Advertisement

सुदूरपश्चिममा दशैं-तिहारमा ११ हजार प्रहरी परिचालन हुने

Advertisement

१४ असोज, धनगढी । दशैं-तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशमा ११ हजार जना प्रहरी परिचालन गरिने भएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्व मध्यनजर गरी बनाइएको सुरक्षा योजनाअनुसार प्रदेशभर सामान्य समयको भन्दा चार हजार जना थप प्रहरी परिचालन गरिने भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले चाडपर्वका बेला हुनसक्ने सुरक्षा चुनौतीको मसिनो विश्लेषण गरेर सोहीअनुसार थप प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । डीआईजी केसीले सामान्य समयमा प्रदेशभर सात हजार प्रहरी कर्मचारी परिचालन हुने गरेको बताए ।
तर, कार्यालयभित्रको काममा खटिने, प्रदेश सशस्त्र प्रहरी गण, संघीय प्रहरी कार्यालयलगायतका कार्यालयका प्रहरीलाई समेत गरी थप चार हजार जनालाई फिल्डमा खटाउने गरी योजना बनाइएको उनले बताए ।
‘हामीले प्रदेशको सुरक्षा चुनौती राम्रोसँग विश्लेषण गरेका छौं । त्यो चुनौती सामना गर्नेगरी प्रहरी जनशक्ति परिचालनको योजना पनि बनाइएको छ,’ डीआईजी केसीले भने, ‘नियमित समयमा परिचालन हुने भन्दा चार हजार जना थप प्रहरी परिचालन गरेका छौं ।’

प्रदेश प्रहरी कार्यालयले विगतमा चाडपर्वमा कुन ठाउँमा के-कस्ता अपराधिक गतिविधि भए भन्ने कुराको पनि विश्लेषण गर्दै यो वर्ष पुनः त्यस्ता क्रियाकलाप हुन नदिनेगरी योजना बनाइएको जनाएको छ ।

चाडपर्वका बेला सीमा नाकामा हुने चोरी, तस्करी, ठगी तथा लुटपाट जस्ता घटना हुन नदिने सीमा क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिनेछ भने सवारी दुर्घटना न्यूनीकरणका लागि चेकिङ बढाउने, जनचेतनामुलक सन्देश प्रवाह गरिनेछ ।

‘चाडपर्वका बेला ठूलो संख्यामा भारतबाट फर्किने नेपाली दाजुभाइ दिदीबहिनी ठगिने, लुटिने, सिमा नाकामा हैरानी पाउने गुनासो सुनिने गरेको छ,’ डीआईजी केसीले भने, ‘नाकामा नेपालीहरुले सास्ती भोग्न नपरोस् भनेर निगरानी बढाइनेछ ।’

उनकाअनुसार प्रत्येक जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना लागू हुनेछ ।

सबै जिल्लामा पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँच गर्ने कार्यलाई समेत निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए । डीआईजी केसीले प्रदेशभर जिल्लासहित ९९ कमाण्ड पोष्ट रहेको बताए ।

यस्तै, २०६ जनाको रिजर्व टोली, १६० जना स्ट्राइकिङ्क टोली, ५५३ जनाको पिकेट पाँच सय ९९ जनाको पैदल गस्ती, २५० जनाको मोबाइल गस्ती, दुई सय ६५ जना सीमा नाका र सादा पोशाकका प्रहरी सुरक्षामा खटिने उनले बताए ।

जुवातास नियन्त्रणका लागि २५० जनाको छुट्टै टोली बनाइएको छ भने राजमार्ग क्षेत्रमा स्कटिङ्क र तत्काल परिचान हुनेगरी थप २५० जनाको छुट्टै टोलीसमेत बनाइएको छ ।

प्रदेशभर शान्ति, सुव्यवस्था चुस्त, दुरुस्त पारेर आम नागरिकलाई ढुक्कसँग चाडपर्व मनाउने वातावरण बनाउने प्रयासमा आ-आफ्नो पक्षबाट सहयोग गर्न समेत प्रदेश प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

समस्या परेको अवस्थामा जुनसुकै बेला जिल्लादेखि प्रहरी चौकीसम्ममै प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।

‘यो वर्षको दशैं-तिहारमा कुनै पनि घटना नहोस् भन्ने हेतुले हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौं,’ डीआईजी केसीले भने, ‘प्रदेशबासीलाई ढुक्कसँग यो चाडपर्व उल्लासमय बनाउनुहोस्, आफन्त र आफनाहरुसँग खुसी साट्नुहोस् भन्न चाहान्छु । कुनै समस्या परे तत्काल प्रहरीलाई खबर गर्नुहोस् जिल्लादेखि चौकीसम्म जुनसुकै समयमा रेस्पोन्स हुन्छ ।’

प्रहरीले चाडपर्वका बेला जनचेतना अभिवृद्धि, कानुनी कारबाही सशक्त बनाउने नीतिसमेत लिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज