Advertisement

Day: २०८१ आश्विन १४, सोमबार १६:४८

national youth council नेपाल स्काउटले आयोजना गरेको देशव्यापी चित्रकला प्रतियोगितामा कलम बम मेमोरियल बोर्डिङ स्कुल कि बोहरा प्रथम

national youth council नेपाल स्काउटले आयोजना गरेको देशव्यापी चित्रकला प्रतियोगितामा कलम बम मेमोरियल बोर्डिङ स्कुल कि बोहरा प्रथम

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १० मा रहेको कलम बम मेमोरियल बोर्डिङ स्कुलकि कक्षा सातमा अध्ययनरत छात्रा निसा बोहरा प्रथम भएकी छन । बिश्व शान्ति दिवसको अबसरमा national youth council नेपाल स्काउटले आयोजना गरेको देशव्यापी चित्रकला प्रतियोगितामा बोहरा प्रथम भएकी हुन । बिधालयले एक कार्यक्रम गरि बोहरालाई प्रथम भएको खुसीमा विद्यालय परिवारले हार्दिक बधाई तथा आगामी दिनमा थप सफलता तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेको हो । कलम बम मेमोरियल बोर्डिङ स्कुलका प्र,अ युवराज बमले पढाईलाई मात्र नभई खेलकुद,चित्रकलामा पनि बढी रुचि राख्ने भएकोले पनि बोहरा प्रथम भएको बताएका हुन उनका अनुसार पढाइ संगै खेलकुद, वक्तित्वकला,चित्रकला जस्ता चिजमा आफ्नो रुचि राख्न जिवनमा महत्त्वपूर्ण रहेको बताएका हुन...
बझाङमा माओवादीभित्र विद्रोह, मुल नेतृत्व विरुद्ध समानान्तर कमिटी गठन

बझाङमा माओवादीभित्र विद्रोह, मुल नेतृत्व विरुद्ध समानान्तर कमिटी गठन

समाचार
धनगढीः नेकपा माओवादीभित्रै विद्रोह सुरु भएको छ। यस्तो विद्रोहको सुरुवात बझाङबाट भएको छ। पार्टीको नीतिविपरीत नेतृत्व चयन गर्ने काम भएपछि बझाङमा माओवादी केन्द्र नै २ कित्तामा विभाजन हुन पुगेको छ। मुल नेतृत्वबाटै गैरजिम्मेवारी काम हुन थालेपछि यसको विरुद्ध स्वरुप समानान्तर कमिटी नै गठन गरिएको छ। नन्दलाल धामीको संयोजक र अम्मरराज भण्डारी सचिव रहने गरी समान्तन्तर कमिटी गठन गरिएको छ। एक पदमा एक जना मात्र रहने पार्टी निर्णय हो तर बझाङमा यस विपरीत काम हुन थालेपछि विरोधमा उत्रिएको आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समान्तर कमिटीका संयोजक नन्दलाल धामीले बताए। जनप्रतिनिधिलाई जनप्रतिनिधिकै रुपमा रहने दिने, उनीहरुलाई सरकारी काममै सहयोग गर्ने र पार्टीको कुनै जिम्मेवारीमा नराख्ने निर्णय थियो। तर पार्टीको नीति विपरीत काम हुन थालेपछि विद्रोह गर्नु परेको समान्तर...
कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी - पथरैया सिँचाई प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर थारुको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास राज्य मंत्री निर्मला साउद रहनुभएको थियो । त्यसैगरी जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, रानी जमरा कुलरिया सिँचाइ प्रणाली मूल समितिका अध्यक्ष तथा राष्ट्रिय सिँचाई महासंघका प्रतिनिधी कुमार राज शाही, बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष भोलेराम दहित, इन्जिनियर करण धामी, कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशी लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधी,सिँचाई प्रणाली शाखा, प्रशाखा, आउटलेट समितिका पदाधिकारी, साधारण सभा सदस्य, उपभोक्ता किसान लगायत बरघर भलमंशा, समाजसेबी, पत्रकारहरुको उपस्थिति रहेको थियो।     जोशीपुर खासगरी भौगोलिक रूपमा खेतीयोग्य जमिन भएको क्षेत्र हो। जसको लागि सिँचाइ सुविधा अत...
जिल्ला अध्यक्ष मा साउद को बलियो पक्कड

जिल्ला अध्यक्ष मा साउद को बलियो पक्कड

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली २०८१/०६/१४ नेकपा एमाले को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी को हुन गइ रहेको १०औ जिल्ला अधिबेशन मा हेमन्त साउद को बलियो पक्कड देखिएको छ । आज टिकापुर सिटि हल मा हुन गइ रहेको अधिबेशन मा उन्ले जिल्ला अध्यक्ष मा दाबी गरेका छन । २५५ जना मत सङ्ख्या रहेको जिल्ला अधिबेशन मा लग भग ८० प्रतिशत साउद को पक्ष मा रहेको आयोजक कमिटी मा रहेका एक जना सदस्य ले कामना टुडेलाइ बताएका छन । साउद युवा हरुमा निकै सकृय रहेका र युवा हरुको रुचिमा परेको उन्ले बताए । आफुले जिते पार्टी र संगठनलाई अझै ससक्त बनाएर अघि बड्ने उन्ले साउद ले बताएका छन ।...
सुदूरपश्चिममा दशैं-तिहारमा ११ हजार प्रहरी परिचालन हुने

सुदूरपश्चिममा दशैं-तिहारमा ११ हजार प्रहरी परिचालन हुने

समाचार
१४ असोज, धनगढी । दशैं-तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशमा ११ हजार जना प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्व मध्यनजर गरी बनाइएको सुरक्षा योजनाअनुसार प्रदेशभर सामान्य समयको भन्दा चार हजार जना थप प्रहरी परिचालन गरिने भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले चाडपर्वका बेला हुनसक्ने सुरक्षा चुनौतीको मसिनो विश्लेषण गरेर सोहीअनुसार थप प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । डीआईजी केसीले सामान्य समयमा प्रदेशभर सात हजार प्रहरी कर्मचारी परिचालन हुने गरेको बताए । तर, कार्यालयभित्रको काममा खटिने, प्रदेश सशस्त्र प्रहरी गण, संघीय प्रहरी कार्यालयलगायतका कार्यालयका प्रहरीलाई समेत गरी थप चार हजार जनालाई फिल्डमा खटाउने गरी योजना बनाइएको उनले बताए । ‘हामीले प्रदेशको सुरक्षा चुनौती राम्रोसँग विश्ल...
बाढीले सिँचाइमा र ऊर्जा ३ अर्ब ८० करोडको बराबर को क्षति

बाढीले सिँचाइमा र ऊर्जा ३ अर्ब ८० करोडको बराबर को क्षति

समाचार
काठमाडौँ —अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले ऊर्जातर्फ २ अर्ब ४५ करोड रुपैयाँ र नदी नियन्त्रण तथा सिँचाइतर्फ १ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको बताए । ‘क्षतिसम्बन्धी विवरण एवं तथ्यांक प्राप्त हुने क्रम जारी छ, पूर्ण रूपमा तथ्यांक संकलन भएपछि अद्यावधिक गर्छौं,’ उनले भने । बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षका कारण ११ सय मेगावाट बराबरको बिजुली उत्पादन रोकिएको समेत उनले बताए । कुल १ हजार १० मेगावाट जडित क्षमताका १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ । सञ्चालनमा रहेका ६२५.९६ मेगावाटका ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । सञ्चालनमा रहेका ४५६ मेगावाटको माथिल्लो तामाकोशी, २२ मेगावाटको वाग्मती...
बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु

समाचार
काठमाडौँ —अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्‍मा परी  १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएकफ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।...
बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु

समाचार
काठमाडौँ —अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्‍मा परी  १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएकफ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।...
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

समाचार
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४:०० बजे स्वदेश फर्कँदै छन् । महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । उनी अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा संयुक्त राष्ट्र संघका महासच...
देशका ६ स्थानमा नदीको जलस्तर खतराको तहमा

देशका ६ स्थानमा नदीको जलस्तर खतराको तहमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जसले गर्दा विभिन्न स्थानमा अझै पनि वर्षा भइरहेको छ । वर्षासँगै नदीहरूको जलस्तर बढ्दो छ! बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे ६ स्थानमा नदीहरूको जलस्तर खतराको तहभन्दामाथि रहेको छ । हाल काठमाडौँको बालकुमारीस्थित मनोहरा खोलामा जलस्तर खतराको तहमा रहेको छ । यहाँ जलसतह बढ्दो क्रममा छ । त्यस्तै, ललितपुरको खोकनामा पनि बागमतीको जलस्तर खतराको तहमा रहेको छ । यद्यपि, यहाँ भने जलस्तर घट्दो क्रममा छ । यसबाहेक धनकुटामा अरुण नदी, सिन्धुलीमा सुनकोशी नदी, भोजपुरमा सुनकोशी नदी र धनकुटामा तमोर नदीको जलस्तर खतराको तहभन्दा माथि रहेको छ । यता, मकवानपुरको भोर्लेनीमा बागमती नदीको जलस्तर बढ्दो क्रममा रहेको छ । त्यहाँ चेतावनी जारी गरिएको छ । सिन्धुपाल्चोकमा सुनकोशी नदीको जलस्तर पनि चेतावनीको तहमा रहेको छ ।...
बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने, पुरस्कार एक लाख बढि

बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने, पुरस्कार एक लाख बढि

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ मा प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । छविस पाथीभेरा गाउँपालीकाकाे वडा नम्बर एक बगडगाउँमा वडा अध्यक्ष कप भलिबल हुने भएको हाे । जिल्लाकाे छविस पाथिभेरा वडा नम्बर १ ले बडा दशैकाे उपलक्ष्यमा भलिबल प्रतियोगिता राखेको जनाएको छ । कार्यक्रम यहीँ १९ गते बाट सञ्चालन हुने भएको छ । दशै तथा शुभदिपावलीकाे अवसरमा छविस वडा नम्बर एकले खुला भलिबल प्रतियोगिता राखेको अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, वडा नम्बर एक का युवाहरुकाे सकृयतामा केही वडाकाे अर्थिक सहयाेग सहित युवाकाे एकिबद्दतामा कार्यक्रम हुन लागेको हाे । यहीँ १९ गते देखि सञ्चालन हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित केन्द्रीय कलाकार र स्थानीय कलाकारकाे बेजोड प्रस्तुति रहने  साँस्कृतिक सँयाेजक महेश धामीले बताउनु भयाे । भलिबलमा प्रथम पुरस्कार १ लाख १ हजार ६ सय...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज