Advertisement

Day: २०८१ कार्तिक ६, मंगलवार २१:५७

स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न

स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ :केदारस्युँमा स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच स्थानीय बजार सहजकर्ता लाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न भएको हाे । केदारस्यु गाउपालिकाको सभाहल सञ्चालन भएको तालिममा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल , दलित सहयोग समाजद्वारा स्थानीय बजार सहजकर्ता लाई २ दिने पुनर्ताजकिय तालिम सम्पन्न भएको थियाे । दलित सहयोग समाजले राखेका स्थानीय बजार सहजकर्ता मार्फत कृषकको उत्पादनलाई बजार सम्म पुर्याउन सहयोग पुर्याएको बिषयमा गाउँपालीका अध्यक्ष गणेश बाेहराले बधाई दिनु भएको थियाे । साथै सम्पुर्ण स्थानीय सहजकर्तालाई सकृय र लगनशील भएर काम गर्नु हुन उपाध्यक्ष मनिषा धामीले सल्लाह दिएनु भएको हाे । बोल्ने क्रममा गाउँपालिका अध्यक्ष गणेश बोहराले दलित सहयोग समाजको काम प्रति एक दमै खुसी हुँदै उहाँहरुको उद्देश्यलाई सार्थक बनाउन बैशाख भित्र नै कोल्ड स्टोर निर्मा...
फोहरबाट मोहर कमाउँदै व्यास नगरपालिका

फोहरबाट मोहर कमाउँदै व्यास नगरपालिका

समाचार
तनहुँ —जिल्लाको व्यास नगरपालिकाले फोहरबाट आम्दानी लिन सुरु गरेको छ । फोहरजन्य बस्तु बिक्री गरी नगरपालिकाले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । बढ्दो बजारीकरणसँगै विभिन्न क्षेत्रलाई फोहर व्यवस्थापनमा समस्या भइरहेका बेला व्यास नगरपालिकाले फोहर बिक्री गरी २ लाख १७ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको हो । नगरपालिका क्षेत्रबाट संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न बस्तु बिक्री गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए । ‘पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरिएको हो,’ उनले भने ।   यस्तै, करिब एक लाख रुपैयाँ बराबरको फोहर बिक्रीका लागि तयारी अवस्थामा रहेको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए । ‘एलडी, एचएम, पीपी, गुडियालगायत सामान बिक्री...
मध्यपश्चिमसहित १३ विश्वविद्यालयले गरे संयुक्त घोषणापत्रमा हस्ताक्षर

मध्यपश्चिमसहित १३ विश्वविद्यालयले गरे संयुक्त घोषणापत्रमा हस्ताक्षर

समाचार
६ कात्तिक, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयसहित दक्षिण एसियाका १३ विश्वविद्यालयले संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन् । चीनमा आयोजित ‘हुबेई (चीन) र दक्षिण एसियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम’ मा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् । घोषणा पत्रले शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिएको छ । घोषणाले साझेदारीहरुलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढावा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्ने लगायत उल्लेख गरेको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. ध्रुव कुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यले सहयोगी पहलहरूबारे छलफल गर्न उक्त घोषणा पत्रमा हस्ताक्षर गरेको मप विश्वविद्यालयले जनाएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा गौतम लगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान ...
लुक्लामा एकै दिन १७७ उडान, भित्रिए ११५५ पर्यटक

लुक्लामा एकै दिन १७७ उडान, भित्रिए ११५५ पर्यटक

समाचार
सोलुखुम्बु —एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ सय पर्यटक भित्रिएका छन् । प्रतिकूल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा बसिरहेका पर्यटक हवाईमार्गमार्फत लुक्ला आइपुगेका हुन् । सोमबार मन्थली र काठमाडौंबाट तारा, समिट र सीता एयर गरी ३ कम्पनीका ४७ जहाजले उडान गरेका छन् । विभिन्न कम्पनीका हेलिकोप्टरले पनि १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला ल्याएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले बताए । सोमबार बिहानैदेखि मौसम अनुकूल भएसँगै उडान गरिएको पन्थीले जनाए । ‘एक सातापछि बिहानै मौसम खुलेपछि दिउँसो साढे २ बजेसम्म लगातार उडान भयो,’ उनले भने, ‘धेरैपछि लुक्लामा उडानको चाप बढेको छ, अब विमानस्थल नियमित लयमा फर्किएको छ ।’   तारा एयरका १६, सीता एयरका १५ र समिट एयरका १६ गरी ४७ उडान भएको उनको भनाइ छ । जहाजमार्फत ५ सय ७५ विदेश...
माओवादीले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने

माओवादीले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने

समाचार
काठमाडौँ —नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।  सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहालले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएबम हुन् । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन पनि दिएका छन् । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आ...
गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु

गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु

समाचार
धनगढी- कैलालीस्थित गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालको आकस्मिक कक्षमा रहेको शल्यकक्षमा सोमबार पहिलो शल्यक्रिया गरिएको हो। अस्पतालमा कार्यरत शल्यचिकित्सक डा शंकर अधिकारीको टोलीले सोमबार एक जना बिरामीको माइनर शल्यक्रिया गरेको हो। बिरामीको लाइपोमाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए। 'माइनर शल्यक्रियाबाट सेवा सुरु गरेका छौं,' उनले भने, 'अब क्रमश: अन्य शल्यक्रियाहरु पनि गर्दै जानेछौं।' उनले अस्पतालले आकस्मिक सेवा तिहारपछि सञ्चालनमा ल्याउने र त्यसपछि पाँच वटा मेजर शल्यकक्ष र ३० शय्याको आइसीयू समेत सञ्चालनमा ल्याउने जानकारी दिए। पहिलो शल्यक्रिया राजाराम नाम गरेका व्यक्तिको गरिएको हो। शल्यक्रिया गर्ने टोलीमा डा अधिकारीसहित एनेस्थेसियोलोजिष्ट डा आशिष तिवारी, ओटी नर्स रोशनी शाही, आरती भण्डारी र शर्मिला चौधरी र हेल्प...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज