नेपाल औषधि व्यवसायी सङ्घ धनगढी र कैलाली अस्पतालको संयुक्त आयोजना निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।
कैलाली । नेपाल औषधि व्यवसायी सङ्घ र धनगढी स्थित कैलाली अस्पतालले संयुक्त रुपमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौँ सेवाग्राहीले सेवा लिएका छन् ।
भजनी नगरपालिका ५ कुटि स्थित कर्मेश्वर मावि प्राङ्गणमा शनिबार भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा सहितका डाक्टरहरूले बिरामीको चेकजाँच र औषधि निःशुल्क रुपमा बितरण गरिएको स्वास्थ्य शिविरका संयोजन एवम् औषधि व्यवसायी सङ्घ कैलालीका उपाध्यक्ष डम्बर ऐरीले बताए । उनले शिविरमा ३ सय ५० भन्दा बढीले सेवा लिएको बताए ।
कैलाली अस्पतालमा कार्यरत डाक्टरहरूले बिरामी चेकजाँच गरेको बताउँदै अस्पतालका अध्यक्ष एवम् सुदूरपश्चिम औषधि व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले बिरामीलाई घरदैलोमै उपचार सेवा दिन पाएकोमा खुसी लागेको बताए ।
पैसाको अभावमा सामान्य देखि जटिल खालका बिरामी शरीर मै बोकेर बस्ने बिरामीका लागि निःशुल्क रुपमा चेकजाँच औषधि घर दैलोमै...








