Advertisement
Sunday, July 13

ठूलो प्राकृतिक विपत्तिका लागि तयारी पुगेन’

Advertisement

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो प्राकृतिक विपत्ति सामना गर्न सरकारको तयारी नपुगेको स्वीकार गरेका छन् । उनले विपद्पछिको उद्धार र खोजीमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता पनि जनाएका छन् ।

शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारबाट तयारी भएको तर त्यसले धान्न सक्नेभन्दा ठूलो विपद् सामना गर्नुपरेको बताए । ‘यस प्रकारको परिस्थिति आइपुग्ला, यत्रो क्षति होला भन्ने थिएन,’ उनले भने, ‘यस तहको तयारी पक्कै पनि हाम्रो थिएन । प्राकृतिक विपत्तिका लागि तयारी नभएको भने होइन ।’

जल तथा मौसम विज्ञान विभागले असोज ७ मै पूर्वसूचना दिएअनुसार सरकारले तयारीका लागि तल्ला निकायसम्म जानकारी गराएको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यही सूचनाका आधारमा रात्रिबस नचलाउन र सतर्कता अपनाउन सूचना प्रवाह गरिएको पनि उनले बताए ।

 

सबै मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीलाई दायाँबायाँ राखेर गरिएको पत्रकार सम्मेलनमा ओलीले विषम परिस्थितिमा राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न राजनीतिक दल, तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, संघसंस्था र नागरिकसँग अपिल गरे । ‘विपत्तिले कुनै राजनीतिक रंग, पेसा, व्यवसाय छुट्याएर मर्का पारेको हुँदैन । यो साझा राष्ट्रिय पीडा हो,’ उनले भने ।

विपद्लगत्तै अमेरिका भ्रमण छोट्याएर किन नफर्किएको भनेर आफूमाथि भइरहेको आलोचनाका सन्दर्भमा भने प्रधानमन्त्री ओलीले आफू आउने तयारीमै रहेका बेला यता पानी परेको बताए ।

‘११ गते पानी पर्‍यो । १२ गते अमेरिका छाडेको हुँ । प्लेनमा समय लाग्यो,’ उनले भने । गृहमन्त्रीको भूमिकालाई लिएर भइरहेको आलोचनाका सन्दर्भमा पनि ओलीले बचाउ गरेका छन् । ‘मान्छे बगाएर लग्यो, बचाउन सकिएन भन्ने रिपोर्ट आयो, गृहमन्त्रीले त्यही भन्नुभयो,’ उनले भने, ‘प्रारम्भिक जानकारी कहिलेकाहीं फरक पर्न सक्छ । यसलाई अयोग्यताका रूपमा लिनु हुँदैन ।’

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज