Advertisement
Wednesday, April 30
Shadow

गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु

Advertisement

धनगढी- कैलालीस्थित गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालको आकस्मिक कक्षमा रहेको शल्यकक्षमा सोमबार पहिलो शल्यक्रिया गरिएको हो।

अस्पतालमा कार्यरत शल्यचिकित्सक डा शंकर अधिकारीको टोलीले सोमबार एक जना बिरामीको माइनर शल्यक्रिया गरेको हो। बिरामीको लाइपोमाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए।

‘माइनर शल्यक्रियाबाट सेवा सुरु गरेका छौं,’ उनले भने, ‘अब क्रमश: अन्य शल्यक्रियाहरु पनि गर्दै जानेछौं।’ उनले अस्पतालले आकस्मिक सेवा तिहारपछि सञ्चालनमा ल्याउने र त्यसपछि पाँच वटा मेजर शल्यकक्ष र ३० शय्याको आइसीयू समेत सञ्चालनमा ल्याउने जानकारी दिए।

पहिलो शल्यक्रिया राजाराम नाम गरेका व्यक्तिको गरिएको हो। शल्यक्रिया गर्ने टोलीमा डा अधिकारीसहित एनेस्थेसियोलोजिष्ट डा आशिष तिवारी, ओटी नर्स रोशनी शाही, आरती भण्डारी र शर्मिला चौधरी र हेल्पर रोशनी चौधरी थिए।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गेटामा सेवा विस्तार गर्दै अगाडि बढ्न निर्देशन दिएपछि अस्पतालले उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै सेवा थप गर्दै अगाडि बढेको निर्देशक डा सापकोटाले जानकारी दिए।

अस्पतालमा एक महिना अघि स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु भएको थियो। अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ। रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिइरहेका छन्।

गेटामा पछिल्लो समय सेवाहरु थप हुँदै गइरहेको छ। अस्पतालमा दुई महिना अघिदेखि इनडोर सेवा सुरु भएको थियो। अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु भइसकेको छ।
सेवा थप हुँदै गएपछि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या पनि थपिँदै गएको छ।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी ...
वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज