । उतार–चढावपूर्ण बाल्यकाल भान्सको जन्म १९८४ को अगष्ट महिनामा ओहियो राज्यको मिडलटाउन शहरमा भएको थियो । भान्स ६ वर्षको छँदै उनका आमा–बुवाको छोडपत्र भयो । उनकी आमाले पा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज